ट्रेंडिंग:

>> माओवादी केन्द्रीय समितिः प्रचण्डको प्रतिवेदन माथि छलफल सुरू >> भारतमा एचएमभीपी भाइरसको संक्रमण देखियो, दुई बालक प्रभावित, स्वास्थ्य मन्त्रालयको आकस्मिक बैठक >> युसीएमएस भैरहवाको २६ औं साधारण सभा >> बालसुधार गृह भैरहवा लगायतका विपक्षीहरुको नाममा परमादेश जारी >> पुष्पा २: बलिउडका सबै रेकर्डहरू पछि पार्दै, आमिरको दंगलको २ हजार करोडको रेकर्ड छेउमा >> उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौं’ >> रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षति गरेपछि स्थानीय आतंकित >> औषधी ब्यवसायी संघको सम्मान >> पथरीमा भीम पौडेलको दादागिरी: शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना >> रिपोर्टस क्लब नेपाल कपिलवस्तुको नेतृत्वमा पौडेल >> ट्रम्प बिजयी भएको कमला ह्यारिसले आज संसद गर्दैछिन औपचारिक घोषणा >> सुन चाँदीको मुल्य स्थिर >> गुल्मीका पाँच वर्षीय बालक ब्लड क्यान्सरसँग जुध्दै, उपचारमा आर्थिक अभाव >> एमाले केन्द्रिय समिति बैठक सुरू, केन्द्रिय सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समिति पुस २४ सम्म लम्बिने >> एफइसी धनकोष सहकारीले ग–यो स्थापना दिवसमा रक्तदान >> हमास ३४ इजरायली बन्दी रिहा गर्न तयार >> अमेरिकामा १० वर्षकै ठुलो हिमपात, ७ राज्यमा उच्च सतर्कता >> उद्योग व्यापार संघले २०८२ सालको मेला बुटवल मण्डपमा गर्दै >> सामुदायिक विद्यालयका ६० जना बालबालिकालाई न्यानो कपडा वितरण >> बुटवल हस्पिटल प्रा.लि.को सिटिजन बैकसँग सहकार्य >> बर्दघाटमा भेटियो अत्यन्तै दुर्लभ ‘अलिभ किलब्याक’ >> घुमफिरको गतिलो आधार बन्दै पर्यटन गाउँ >> अलपत्र भ्यूटावर चलाउन किन ढिलाई ? >> एमआरआई खरिद पुनः बोलपत्र आह्वानको निर्णय सहुलियत शुल्कमा स्वास्थ्य सेवा दिन्छौं: मन्त्री सारु >> जनता डुबानमा सरकार डिपिआरको होडबाजी गर्दै >> पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना >> बढैयातालमा माघ मिलन हुने >> पीडितमैत्री पूर्वाधारमा जोड >> झरना विजयी हुदै फर्साटिकर कपको अन्तिम आठमा >> ओली प्रतिवेदन : माओवादी अवसरवादी, राजावादीसँग बाक्लै उठबस >> पुल बन्यो, भुक्तानी भएन >> भूकम्पप्रभावितको व्यवसायमा रेडक्रसको साथ >> यती एसेम्बलिङ र रिलायन्स फाइनान्सबीच समझदारी >> मणिमुकुन्द अन्तिम चारमा, गुजरातको दोस्रो जित >> दैलेखमा किशोर किशोरी मृत फेला >> समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताको १ अर्ब ५५ करोड फिर्ताः प्रधानमन्त्री  >> लोपउन्मुख कुसुन्डा भाषामा गीत रेकडिङ हुँदै >> सहरीया मतदाताले एमालेलाइ पत्याउन छाडेको ओलीको स्वीकारोक्ति >> खाना पकाउने ग्यास चुहिएर आगलागी, पर्वतमा वृद्धाको ज्यान गयो >> सुनको मूल्यमा गिरावट >> सर्वोच्च अदालतको फैसलामा न्यायाधीशहरूको मर्यादाक्रम निर्धारणका लागि सुझाव >> ओलीले सहकारी रकम हिनामिनाका दोषीलाई छुट नदिनुपर्ने कुरा स्पष्ट >> ओलीको प्रतिवेदनमा प्रचण्डको सत्ता प्रवृत्तिबारे टिप्पणी, “सत्तालिप्साको कुरुप तस्वीर” >> रुसले युक्रेनबाट प्रहार भएका ८ शक्तिशाली मिसाइल खसालेको दाबी >> आलोचनाबाट समाज परिवर्तनको चक्र >> पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, ४ को मृत्यु, ३२ घाइते >> अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा >> भक्तपुरमा कुकुरलाई जोगाउन खोज्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते >> आर्सनल ब्राइटनसँग १-१ बराबरीमा रोकिए

