ट्रेंडिंग:

>> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर >> सामसङद्वारा एआई वासींग मेसिन सार्वजनिक >> बढ्दो अनलाईन ठगीविरुद्ध होसियारी >> भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह >> जाडो छल्ने चराले तालतलैयामा चहलपहल >> नेपाल, चीन र भारतमा एकसाथ भूकम्प >> मोटर चढ्ने रहर पुरा हुँदै >> तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प, नेपालमा पनि ठूलै धक्का >> कुन कुन प्रदेशमा छ आज वर्षाको सम्भावना ? >> बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार अभियोगमा कारागार चलान >> सिद्धार्थनगरमा पूर्वाधारतर्फ ५९ योजना अघि बढ्दै >> तिलोत्तमा सुनचादी टिमलाई फुटसलको उपाधि >> देवदह क्वाटरफाईनलमा >> मुख स्वास्थ्य सचेतना जगाउने होर्डिङ बोर्ड >> मदन भण्डारी ईण्डो–नेपालमा सेमीफाइनल समीकरण पूरा >> ३३ करोड ९३ लाख सम्पत्ति शुद्धीकरण मुद्दामा ३ जना दोषी ठहर >> लुम्बिनीमा सरकारी सवारी साधनमाथि ‘डिजिटल निगरानी’ >> मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन >> दाङ उद्योग वाणिज्य संघले छैठौं व्यापार महाेत्सव गर्ने >> आजका लागि एमाले बैठक सकियो, भाेली फेरी बस्ने >> लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्द पक्राउ पुर्जी >> कामविहीन बन्दै कर्णालीका मिनि संसद, तीन समिति अझै नेतृत्वविहीन >> एमाले केन्द्रीय समिति बैठक, ६४ जनाले राखे धारणा >> सेयर बजार परिसूचक ४९ अंकले बढेर २६४०.६८ बिन्दुमा >> कान्ति बाल अस्पतालमा २ लाख ४ हजार २९९ बालबालिकाको उपचार, ३ हजार शल्यक्रिया सफल >> इजरायलमा श्रमिक पठाउने प्रक्रिया पुनः सुरू >> संघीय ढाँचाको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलको जोड >> बंगलादेशमा शेख हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ >> संघीय संसदको राज्य व्यवस्था समितिमा ९२ उजुरी, ५८ वटा दर्ता >> ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाबिरुद्द अर्को पक्राउ पुर्जी जारी >> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर हस्तान्तरण >> क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै हप्ता राजिनामा दिने >> भ्रष्टाचारको खुलासा गर्ने पत्रकारको गहिरो चोटसहित ट्याङ्कीमा शव भेटियो >> इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पसँग भेटेर नयाँ तरंग सुरू >> रवि लामिछानेका पक्षधर वकिलको बहस सुरू >> एमाले केन्द्रीय समिति बैठक सुरू, सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समितिः प्रचण्डको प्रतिवेदन माथि छलफल सुरू >> भारतमा एचएमभीपी भाइरसको संक्रमण देखियो, दुई बालक प्रभावित, स्वास्थ्य मन्त्रालयको आकस्मिक बैठक >> युसीएमएस भैरहवाको २६ औं साधारण सभा >> बालसुधार गृह भैरहवा लगायतका विपक्षीहरुको नाममा परमादेश जारी >> पुष्पा २: बलिउडका सबै रेकर्डहरू पछि पार्दै, आमिरको दंगलको २ हजार करोडको रेकर्ड छेउमा >> उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौं’ >> रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षति गरेपछि स्थानीय आतंकित >> औषधी ब्यवसायी संघको सम्मान >> पथरीमा भीम पौडेलको दादागिरी: शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना >> रिपोर्टस क्लब नेपाल कपिलवस्तुको नेतृत्वमा पौडेल >> ट्रम्प बिजयी भएको कमला ह्यारिसले आज संसद गर्दैछिन औपचारिक घोषणा >> सुन चाँदीको मुल्य स्थिर >> गुल्मीका पाँच वर्षीय बालक ब्लड क्यान्सरसँग जुध्दै, उपचारमा आर्थिक अभाव >> एमाले केन्द्रिय समिति बैठक सुरू, केन्द्रिय सदस्यले ३-३ मिनेट धारणा राख्ने

