ट्रेंडिंग:

>> सेयर बजारको वृद्धिमा निरन्तरता, नेप्से २६४६ मा पुग्यो >> १८ ठेकेदार कम्पनीलाई ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन >> नेपालमा २१ दिनमा ४ म्याग्निच्युडमाथिका ११ भूकम्पको धक्का >> ललितपुरको सातदोबाटोमा अवैध कल सेन्टरमा जुवा खेलाउँदै ,५३ जना पक्राउ >> बारका अध्यक्ष घिमिरेलाई अदालतविरुद्धको अभिव्यक्तिको प्रमाण पेश गर्न सर्वोच्चको आदेश >> भुकम्प अपडेटः तिब्बतमा आएको भूकम्पमा ९५ जनाको मृत्यु, १३० जना घाइते >> चीनमा भूकम्पपछि सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द >> प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउन सांसद सुवालको माग >> अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार कार्य अगाडि बढ्ने >> अमेरिकामा हिमआँधी र चिसोका कारण पाँच जनाको ज्यान गयो >> एन्फा महिला लिग: दोस्रो चरणमा आज बाग्मती युथ र नेपाल पुलिस क्लब भिड्ने >> राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाई बल्ल दिइयो जानकारी >> काठमाडौंमा भूकम्पको धक्काले एक व्यक्तिले घरको छतबाट हाम फाल्दा घाइते, बारामा विद्यार्थी बेहोस >> आज बिहानको भूकम्पबाट क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरी परिचालित >> गैरआवासीय नेपाली नागरिकताको सम्बोधन हिउँदे अधिवेशनले गर्छ: गृहमन्त्री >> एमाले केन्द्रीय समिति बैठक सुरू >> प्रि ओपन सेसनमा नेप्से सूचकमा वृद्धि >> प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान >> गौरको बाणेश्वर मन्दिरमा भेटिए बुद्धकालीन अवशेष, दुर्लभ अंगूठा छाप इँटा फेला >> माओवादी केन्द्रीय समिति बैठक सुरू, १०० जना सदस्यले धारणा राख्दै >> सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो >> अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो >> तिब्बत भूकम्प अपडेट: कम्तीमा ३६ जनाको मृत्यु >> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर >> सामसङद्वारा एआई वासींग मेसिन सार्वजनिक >> बढ्दो अनलाईन ठगीविरुद्ध होसियारी >> भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह >> जाडो छल्ने चराले तालतलैयामा चहलपहल >> नेपाल, चीन र भारतमा एकसाथ भूकम्प >> मोटर चढ्ने रहर पुरा हुँदै >> तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प, नेपालमा पनि ठूलै धक्का >> कुन कुन प्रदेशमा छ आज वर्षाको सम्भावना ? >> बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार अभियोगमा कारागार चलान >> सिद्धार्थनगरमा पूर्वाधारतर्फ ५९ योजना अघि बढ्दै >> तिलोत्तमा सुनचादी टिमलाई फुटसलको उपाधि >> देवदह क्वाटरफाईनलमा >> मुख स्वास्थ्य सचेतना जगाउने होर्डिङ बोर्ड >> मदन भण्डारी ईण्डो–नेपालमा सेमीफाइनल समीकरण पूरा >> ३३ करोड ९३ लाख सम्पत्ति शुद्धीकरण मुद्दामा ३ जना दोषी ठहर >> लुम्बिनीमा सरकारी सवारी साधनमाथि ‘डिजिटल निगरानी’ >> मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन >> दाङ उद्योग वाणिज्य संघले छैठौं व्यापार महाेत्सव गर्ने >> आजका लागि एमाले बैठक सकियो, भाेली फेरी बस्ने >> लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्द पक्राउ पुर्जी >> कामविहीन बन्दै कर्णालीका मिनि संसद, तीन समिति अझै नेतृत्वविहीन >> एमाले केन्द्रीय समिति बैठक, ६४ जनाले राखे धारणा >> सेयर बजार परिसूचक ४९ अंकले बढेर २६४०.६८ बिन्दुमा >> कान्ति बाल अस्पतालमा २ लाख ४ हजार २९९ बालबालिकाको उपचार, ३ हजार शल्यक्रिया सफल >> इजरायलमा श्रमिक पठाउने प्रक्रिया पुनः सुरू >> संघीय ढाँचाको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलको जोड

पुल बन्यो, भुक्तानी भएन

२१ पुष २०८१, आईतवार
२१ पुष २०८१, आईतवार

पाल्पा, २१ पुस ।

गुल्मीमा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गुल्मी पर्वत जोड्ने काली नदीमाथि बनेको मोटरेवल पुलको उद्घाटन गरे । निर्माण कम्पनीले ठेक्का संझौता अनुरुप समयमै निर्माण कार्य पुरा गरेको भए पनि निर्माण व्यवसायीले ३ करोड ५५लाख रुपैया सरकारबाट भुक्तानी लिन बाकी रहेको कम्पनीका प्रतिनिधिहरु बताउँछन् ।

निर्माण कम्पनीले ३ करोड ५२ लाख रुपैया भुक्तानी पाउनु पर्ने दावी गरेको छ । एलिट कन्स्ट्रक्सन प्रा.लिले ४ वटा पुल निर्माण गरेको र भुक्तानी हुन बाकी रहेको सडक कार्यालय पाल्पाका सुचना अधिकारी दुर्गा गौतम बताउछन् ।

सडक कार्यालयका पाल्पाको प्राविधिक रेखदेखमा ५वटा मोटरेवलको पुल निर्माण कार्य पुरा भएको छ । गुल्मीका जनप्रतिनिधि आवश्यकता भन्दा पहुँचको आधारमा योजना मात्र पार्ने तर योजनाका लागि प्रर्याप्त बजेट विनियोजन तर्फ ध्यान नदिदा यस्तो समस्या आएको स्थानीयहरु बताउछन् ।

रामपुर नगर देखि स्याङजाको चापाकोट जोड्ने कालीगण्डकी नदीमा पुलको पनि समस्या उस्तै रहेको निर्माण व्यवसायी बताउछन् । कन्काई नेपाल मेलिनियमले निर्माण कार्यको जिम्बेबारी पाएको थियो । निर्माण कार्य पुरा भएपनि निर्माण कम्पनीलाई २६ लाख रुपैया भुक्तानी गर्न बाकी रहेको छ । कामको आधारमा नाप जाप गरी रनिङ विलको आधारमा निर्माण कम्पनीलाई भुक्तानी गर्ने हो । निर्माण कम्पनीले समयमा भुक्तानी नपाउदा काम गर्ने कामदारलाई पनि भुक्तानी दिन असजिलो पनि हुन्छ । निर्माण व्यवसायीलाई काममा ताकेत गर्न यस्तै कारणले तगारो हाल्ने गरेको प्राविधिकहरु बताउछन् ।

गुल्मीको मदाने गाउँपालिका पहानखोलाको पक्की पुल निर्माण कार्य पुरा भयो ,। साह घाट गुल्जार भयो । पुल निर्माण गरेको निर्माण कम्पनीले ४८लाख रुपैया भुक्तानी नपाएको दावी गरेको छ । सडक कार्यालयका सुचना अधिकारी तथा इन्जिनियर गौतम भन्छन्, “पुलको मात्र ८ करोड रुपैया भुक्तानी गर्न बाकी छ । यस आर्थिक वर्षका लागि बिकास र निर्माणमा संघीय सरकारले ७३ करोड रुपैया विनियोजन गरेको छ । यहि बजेट बाट ८ करोड २७ लाख रुपैया भुक्तानी गर्ने हो । गत आर्थिक वर्षको ४ करोड १० लाख रुपैया यस पटक भुक्तानी भयो । सरकारको भुक्तानी प्रकृया झन्झटिलो हुदा पनि समस्या उत्पन्न भयो । विगत केही वर्ष यता आर्थिक वर्षको अन्त्यमा १० देखि २० प्रतिशत बजेट कटौती गरि दिने परिपाटी नै बस्यो । यस्ता कारणले निर्माण व्यवसायीले भुक्तानी पाउन सक्दैनन् । सरकारको बिकास खर्च कम हुदै जादा अर्थ बजार चलाएमान हुन नसक्नु मुख्य कारण भएको निर्माण व्यवसायी शंकर रायमाझी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?