ट्रेंडिंग:

>> तिलोत्तमा सुनचादी टिमलाई फुटसलको उपाधि >> देवदह क्वाटरफाईनलमा >> मुख स्वास्थ्य सचेतना जगाउने होर्डिङ बोर्ड >> मदन भण्डारी ईण्डो–नेपालमा सेमीफाइनल समीकरण पूरा >> ३३ करोड ९३ लाख सम्पत्ति शुद्धीकरण मुद्दामा ३ जना दोषी ठहर >> लुम्बिनीमा सरकारी सवारी साधनमाथि ‘डिजिटल निगरानी’ >> मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन >> दाङ उद्योग वाणिज्य संघले छैठौं व्यापार महाेत्सव गर्ने >> आजका लागि एमाले बैठक सकियो, भाेली फेरी बस्ने >> लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्द पक्राउ पुर्जी >> कामविहीन बन्दै कर्णालीका मिनि संसद, तीन समिति अझै नेतृत्वविहीन >> एमाले केन्द्रीय समिति बैठक, ६४ जनाले राखे धारणा >> सेयर बजार परिसूचक ४९ अंकले बढेर २६४०.६८ बिन्दुमा >> कान्ति बाल अस्पतालमा २ लाख ४ हजार २९९ बालबालिकाको उपचार, ३ हजार शल्यक्रिया सफल >> इजरायलमा श्रमिक पठाउने प्रक्रिया पुनः सुरू >> संघीय ढाँचाको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलको जोड >> बंगलादेशमा शेख हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ >> संघीय संसदको राज्य व्यवस्था समितिमा ९२ उजुरी, ५८ वटा दर्ता >> ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाबिरुद्द अर्को पक्राउ पुर्जी जारी >> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर हस्तान्तरण >> क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै हप्ता राजिनामा दिने >> भ्रष्टाचारको खुलासा गर्ने पत्रकारको गहिरो चोटसहित ट्याङ्कीमा शव भेटियो >> इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पसँग भेटेर नयाँ तरंग सुरू >> रवि लामिछानेका पक्षधर वकिलको बहस सुरू >> एमाले केन्द्रीय समिति बैठक सुरू, सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समितिः प्रचण्डको प्रतिवेदन माथि छलफल सुरू >> भारतमा एचएमभीपी भाइरसको संक्रमण देखियो, दुई बालक प्रभावित, स्वास्थ्य मन्त्रालयको आकस्मिक बैठक >> युसीएमएस भैरहवाको २६ औं साधारण सभा >> बालसुधार गृह भैरहवा लगायतका विपक्षीहरुको नाममा परमादेश जारी >> पुष्पा २: बलिउडका सबै रेकर्डहरू पछि पार्दै, आमिरको दंगलको २ हजार करोडको रेकर्ड छेउमा >> उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौं’ >> रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षति गरेपछि स्थानीय आतंकित >> औषधी ब्यवसायी संघको सम्मान >> पथरीमा भीम पौडेलको दादागिरी: शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना >> रिपोर्टस क्लब नेपाल कपिलवस्तुको नेतृत्वमा पौडेल >> ट्रम्प बिजयी भएको कमला ह्यारिसले आज संसद गर्दैछिन औपचारिक घोषणा >> सुन चाँदीको मुल्य स्थिर >> गुल्मीका पाँच वर्षीय बालक ब्लड क्यान्सरसँग जुध्दै, उपचारमा आर्थिक अभाव >> एमाले केन्द्रिय समिति बैठक सुरू, केन्द्रिय सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समिति पुस २४ सम्म लम्बिने >> एफइसी धनकोष सहकारीले ग–यो स्थापना दिवसमा रक्तदान >> हमास ३४ इजरायली बन्दी रिहा गर्न तयार >> अमेरिकामा १० वर्षकै ठुलो हिमपात, ७ राज्यमा उच्च सतर्कता >> उद्योग व्यापार संघले २०८२ सालको मेला बुटवल मण्डपमा गर्दै >> सामुदायिक विद्यालयका ६० जना बालबालिकालाई न्यानो कपडा वितरण >> बुटवल हस्पिटल प्रा.लि.को सिटिजन बैकसँग सहकार्य >> बर्दघाटमा भेटियो अत्यन्तै दुर्लभ ‘अलिभ किलब्याक’ >> घुमफिरको गतिलो आधार बन्दै पर्यटन गाउँ >> अलपत्र भ्यूटावर चलाउन किन ढिलाई ? >> एमआरआई खरिद पुनः बोलपत्र आह्वानको निर्णय सहुलियत शुल्कमा स्वास्थ्य सेवा दिन्छौं: मन्त्री सारु

कहिले बन्छ प्रदेशको यातायात तथा परिवहन नियमावली ?