आलोचनाबाट समाज परिवर्तनको चक्र

२१ पुष २०८१, आईतवार
२१ पुष २०८१, आईतवार

“नयाँ युगको थालनीसँगै सुशासनको सुरुवात हुन्छ । सुशासनको सुरुवातसँगै विकासको सुरुवात हुन्छ । विकासको सुरुवातसँगै आलोचना जन्मिन्छ । आलोचनाले बिद्रोह निम्त्याउँछ । त्यो बिद्रोहले नयाँ नेताको जन्म गराउँछ । नयाँ नेताको सुरुवातसँगै नयाँ समाजको सुरुवात हुन्छ र पुनः नयाँ युगको थालनी हुन्छ ।” समाजको चक्र यसै अनुरुप चलिरहेको छ । यो कुरा भर्खरै बङ्गलादेशमा चलिरहेको विद्यार्थी आन्दोलनले सिद्ध पारेको छ ।

पश्चिम पाकिस्तानको तानाशाहबाट दिक्क मानेको पुर्वी पाकिस्तानका जनताको मनमा आफ्ना नेतासँग वितृष्णा उत्पन्न भएको थियो । त्यहाँका जनताले आफ्ना नेताप्रति आलोचनात्मक दृष्टि बनाइसकेका थिए । मौलाना अब्दुल हामिद खानले स्थापना गरेका आवामी लिगका सभापति मुजीब्बर रहमान जो पुर्वी पाकिस्तानका प्रमुख पनि थिए, उनले उक्त आलोचनालाई विद्रोहमा परिणत गरे । यसरी त्यो आलोचनाले विद्रोह निम्त्यायो । निकै संघर्ष पछि पुर्वी पाकिस्तानलाई छुट्टै राष्ट्र बनाउन सफल भए रहमान । यसरी बंगलादेशको स्थापना भयो र त्यहाँ सुशासन सहित नयाँ युगको सुरुवात भयो । सन् १९७२ मा शेख मुजीबर रहमान बंगलादेशका प्रधानमन्त्री भए । उनी बंगलादेशको राष्ट्र पिताका रुपमा चिनिन्छन् ।

आवामी लिगबाट शेख हसिना जो शेख मुजीबर कि छोरी थिइन् उनले बंगलादेशको नेतृत्व गर्दै बंगलादेशको इतिहासमै धेरै लामो समय प्रधानमन्त्री भएकी थिइन् । उनको कामबाट धेरै जनता खुशी थिए । तर बिस्तारै उनको काम प्रति, उनले ल्याएको व्यवस्था प्रति आलोचना बढ्दै गयो । उक्त आलोचनालाई सरकारले सम्बोधन गर्न सकेन । फेरि १९७२ जस्तै जनता विद्रोहमा उत्रिए । कोटा खारेज गर्न भएको यो आन्दोलनले शेख हसिनाको पसिना नै छुटायो र उनी देश छोडेर जान बाध्य भइन् । अहिले बंगलादेशका जनता नयाँ युगको सुरुवात भएको मानेका छन् । उनीहरु नेतृत्व परिवर्तन पछि सुशासनको अपेक्षामा छन् ।

यस्तै विश्वका हरेक देशमा हुने सबै गृहयुद्ध विद्रोह हुन् जसले नयाँ युगको थालनी गर्ने, सुशासन कायम गर्ने मुख्य उद्देश्य लिएका छन् । यसको उदाहरण हामी नेपालमा पनि देख्न सकिन्छ । नेतृत्वसँग खुशी नभएर माओवादी केन्द्रले सशस्त्र विद्रोहको घोषणा गर्छ । उक्त विद्रोहले राष्ट्र संचालनको व्यवस्था परिवर्तन गर्न सफल हुन्छ र देशमा गणतन्त्र स्थापना हुन्छ । यसरी नयाँ युगको सुरुवात भएको दुई दशक पनि नपुग्दै व्यवस्था प्रति आलोचना बढेको भान हुन आउँछ । जनताहरु व्यवस्था परिवर्तन गर्ने भन्दै माइतीघरमा स–साना आन्दोलन पनि गरिरहेका छन् । यदि वर्तमान सरकारले उक्त आन्दोलनका माग सम्बोधन नगरे आन्दोलनले ठूलो रुप पनि लिन सक्ने अवस्था आउँछ ।

तत्कालीन नेतृत्वले जनताको माग सम्बोधन गरेन भनेर सशस्त्र आन्दोलनमा उत्रिएको नेपाली काङ्ग्रेसले वि.सं.२००७ सालमा राणा शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापना गर्यो । जनताले आफ्ना अधिकार पाए । नयाँ युगको थालनी भयो । तर केही समय मै उक्त व्यवस्था प्रति आलोचना गर्दै राजा महेन्द्रले वि.सं.२०१९ मा पञ्चायती व्यवस्था लागु गरे । उक्त व्यवस्था पछि देशमा फेरि नयाँ युगको सुरुवात भयो । राजाले गरेको यो निर्णय पछि जनतामा मत विभाजित भयो । आधा जनता पञ्चायती व्यवस्थाको पक्षमा थिए त आधा विपक्षमा । समय बित्दै जादा जनतामा आक्रोश सृजना भयो । उनीहरुले अझै बेसरी पञ्चायती व्यवस्थाको आलोचना गर्न थाले र यसको समाधानमा जनमत संग्रह भयो । उक्त जनमत संग्रहमा धाँधली भयो भन्ने जस्ता कुरा आए र यो जनमत संग्रहले माग संबोधन गर्न सकेन जसको फल स्वरुप देशमा जन आन्दोलन भयो । जनतामा आलोचनाले विद्रोह बिउँतीसकेको थियो । उक्त विद्रोहले देशमा पञ्चायती व्यवस्थाको अन्त्य गरायो र बहुदल स्थापना भयो ।

यस्तै समाजको चक्रलाई सिद्ध पार्ने अर्को घटना हो नेपालको दोस्रो जनआन्दोलन । राजतन्त्रका विरुद्धमा देशमा विभिन्न आन्दोलन चलेका बेला जनता राजसंस्था प्रति निकै आलोचक थिए । राजा ज्ञानेन्द्रले जनताको माग सम्बोधन गर्नुको सट्टा जनताका अधिकार माथि हस्तक्षेप गर्न खोजे र देशमा ठूलो विद्रोह भयो र उक्त विद्रोहले राजतन्त्रको अन्त्य गरी देशमा गणतन्त्र स्थापना गरायो । देशमा नयाँ युगको स्थापना गरायो ।

यसरी समाजमा विद्रोह हुनु आवश्यक छ । समाजको चक्र माथि केही प्रश्न उठ्न जान्छन् ।

१) कुशल नेतृत्वमा आलोचना कसरी आउँछ ?

कुनै पनि नेतृत्वले सबै जनताको माग सम्बोधन गर्न सक्दैन । १० जानाको माग एकै भएपनि बाँकी २ जनाको माग ८ जनाको मागको विपरित हुन्छ । यहाँ दुई मतको सृजना हुन्छ । नेतृत्वले दुबै मत सम्बोधन गर्न सक्दैन । यसरी एकमतको माग सम्बोधन गर्दा अर्को विचार भएका मानिसको माग सम्बोधन हुदैन र यसले तत्कालीन नेतृत्व प्रति आलोचक दृष्टी बनाउँछ ।

समाजमा फरक फरक विचार सिद्धान्त बोकेका मानिस हुन्छन् । उनीहरुको विचार एक अर्कासँग केही सीमित भएपनि प्रायः विपरीत हुन्छ । यसरी कुनै एक सिद्धान्त बोकेको नेतृत्वले अर्को सिद्धान्त बोकेका जनताको माग सम्बोधन गर्न गाह्रो हुन्छ । यसका उदाहरणहरु नेपालकै सन्दर्भमा रहेर हेर्न सकिन्छ । प्रजातान्त्रिक विचार भएका राजनीतिक दलले ल्याएको नीति कम्युनिस्ट विचार भएका राजनीतिक दल सरकारमा जाँदा निकै कम कार्यान्वयन हुन्छन् । यसरी जनतामा विचार–विचारबिच भएको भिन्नताले नेतृत्व प्रति आलोचक बनाउँछ ।

२) आलोचनाले बिद्रोह कसरी निम्त्याउछ ?

आलोचनालाई विद्रोहमा परिणत गर्न तेस्रो पक्षको उपस्थिति आवश्यक हुने गर्दछ । नेतृत्वप्रति आलोचना गरिरहेका जनता निकै चिढिएका हुन्छन् । कहिले त्यो तेस्रो पक्ष तिनै चिढिएका जनताबाट नेतृत्वकर्ताको रुपमा निस्किन्छ जसले सबै जनतालाई जागरुक गराउँछ र बिद्रोह तर्फ अघि बढाउछ ।

कतिपय अवस्थामा सरकारले नै तेस्रो पक्षका रुपमा काम गरिदिन्छ । उसले जनताको मागलाई बेवास्ता गरिदिन्छ जसका कारण जनता विद्रोहको बाटो रोज्न बाध्य हुन्छन् । कतिपय अवस्थामा अन्य बाहिरी शक्तिले जनतामा भ्रम सृजना गरी उनीहरुको प्रयोग गरेर आफ्नो अनुकुलको परिवर्तन गराउँछन् ।

आक्रोशित जनता गिलो माटो जस्तै हुन्छन् जसलाई चाहेजस्तो रुप दिन सकिन्छ । यसलाई कतिले सही तरिकाले प्रयोग गर्छन् त कतिपय अवस्थामा नकारात्मक तरिकाले प्रयोग गरेको पनि पाइन्छ । बारम्बार आफ्ना माग सम्बोधन नभएपछि जनता आक्रोशित हुन्छन् । बंगलादेशको विद्रोह पनि आफ्ना माग सम्बोधन भएनन् भनी कोटा व्यवस्थाको अन्त्य गर्नको लागि गरिएको विद्रोह थियो । यसरी जनता बिचबाट एउटा नेतृत्वकर्ताको जन्म हुन्छ जसले विद्रोहको नेतृत्व गर्छ र विद्रोहको परिणामको नेतृत्वकर्ता बन्दछ ।

३. बिद्रोह मार्फत कसरी नेतृत्वले सुशासन कायम गर्छ ?

एकजना बाट भएको आलोचनाको सुरुवात पछि निकै बढ्दै जान्छ । तेस्रो पक्षले विभिन्न माध्यम अपनाएर जनतालाई अझै बढी आलोचक बनाउँछ । यसरी समयसँगै नेतृत्व प्रति आलोचना गर्नेको संख्या बढ्दै जान्छ । यसरी आलोचना गर्नेको जमात खडा भएपछि सरकार प्रति सकारात्मक रहेका जनताको मनमा पनि प्रश्न चिन्ह खडा हुन्छ र बिस्तारै तेस्रो पक्षले उनीहरुलाई पनि सरकारको, नेतृत्वकर्ताको आलोचक हुन बाध्य बनाउँछ । यसरी आलोचकको संख्या बढ्दै जान्छ । उनीहरुका विचार एक हुँदै जान्छन् र उनीहरुले विद्रोह गरी नेतृत्व आफ्नो हातमा लिएपछि आफ्नो अनुकूलको परिवर्तन पाउँछन् किनकी त्यो नेतृत्वकर्ता सोही विद्रोह पछि त्यहाँ चयन भएको हुन्छ । यसरी जनताले आफ्नो माग सम्बोधन भएको हुन पाउनु भनेको देशमा सुशासन छाउनु हो । नयाँ युग आउनु हो ।

यसरी समाजको चक्रको एक महत्वपूर्ण तत्व हो भन्ने बुझिन्छ । तर कतिपय देशमा यही विद्रोहको प्रयोग गरी देशलाई अझै पछाडि धकेलेको पाइन्छ । विद्रोह सँगसँगै यसमा धेरै खतरा पनि आउँदछन् ।

