© २०२३
चन्द्रौटा, २२ पुस ।
रिपोर्टस क्लब नेपाल कपिलवस्तुको नेतृत्वमा नवराज पौडेल चयन भएका छन् । क्लबको आठौँ साधारण सभा तथा चौथो अधिवेशनबाट उनी चयन भएको क्लबले जनाएको छ । शनिबार चन्द्रौटामा भएको अधिवेशनले पौडलको नेतृत्वमा २९ सदस्यीय समिति समेत चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्ष सुर्य गुरुङ चयन भएका छन, भने उपाध्यक्षमा बृजेश कुमार जयसवाल, बलबन्द गुप्ता र बिपना भुसाल चयन भएका छन् । यस्तै महासचिव केशव बेल्वासे, सचिव अजय मिश्र, बृजेस यादव, कोषाध्यक्ष अनेक पाण्डे, सह कोषाध्यक्ष कृष्ण पौडेल लगायत चयन भएका छन् ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष बसन्त गिरीले पत्रकारहरूको समाजको यथार्थ बाहिर ल्याउनुपर्ने बताए । उनले भूमिकामा ध्यान केन्द्रित गर्न आग्रह गर्दै व्यवसायिक पत्रकारिता र विधागत पत्रकारिता तर्फ सबै पत्रकार लाग्नुपर्ने जोड दिए ।
यसैबीच पत्रकार महासंघ जिल्ला उपाध्यक्ष चापागाईले पत्रकारिता पलायनलाई रोक्नुपर्ने अवस्था आएको बताए । पत्रकारीता र अन्य कामलाई पनि सँगसँगै लैजान बताउँदै पत्रकारको हक, हित र क्षेमताको विकासका लागि पत्रकार महासंघबाट हुने काममा लागिपर्ने प्रतिबद्धता समेत उनले जनाए ।
क्लबका निवर्तमान अध्यक्ष सनिउल्ला धोबीको, व्यापार संघका केन्द्रीय सदस्य महादेव पोख्रेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे, शिवराज वडा नम्बर १ का वडा अध्यक्ष खिमबिक्रम केसी, अकोराब लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष राजु खराललगातयले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।