लाइसेन्स वितरणलाई थप व्यवस्थित बनाइँदै
२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

बुटवल ।

प्रदेश सरकारले यातायात तथा परिवहन ऐन बनेको ६ वर्षसम्म पनि नियमावली बनाएको छैन, जुन प्रदेश सरकारको एकल अधिकारमा पर्ने विषय पनि हो । सवारी चालक अनुमति पत्रको परीक्षा लिने काम संघको पुरानै कार्यविधिमा निर्भर छ । लुम्बिनी प्रदेशमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय यसको विभागीय निकाय हो ।

विभागीय रुपमा रहेको लुम्बिनी प्रदेशमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका उपसचिव रमेश गौतमले अहिलेसम्म यातायात तथा परिवहन नियमावली नबनेको बताए । मन्त्रालयमा रहेका विभिन्न शाखाहरुमध्ये यातायात पनि एउटा शाखा हो । उक्त शाखा समेत हेर्दै आएका उपसचिव गौतमले त्यसखालको नियमावलीका बारेमा अहिलेसम्म कुनै छलफल पनि नभएको बताए । अबका दिनमा ऐन हेरेर छलफल अगाडि बढाउन सकिने उनको भनाइ छ । लुम्बिनी प्रदेशमा सडक सवारी यातायात तथा परिवहन ऐन–२०७६ मा बनेको थियो ।

तर, यसको नियमावली अहिलेसम्म बनेको छैन । २०५४ मा बनेको यातायात व्यवस्था नियमावलीले अहिलेको जनघनत्व, सवारीको चाँप, मोडल र नयाँ प्रविधिलाई थेग्न सक्तैन । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिँदा सेवाग्राहीले अहिलेसम्म तिनै पुराना र मेनुअल प्रविधिका सवारी साधनबाट लिइरहेको अवस्था छ । ती सवारी साधन पनि राज्यका निकायसंग छैनन र कानुन नै बनाएर निजी क्षेत्रसंग सम्झौता गरेर काम चलाइरहेको छ । प्रयोगात्मक परीक्षामा प्रयोग गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रे र हेभी सवारीसाधन भाडामा उपलब्ध गराउने भन्दै यातायात व्यवस्था कार्यालय र एन.बि.कन्स्ट्रक्सन, बुटवल रुपन्देही बीच सम्झौता भएका थियो । यो अहिलेसम्म कार्यान्वयनमै छ ।

आफ्नै सवारीबाट पनि प्रयोगात्मक परीक्षा आफ्नै सवारी साधन लिएर आउने र ती सवारी साधन यातायात व्यवस्था विभाग वा प्रदेश सरकारले तोकेको मापदण्ड बमोजिमका भए सोहीबाटै प्रयोगात्मक परीक्षा दिने व्यवस्था रहेको कार्यालयले स्पष्ट पारेको छ । ‘सम्झौताको बुंदा नं. ६ मा यातायात व्यवस्था विभाग वा प्रदेश सरकारले तोकेको मापदण्ड बमोजिमको आफ्नै सवारी साधन सम्बन्धित परीक्षार्थीले लिई आएको उक्त सवारी साधन परीक्षण गर्दा उपयुक्त देखिएमा प्रयोगात्मक परीक्षा दिन पाइने छ भन्ने प्रावधान रहेको तथा लुम्बिनी प्रदेश सरकार, उद्योग तथा यातायात मन्त्रालय (मा.मन्त्रीस्तर) को निर्णय र राष्ट्रिय सतर्कता केन्द्रको प्राप्त परिपत्र अनुसार आफुसंग लिएको निजी सवारी साधनबाट निर्वाध रुपमा प्रयोगात्मक परीक्षा दिन पाइने निर्देशन भए बमोजिम उक्त व्यवस्था कार्यान्वयनमा रहेको सर्वविदितै छ ।’

कार्यालयले सार्वजनिक सुचना नै जारी गरेको बुटवल स्थित कार्यालयका प्रवक्ता मोहन पाण्डेले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले मातहतमा रहेको बुटवलको यातायात व्यवस्था कार्यालयले यसअघि सम्झौता भएको निजी कम्पनीलाई अद्यावधिक गर्न र नसक्ने भए लिखित जवाफ पेश गर्न भन्दै पत्र काटेको प्रवक्ता पाण्डेले बताए । सेवा प्रवाहलाई प्रभावकारी बनाइँदै कार्यालयका निमित्त प्रमुख खेमबहादुर थापाले मातहतको कामलाई प्रभावकारी बनाउने तयारी स्वरुप केही कोसिस भइरहेको बताएका छन् ।

