© २०२३
बुटवल, २२ पुस ।
सर्प उद्दारकर्मी दुर्गा लामीछाने तथा फोटोग्राफर राज अधिकारीले बर्दघाट, नवलपरासीमा नेपालका लागि अत्यन्तै दुर्लभ अलिभ किलब्याक सर्प फेला पारि तस्वीर खिचेका छन् । दक्षिण एसियामा पाइने यो सर्प नेपालमा रेकर्ड भएपनि यसरी देखिएको चाहिँ बिरलै हुन्छ । नेपालमा यसअघि यो सर्पको प्रस्ट तस्वीर खिचिएको फेला परेको छैन । यस अर्थमा नेपालमा यो सर्पको स्पष्ट तस्वीर खिचिएको यो नै पहिलो रेकर्ड हो । कोलुब्रिडे परिवारमा पर्ने यो सर्प अविषालु किसिमको हुन्छ । यो श्रीलंका, बङ्गलादेश, भारत र नेपालमा भेटिएको अभिलेख रहेको छ । भारतको तमिलनाडु, आन्द्र प्रदेश लगायतका ठाउँहरूमा छ्याप्छ्याप्ती देखा पर्ने यो सर्प नेपालमा भने खासै देखिँदैन । आइयुसिएनको रातो सूचीमा भने यसलाई कम चासोका प्रजाति तर्फ राखिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी