© २०२३
काठमाडौं ।
पियाजियो कमर्सियल सवारीसाधनको अधिकृत विक्रेता यती एसेम्बलिङ प्रालि र रिलायन्स फाइनान्स लिमिटेडबीच समझदारी भएको छ ।
समझदारी पत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र यती एसेम्बलिङका डाइरेक्टर मुक्तिप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार पियाजियो तीन पांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई सहज फाइनान्सिङ सेवा उपलब्ध हुने विश्वास गरिएको छ । यो समझदारीले स्वदेशमा नै स्वरोजगारीको अवसर सिर्जना हुने दुवै पक्षको विश्वास छ ।
सम्झौताअनुसार पियाजियो तीन पांग्रे सवारीसाधन ५० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध हुनेछ । सम्झौताबाट ग्राहकले सानो लगानीमै पियाजियो सवारीसाधन खरिद गर्न सक्नेछन् | हाल यती एसेम्बलिङले १५ स्थानमा मुख्य डिलर र २५ स्थानमा सर्भिस सेन्टर राखेर पियाजियो कमर्सियल सवारीसाधनको बिक्री गर्दै आइरहेको छ ।