दुई महिनाअघि मात्रै कार्यालयको निमित्त प्रमुखका रुपमा आएका थापाले सेवा प्रवाहमा आएका गुनासाहरुलाई केलाएर प्राथमिकताका आधारमा समाधान गर्नेगरी संयन्त्र परिचालन गरिएको बताए । उनले सार्वजनिक–निजी साझेदारीका प्रबन्ध र सेवालाई अद्यावधिक भएनभएको र सेवाग्राहीमा सन्तुष्टि मिले÷नमिलेको हेरेर सुधार्न लगाउनेदेखि मातहतका निकायमा समस्या समाधानका उपाय सुझाउनेसम्मका काममा ध्यान दिएको उल्लेख गरे । सेवाग्राहीलाई सहज, पारदर्शी र सुलभ सेवा दिन सार्वजनिक–निजी साझेदारीमा गरिएका प्रबन्धहरुलाई प्रभावकारी बनाउने गरी काम भइरहेको निमित्त कार्यालय प्रमुख थापाको भनाइ छ । अद्यावधिक गर्नैपर्ने, सुधार्नैपर्ने र समस्या समाधान गर्नैपर्नेमा भन्दा अतिरिक्त कमाइका लागि छिद्र खोजेर लाग्न सकिन्छ भन्नेमा राज्यका कतिपय अधिकारीहरु नै केन्द्रित रहेका गुनासा नौला होइनन् ।

तर, यस्ता गुनासा आइरहेका बेला बुटवल कार्यालयका निमित्त प्रमुख थापाले भने सेवाग्राहीमैत्री जवाफदेही काममा तल्लिन देखिएका छन् । कार्यालयमा नागरिक सहायता कक्ष, नागरिक वडापत्रको व्यवस्था गरि सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाइएको छ । यसअघि लिखित परीक्षा दिएको तीन÷चार महिनासम्म पनि प्रयोगात्मक परीक्षा हुँदैन्थ्यो । तर, अहिले १५–२० दिन भित्रै ट्रायल परीक्षा हुने प्रबन्ध छ ।

लिखित परीक्षा पनि पहिला हप्ताको एक दिनमात्रै हुँदै आएकोमा अहिले दुई दिन हुँदै आएको छ । ट्रायल दिएको ३५ दिनसम्म पनि पहिले नतिजा प्रकाशित हुँदैन्थ्यो भने अहिले १७ दिनभित्रैमा हुने गरेको कार्यालयका सूचना अधिकारी खगराज शर्माले बताए । सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन टोकन सिस्टम लागु गर्ने प्रक्रियामा रहेको उनले बताए । यस कार्यालयबाट चालु आवको चार महिनामा ६ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

एनबी कन्स्ट्रक्सनलाई अल्टिमेटम बुटवलमा रहेको एनबी कन्स्ट्रक्सन यसअघि प्रदेश सरकारमार्फत प्रकाशित टेन्डर सूचनामा कानुन सम्मत प्रतिस्पर्धा गरेर कानुनी रुपमै सम्झौता गरी सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा ट्रायलका लागि आवश्यक सवारी साधन उपलव्ध गराउने आधिकारिक निजी क्षेत्र हो । विद्यालय तहदेखि नै यातायात शिक्षाको खाँचो विद्यालय तहदेखि नै यातायात सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्न जरुरी रहेको र पाठ्यक्रममै समावेश गरेर सचेत बनाउन आवश्यक रहेको सरोकारवालाहरुको जोड छ ।

लामो समयदेखि दुर्घटना न्यूनीकरण र यातायात सुधारका क्षेत्रमा पैरवी गर्दै आएका पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले ट्राफिक शिक्षालाई विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गर्न जरुरी रहेको बताए । यातायात नियमहरूबारे जनतालाई सजिलै बुझ्न सकिने विज्ञापन तथा कार्यक्रमहरू सञ्चालन गर्ने र राज्यका निकायमा रहेकाहरुले अतिरिक्त लाभ खोजेर सेवाग्रहीलाई सताउन नहुने पाण्डेको भनाइ छ ।

समग्र यातायात व्यवस्था सुधारका लागि सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्यको खाँचो रहेकोमा जोड दिन्छन् । अर्का अगुवा यातायात मजदुर समेत रहेका अभियन्ता ठाकुर गैरेले प्रभावकारी नियम, जनचेतना र पूर्वाधारको विकासमा राज्यले नै विशेष ध्यान दिन जरुरी रहेको बताउँछन् । यातायात क्षेत्रलाई सुरक्षित र दिगो बनाउन केबल चालक र मजदुरलाई मात्रै गाली गरेर नभई सबै क्षेत्रका बीचमा सहकार्य गरेर मात्रै सुधार्न सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?