ट्रेंडिंग:

>> चैतन्य एकेडेमीको तेस्रो शाखा बुटवलमा >> गोर्खा ब्वाईज अन्तिम आठमा >> प्रचण्डले भने– एमाले बुर्जुवा, माओवादी क्रान्तिकारी >> पार्टीभित्र कुनै पूर्वसमूहहरु छैनन्, सबै एमाले हुन् : ओली >> साई ग्लोबल कपमा प्यारामाउण्ट र रुपन्देही क्याम्पस विजयी >> कञ्चनमा किशोरीलाई आत्मरक्षा तालिम >> प्रतिकुल मौसमले दोस्रो खेल स्थगित >> पथरीको जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने भीम पौडेलको योजना असफल >> नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा >> सेयर बजारको वृद्धिमा निरन्तरता, नेप्से २६४६ मा पुग्यो >> १८ ठेकेदार कम्पनीलाई ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन >> नेपालमा २१ दिनमा ४ म्याग्निच्युडमाथिका ११ भूकम्पको धक्का >> ललितपुरको सातदोबाटोमा अवैध कल सेन्टरमा जुवा खेलाउँदै ,५३ जना पक्राउ >> बारका अध्यक्ष घिमिरेलाई अदालतविरुद्धको अभिव्यक्तिको प्रमाण पेश गर्न सर्वोच्चको आदेश >> भुकम्प अपडेटः तिब्बतमा गएको भूकम्पमा ९५ जनाको मृत्यु, १३० जना घाइते >> चीनमा भूकम्पपछि सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द >> प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउन सांसद सुवालको माग >> अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार कार्य अगाडि बढ्ने >> अमेरिकामा हिमआँधी र चिसोका कारण पाँच जनाको ज्यान गयो >> एन्फा महिला लिग: दोस्रो चरणमा आज बाग्मती युथ र नेपाल पुलिस क्लब भिड्ने >> राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाई बल्ल दिइयो जानकारी >> काठमाडौंमा भूकम्पको धक्काले एक व्यक्तिले घरको छतबाट हाम फाल्दा घाइते, बारामा विद्यार्थी बेहोस >> आज बिहानको भूकम्पबाट क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरी परिचालित >> गैरआवासीय नेपाली नागरिकताको सम्बोधन हिउँदे अधिवेशनले गर्छ: गृहमन्त्री >> एमाले केन्द्रीय समिति बैठक सुरू >> प्रि ओपन सेसनमा नेप्से सूचकमा वृद्धि >> प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान >> गौरको बाणेश्वर मन्दिरमा भेटिए बुद्धकालीन अवशेष, दुर्लभ अंगूठा छाप इँटा फेला >> माओवादी केन्द्रीय समिति बैठक सुरू, १०० जना सदस्यले धारणा राख्दै >> सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो >> अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो >> तिब्बत भूकम्प अपडेट: कम्तीमा ३६ जनाको मृत्यु >> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर >> सामसङद्वारा एआई वासींग मेसिन सार्वजनिक >> बढ्दो अनलाईन ठगीविरुद्ध होसियारी >> भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह >> जाडो छल्ने चराले तालतलैयामा चहलपहल >> नेपाल, चीन र भारतमा एकसाथ भूकम्प >> मोटर चढ्ने रहर पुरा हुँदै >> तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प, नेपालमा पनि ठूलै धक्का >> कुन कुन प्रदेशमा छ आज वर्षाको सम्भावना ? >> बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार अभियोगमा कारागार चलान >> सिद्धार्थनगरमा पूर्वाधारतर्फ ५९ योजना अघि बढ्दै >> तिलोत्तमा सुनचादी टिमलाई फुटसलको उपाधि >> देवदह क्वाटरफाईनलमा >> मुख स्वास्थ्य सचेतना जगाउने होर्डिङ बोर्ड >> मदन भण्डारी ईण्डो–नेपालमा सेमीफाइनल समीकरण पूरा >> ३३ करोड ९३ लाख सम्पत्ति शुद्धीकरण मुद्दामा ३ जना दोषी ठहर >> लुम्बिनीमा सरकारी सवारी साधनमाथि ‘डिजिटल निगरानी’ >> मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन

औषधी ब्यवसायी संघको सम्मान

२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

बुटवल, २२ पुस । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल, रुपन्देहीमा नवनिर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान गरिएको छ । नेपाल औषधी ब्यवसायी संघ रुपन्देही जिल्ला शाखाको आयोजनामा नवनिर्वाचित संघका अध्यक्ष दिवक भट्टराई, निवर्तमान अध्यक्ष बाबुराम भण्डारी, प्रथम उपाध्यक्ष दिपक खनाल, द्धितिय उपाध्यक्ष तेजेन्द्र सापकोटा, महासचिव यदुमणी पोख्रेल, कोषाध्यक्ष किशन प्रसाद पाण्डे, सचिव राजीव गौतम, सदस्यहरु कृष्ण प्रसाद खनाल, गोबिन्द प्रसाद पाण्डे, कृष्ण प्रसाद खनाल, लक्ष्छु भण्डारीलाई सम्मान गरेको हो । कार्यक्रममा बक्ताहरुले संवेदनशिल क्षेत्रका रुपमा रहेको स्वास्थ्यमा सरोकारवालाहरु गम्भिर हुनुपर्ने बताए ।

नेपाल औषधी ब्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलले स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरु एकजुट भएमात्र विकृति रोकिने तर्क दिदै केही ब्यवसायीका कारण समग्र औषधी ब्यवसायमा समस्या देखिएको दुखेसो गरे । औषधीमा अस्वस्थ्य प्रतिस्प्रर्धा रोक्न सबै एकजुट हुनुपर्ने सुझाव उनले दिए ।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी महासंघका पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले औषधी ब्यवस्था विभाग र नेपाल मेडिकल एशोसियसन बिचमा संयुक्त बैठक बसालेर औषधीमा देखिएका समस्या समाधान गर्नेतर्फ लाग्न सुझाव दिए ।

कार्यक्रममा विशेष सल्लाहकार रोहितराज क्षेत्रीले ब्यवसायमा देखिएको विकृतिकै कारण आफ्नो नया पुस्ता यो पेशाबाट आउन नचाहेको गुनासो गरे । बिस्थापित हुन लागेको यो पेशालाई जोगाउने गरि अभियान थाल्न जरुरी रहेको उनले बताए । डिस्काउन्ट, चिकित्सकप्रति दबाब जस्ता समस्यालाई उठान गरेर अबको भविष्य तर्फ योजना बनाउनुपर्ने उनले सुझाव दिए । औषधी ब्यवसायप्रति आम नागरिकको दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा प्रदेशका निवर्तमान अध्यक्ष शिव ज्ञवालीले केही ब्यवसायीको विकृति र अस्वस्थ्य प्रतिस्प्रर्धाकै कारण पेशा संकटमा आउनेस्थित देखिएको बताए । नितिगत कुराहरुमा केन्द्र कडा रुपमा लाग्न जरुरी रहेको आग्रह गरे । औषधि ब्यवसायको उद्योग देखि बिक्रीसम्म भविष्य नदेखिएको उनको तर्क छ । औषधीको एमआरपी घटाउने नाममा गलत विधि अप्नाउने काम भएको उनले दुखेसो गरे । छुट्टै ब्यवस्थापन गरेर सप्लिमेन्ट पसलमा बिक्रि गर्न सकिने उनले तर्क गरे । भारतिय औषधि जति पनि भित्राउन मिल्ने तर नेपाली औषधीलाई विभिन्न कठिनाईहरु ल्याईएको उनले बताए ।
कार्यक्रममा जिल्लाका अध्यक्ष खड्ग बहादुर बस्नेतले औषधि ब्यवसायलाई मर्यादित बनाउन चुनौति देखिएको भएपनि यसमा आफुहरु संस्थागत रुपमा लागेको बताए । प्रदेशभित्रका औषधी पसलमा फार्मेसीलाई अनिवार्य एप्रोन लगाउने प्रावधान जस्ता सामान्य परिवर्तनबाट अभियान चलाउन लागेको उनले बताए ।
कार्यक्रममा संघका विशेष सल्लाहकार सुनिल श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, प्रदेशका महासचिव प्रकाश ज्ञवाली, जिल्लाका निवर्तमान अध्यक्ष सुरज भट्टराई, जिल्लाका अध्यक्ष खड्ग बहादुर बस्नेत, जिल्ला खुद्रा उपाध्यक्ष नारायण थापा, जिल्ला थोक उपाध्यक्ष माधव प्रसाद खनाल, महासचिव कृष्ण प्रसाद शर्मा पोख्रेल, जिल्लाका कोषाध्यक्ष केदारनाथ नेपालले ब्यवसायमा समयसापेक्ष संस्थालाई बिस्थापित हुनबाट रोक्ने गरि योजना ल्याउन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?