आक्रोशित जनता गिलो माटो जस्तै हुन्छन् । उनीहरुलाई जस्तो रुप दिन चाह्यो त्यस्तै रुप दिन सकिन्छ । यही कुराको फाइदा उठाउँदै धेरै अवसरवादी विद्रोहको नेतृत्वकर्ता बन्ने मौका पाउछन् र जनतालाई आफ्नो अनुकुलता अनुरुप प्रयोग गर्छन् । त्यस्ता अवसरवादी नेतृत्वकर्ता बिद्रोहको परिणाम भोग्न सक्षम हुँदैनन् र यसले देशलाई अझै पछि धकेल्ने काम गर्दछ ।

भर्खरै बंगलादेशमा कोटा व्यवस्था विरुद्ध भएको आन्दोलनमा आन्दोलनकारीको प्रयोग गरेर राष्ट्रको सत्ता परिवर्तन गराइयो । यसरी नै जहाँ कहीँ भएका विद्रोहको प्रयोग गरेर अवसरवादीहरुले फाइदा उठाउने गर्दछन् ।

विद्रोहले युगको परिवर्तन सँगसँगै विनाश पनि निम्त्याउँछ । एक शताब्दीमा एकपल्ट विद्रोह हुन आवश्यक छ । तर नेपालको सन्दर्भ हेर्दा छोटो छोटो समयमा विद्रोह चर्किरहेका हुन्छन् । यसरी भएका बिद्रोहले देशलाई घाटामा पारिदिन्छ । ब्यवस्था ठिक भएपनि जनतामा भ्रम सृजना गरेर बिद्रोह गर्न बाध्य बनाइन्छ जसले देशलाई निकै घाटा बेहोर्न बाध्य बनाउँछ ।

त्यसो भए के गर्ने त ?

१) देशमा सुशासन कायम गर्दा आलोचनाले निकै ठूलो भुमिका निर्वाह गरेको हुन्छ । यदि नेतृत्वप्रति आलोचना भएन भने त्यो निरंंकुश शासन हुन्छ । यदि नेतृत्वकर्ताले जनताका माग संबोधन नगरेको अवस्था आएमा उनीहरुको सत्ता नै उल्टिने खतरा हुन्छ । त्यसैले नेतृत्वप्रति उठेका प्रश्नहरुको जवाफ दिनु आवश्यक हुन्छ ।

२) तेस्रो पक्षले आफ्नो अनुरुप बिद्रोह सृजना गर्नका निम्ति धेरै उपाय, षड्यन्त्र अपनाउँछ । यदि हामी आफ्नो विचार बाट भड्किएर अर्को कुनै विचार तर्फ आकर्षित हुँदै छौँ भने आफूले आफूलाई प्रश्न गर्नु आवश्यक छ नत्र हामी पनि त्यही गिलो माटो सरह उपयोग हुन सकिन्छ ।

३) आफूले गर्न लागेको विद्रोहको परिणाम थेग्न सक्ने सामथ्र्य आफ्नो नेतृत्वकर्तामा छ छैन बुझेर मात्र विद्रोहमा होमिनु पर्छ ।

यसरी नया युगको थालनीसँगै सुशासनको सुरुवात हुन्छ । सुशासनको सुरुवात सँगै विकासको सुरुवात हुन्छ । विकासको सुरुवातसँगै आलोचना जन्मिन्छ । आलोचनाले विद्रोह निम्त्याउँछ । त्यो विद्रोहले नयाँ नेताको जन्म गराउँछ । नयाँ नेताको सुरुवातसँगै नयाँ समाजको सुरुवात हुन्छ र पुनः नया युगको थालनी हुन्छ । यदि नेतृत्वकर्ता योग्य भएन भने नया युगमा सुशासनको सट्टा विनासको सृजना हुन सक्छ । सो कारणले आफ्नै विचार, सिद्धान्त बोकेको नेतृत्वप्रति पनि आलोचक हुनु आवश्यक छ ।
(लेखक कानूनका बिद्यार्थी हुन् )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?