ट्रेंडिंग:

>> अल नासरमा नवीकरण हुदैँ रोनाल्डो , प्रति सिजन २१० मिलियन डलर >> नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने >> भेनेजुएलाका पाँच देशमा कूटनीतिक भवनमा आक्रमण, छानबिन गर्न माग >> अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ >> समाजवादी मोर्चाको बैठक सुरू >> दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ >> विवाहको उमेर १८ वर्षमा झार्ने संसदीय उपसमितिको सुझाव >> दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित >> प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटल उद्घाटन >> विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने >> रवि लामिछानेको थुनछेक बहस जारी, छुटने वा नछुटने निर्णय हुने >> वाइल्डलाइफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई >> अध्यादेशबाट निजी क्षेत्र उत्साहित >> विपक्षी दल एकजुट, हिउँदे अधिवेशन माग >> नेपाल बैंकले लाभांश वितरण नगर्ने >> एनआइसी एसिया बैंकको लाभांश वितरण नगर्ने घोषणा >> बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल  >> सुन–चाँदी दुवैको भाउ बढ्यो >> बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ >> मुलुक बनाउने हो भने आफैबाट गरौं सुधार >> बुटवलमा अन्तरवडा लोकभजन प्रतियोगीता >> लायन्स सयपत्रीद्वारा मेन्भिन जोन डे को अवसरमा सप्ताहव्यापी कार्यक्रम >> सरावलमा युवाहरूको थारु संस्कृति र परम्परागत सामग्री जर्गेनाको प्रयास >> सम्झनामा पार्कको निर्माण >> स्थानीय तहका कृषिका कार्यक्रम वितरणमुखी >> लुम्बिनी प्रदेशमा मन्त्रालय मर्ज र पुनर्गठनले बजेट कार्यान्वयनमा अन्यौलता >> जोखिमकै माझ भूकम्प सुरक्षा दिवस >> गफमा भन्दा पर्यटन नीतिमा स्पष्ट हुन सुझाव >> नन्दन तालको संरक्षणः कुरा सधै हुन्छ, काम कहिले बढ्ला ? >> हरित बसपार्कको निर्माण सुस्त >> सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ओलीले गर्ने >> आज यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना >> मणिमुकुन्दलाई प्रथम मेयर कप खुला भलिबलको उपाधि >> आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले सैनामैना श्रीमदभागवत सुरु >> दीर्घकालिन पर्यटकिय योजना बनाउन सुझाव >> अफ्रिकाको सुनको खानीमा फसेका ४ सय मध्ये १०० मजदूरको मृत्यु >> ‘कार्साङ’को कलाकार टिम माघ २ गते हलमा जाने >> नवनियुक्त जापानी राजदूत नेपाल आइपुगे >> तराई मधेस केन्द्रित दल बीच मोर्चा बनाउन प्रारम्भिक छलफल शुरू >> सिन्धुपाल्चोकमा बीच भलिबल प्रतियोगिता शुरू >> कब्जामा राखेका ३३ बन्दी रिहा गर्ने हमास सहमत देखिएको छः इजरायल >> माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घट्यो मूल्य >> बर्दियाबाट फरार पाँच प्रतिवादी पक्राउ >> ब्राजिलले विद्यालयमा लगायो स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने >> राष्ट्रपति निवासमा माघे संक्रान्ति (फोटो फिचर) >> धूमः४ मा रणवीर कपूर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने >> वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलाेमा फालिरहेको ‘गुलाबी रंग’ >> राजा चार्ल्स पोल्याण्ड जाँदै, हिटलर नरसंहारको सम्झना गरिने >> गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको विरोध, मताधिकार माग >> संक्रमणमा थारु र माघी सन्दर्भ

बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल 

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार
कपिलवस्तु,२ माघ  
कपिलवस्तु जिल्लाकै पुरानो मध्यको श्री बुद्धपद्यम माध्यमिक बिद्यालय तौलिहवाका पुर्व बिद्यार्थीहरुको प्रारम्भिक भेलाले संजय लम्सालको अध्यक्षतामा १३ सदस्यिय तदर्थ समिति गठन गरेको छ । सम्पन्न भेलाले पुर्व बिद्यार्थी मञ्चको उपाध्यक्षमा रामेन्द्रसिंह रावल, सचिवमा खग प्रसाद चापागाई, कोषाध्यक्षमा रविन्द्र कुमार शर्मालाई चयन गरेको छ । भेलाबाट समितिको सदस्यमा पुर्व बिद्यार्थीहरु रविन्द्रनाथ ठाकुर, मुख्तार अहमद खाँ, दिनेश हमाल, राजेन्द्र लम्साल, रुकैया खातुन, राजेश कुमार शैनी, देवेश कुमार जैशवाल सदस्य र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बिद्यालयका प्रधानाध्यापक पदेन सदस्यको रुपमा चयन भएका छन । त्यसै गरि भेलाले तदर्थ समितिका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई बिधान मस्यौदा निर्माणको जिम्मा दिएको छ । बि.स. १९९७ सालमा स्थापित बिद्यालयमा पहिलो पटक पुर्व बिद्यार्थीको प्रारम्भिक भेला गरि संगठित गर्न थालिएको हो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले यहाँका बिद्यार्थीले राष्ट्रिय र अन्तरराष्ट्रिय छवि निर्माण गर्नु सुखदः पक्ष रहेको बताए । बिद्यालयको पुर्वाधार बिकास र गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्न आफु तत्पर रहने पाण्डेयले प्रतिबद्धता जनाए । बिद्यालयका पुर्व बिद्यार्थी संगठीत भएर बिद्यालय सँग सहकार्य गर्न तत्पर हुनु सकारात्मक पक्ष रहेको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष आजाद अहमद दर्जीको भनाई थियो । सबैको सहकार्यमा बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र पुर्वाधार बिकास गर्न लाग्नु पर्नेमा उनले जोड् दिए । पुर्वाधार, खानेपानी र शौचालयको अप्रयाप्तताले केहि समस्या थपिने गरेको प्रधानाध्यापक बाबुराम भण्डारीले गुनासो गरे । बिद्यालयले समस्याका बिचमा व्यवस्थापनमा सुधार गरि उत्कृष्ट नतिजा दिदै आएको प्रअ भण्डारीले दावी गरे । बिद्यालयका आफुहरु बाटै तत्कालै केहि गरिनु पर्छ भन्ने सोचका साथ पुर्व बिद्यार्थीहरु संगठित भई सामाजिक गतिबिधीमा लाग्न थालेको तदर्थ समितीका अध्यक्ष संजय लम्सालले बताए । सो अवसरमा बिद्यालयका पुर्व शिक्षक हबिब अहमद खाँ, पुर्व बिद्यार्थीहरु रविन्द्र कुमार शर्मा, राजु प्रसाद अर्याल, रविन्द्रनाथ ठाकुर, राजेन्द्र लम्साल, उदयेन्द्र सिंह रावल, राजेश शैनी, गोपीकृष्ण शर्मा लगायतले बिद्यालयका सबै पुर्व बिद्यार्थीलाई जोडेर बिभिन्न शैक्षिक सहयोगका कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?