© २०२३
काठमाडौं, २२ पुस ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आजबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदन माथि छलफल सुरू भएको छ।
हिजोबाट स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा आफ्नो राजनीतिक प्रतिबेदन पेश गरेका थिए।
बैठकको सुरुवातमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमाथि छलफल सुरु भएको उनका सचिवालयले जनाएको छ।
यसअघि, बिहान ८:०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रीय समितिका अजेन्डा र बैठक सञ्चालन विधि तय गरिएको थियो। अब केन्द्रिय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सुरु हुने बताइएको छ।
यस बैठकमा माओवादी केन्द्रको आगामी रणनीतिहरू र पार्टीको रुपान्तरणका लागि आवश्यक कदमहरूबारे विचार विमर्श हुँदैछ।