ट्रेंडिंग:

>> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट

बालसुधार गृह भैरहवा लगायतका विपक्षीहरुको नाममा परमादेश जारी

२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

बुटवल, २२ पुस ।

उच्च अदालत बुटवलले बाल सुधारगृह भैरहवा लगायतका बिपक्षीहरुको नाममा परमादेश जारी गरेको छ । उच्च अदालत बुटवलका न्यायाधीश जगत बहादुर थापा र सागर बिष्टको इजलाशले उक्त रीट जारी गरेको हो ।

बालसुधार गृह भैरहवाको स्थलगत अध्ययन गरी एडभोकेसी फोरम नेपाल, इन्सेक लगायतका संस्थाका प्रतिनिधिहरु निवेदक बनी बालसुधारगृह भैरहवा रुपन्देहीमा कानूनी विवादमा रहेर बसेका बालकहरुले न्यूनतम बालअधिकार र बालन्याय अनुकुल न्यायको प्रत्याभूत गर्न नपाएको देखिएकोले बालसुधार गृह रुपन्देही भैरहवा, नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सिंहदरबार, काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय सिंहदरवार काठमाडौ, लुम्बिनी प्रदेश सरकार, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, सिद्धार्थनगर नगरपालिका भैरहवा रुपन्देहीशिक्षा विकास तथा समन्वय इकाइ रुपन्देही, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला प्रहरी कार्यालय अर्घाखाची, जिल्ला प्रहरी कार्यालय कपिलबस्तु, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), जिल्ला प्रहरी कार्यालय गुल्मीलाई बिपक्षी बनाई उक्त रीट दर्ता भई सुनुवाइको क्रममा थियो ।

बालसुधार गृह भैरहवा सिमित भौतिक संरचनामा संचालनमा ल्याईएको छ । सुधार गृहको भवन परिसर प्रर्याप्त खुल्ला स्थानको अभाव रहेको छ । बालकहरु खेलकुद, मनोरञ्जनका क्रियाकलाप गर्नबाट बन्चित छन् । सिमित संख्यामा शौचालय हुँदा पालो पर्खनु पर्ने अवस्था छ । बालसुधार गृह संचालन मापदण्ड अनुसार संचालन हुन सकेको छैन । ७ जनाको दरबन्दी रहेको बालसुधार गृहमा १ जना कर्मचारीको भरमा संचालन भएको पाईएको । बालसुधार गृह संचालनका लागी आवश्यक साधन श्रोत र बजेटको अभाव छ । बालसुधार गृह भैरहवामा रहेका बालकहरुको शिक्षाको अधिकार उपभोगबाट बन्चित छन् । सुधार गृहमा बिद्यालय, शिक्षक र अध्यापनको ब्यवस्था छैन । सुधार गृहमा रहेका कानूनी बिवादमा परेका बालकहरुको लागी शिपमुलक तालिम वा जिवन उपयोगी कुनै सिपको ब्यवस्था छैन, बन्द कोठामा बसिरहनु पर्दा खुट कुज्जिने, ठाँडो गरेर उभिन नसक्ने लगायतका स्वास्थ्य समस्याबाट बालकहरु ग्रसित छन् । सुधार गृहमा बालकहरु आँखा पाक्ने र छाला सम्बन्धि रोगबाट पीडित छन् । बालकहरुका लागी शिपमुलक तालिम, आचरणमा सुधार ल्याउने, असल नागरिक बनाउने र घरपरिवार समाजमा पुनस्र्थापना गराउने खालका कुनै कार्यक्रम छैनन । नियमित मनोसामाजिक परामर्शको ब्यवस्था छैन । बालकहरुले सुधार गृहमा बस्दा अभिभावकत्वको अनुभति गर्न नपाएको गुनासो गर्ने गर्दछन् । कानूनी बिवादमा परेका बालकहरुले कानूनी सहयोगमा सहज पहुँच पाउन सकेका छैनन । उनीहरुको तर्फबाट प्रभावकारी कानूनी प्रतिनिधित्व हुन नसकेको छैन । १ सय २० दिन भित्र मुद्दाको फैसला गरिसक्नु पर्ने कानूनी ब्यवस्थाको पालना हुन सकेको छैन । कानूनमा बालअदालतको ब्यवस्था गरिए पनि ब्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको लगाएतका समस्या रीटमा उठान गरिएको थियो ।

नेपालको संविधानको धारा १४४(१), १४४(२), न्याय प्रशासन ऐन २०७३ को दफा ८(१) बमोजिम बमोजिम देहाय बमोजिम अन्तरिम आदेश सहित परमादेश लगायत उपयुक्त आदेश जारी गरी बालन्याय सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी प्रावधान बमोजिम बालअधिकार तथा बालन्याय सम्बन्धी संरचना तथा संयन्त्रहरूको निर्माण, कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न लगाई बालबालिकाको बालअधिकार तथा बालन्यायको अधिकारको संरक्षण एवं प्रचलन गराई पाऊँन बिवक्षीहरुको नाममा परमादेशको आदेश जारी हुन रीट दर्ता गरिएकोमा उक्त रीट जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?