नन्दनतालको संरक्षणमा पाल्हीनन्दन पहल

२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

सुनवल, २० पुस ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको ऐतिहासिक नन्दनताल संरक्षण र प्रवद्र्धन गर्न लागी पहल थालिएको छ । बिहिवार पाल्हीनन्दन गाउँपालिकाले जिल्लास्थित सरोकावालाहरूसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी नन्दन तालको संरक्षण र ताललाई पुरानै स्वरूपमा फर्काउने सन्दर्भमा छलफल गरेको छ ।
नन्दनल ताल अतिक्रमण हुदै तालको अस्तितत्वनै मेटिने खतरा उत्पन्न भएपछि सरोकारवाला संग छलफल गरेर संरक्षणको काम अगाडि बढाउन अन्तरक्रिया गरिएको पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता दिपकले बताए । सो क्रममा बोल्दै सरोकारवालाहरूले तालको संरक्षण हुनुपर्ने विषयमा मतएक्यता जाहेर गर्दै स्थानिय तह सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री धुब्रबहादुर प्रधानले नवलपरासीको पहिचान मेटिदै गएको भन्दै तालतलैया लगायतका अन्य सम्पदाको संरक्षण गर्दे जानुपर्नेमा जोड दिए । माथिल्लो तहका सरकारले चासो नदिएपनि स्थानीय तहले संरक्षण र प्रवद्र्धनको काममा अठोट गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । जिल्ला विभाजनले त्रिवेणीधाम लगायतका स्थल नवलपरासीबाट विभाजित भएकाले अहिले जिल्ला भित्रै भएका सम्पदाको संरक्षण गरेर प्रसारप्रचार गर्नुपर्नेमा प्रधानको जोड थियो ।
सो क्रममा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले नन्दन ताल संरक्षणको विषय चुनौतिको रूपमा रहेको बताउदै यसलाई अवसरको रूपमा लिएर काम गर्ने हो भन्ने सम्भव भएको बताए । ‘बहानाबाजी गर्ने हो भने अर्थ छैन् तर साँच्चै बनाउने हो भने स्थानिय तह कठोर बनेर निर्णय गरेर अगाडी बढ्न सक्नुपर्छ कंण्डेलले भने ।’ पूर्व स्थानीयविकास राज्यमन्त्री घनश्याम यादवले नन्दन तालको संरक्षणमा सबै एकजुट बन्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले नन्दनतालको संरक्षण र प्रर्वद्धन गर्नसके पर्यटन विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्दै प्रदेश सरकारसँग पनि सहयोगको लागि पहल गर्ने आवश्वासन दिए ।
सो क्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी, कांग्रेसका विक्रम यादव, जसपा नेपालका धरेन्द्र यादव, राप्रपाका किरण प्रधान, रास्वपाका रवि पाण्डे, लोसपाका मुकुरजि गिरी, राधेश्याम सिंह सैथवार लगायत पत्रकार तथा सरोकारवालाहरूले आफ्नो धारणा राखेका थिए ।
जिल्लाको हकुई र सनई गाउँको सिमाना रहेको नन्दन ताल झन्डै सय विगाहा क्षेत्रफलमा फैलिएको छ तर अहिले खेतिपाती हुँदै जादा तालनै नामेट हुँदै गएको छ । ताल मासिदै गएको विषयमा कुरा उठेपनि संरक्षणको ठोस काम हुन सकेको छैन । केहि वर्ष अगाडिसम्म तालमा माछा पालन हुने गर्दथ्यो जसका लागी ठेक्का समेत आह्वान हुने गरेकोमा पछिल्लो समय तीव्र गतिमा ताल अतिक्रमण भएपछि अस्तीत्व संकटमा परेको छ । गाँउपालिका अध्यक्ष गुप्ताले अब स्थानीय र पालिकास्तरमा थप छलफल गरेर संरक्षणको काम सुरु गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?