ट्रेंडिंग:

>> पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ >> सुनको भाउ ५ सयले बढ्यो >> सहकारी ठगी प्रकरणमा फरार अञ्जला कोइराला अदालतमा हाजिर >> प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो >> जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान >> नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा >> अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको स्थापना >> पहिलो त्रैमासको आर्थिक वृद्धिदर करिब साढे तीन प्रतिशत >> लमही खानेपानी निर्वाचनः ९ पदमा ३० जनाको भिडन्त >> एसियन थाईफूड र बुटवलको एडमण्ड सिटि अस्पताल बीच उपचारमा सम्झौता >> थारू समुदायको माघीसँगै आर्थिक वर्ष सुरु >> नेपाल नबन्नुको कारण >> शितलहरले दाउन्ने सडक खण्ड अवरुद्ध >> सरकारको असफल कुटनीति विपिन जोशी रिहाईमा किन पुगेन दबाब ? >> प्रदेशमा यातायात व्यवस्थामा विकेन्द्रीकरण >> प्रहरीकै सहयोगमा चीनको लसुन भारत तस्करी ! >> पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : तराईमा हुस्सु, केही स्थानमा हिमपात >> गैंडहवाले दियो विद्यालयमा जाडो बिदा >> जाडोबाट बचाउन सियारीले गर्यो वडाबासीलाई ब्लाङ्केट वितरण >> बाणगंगाको कार्यपालिका बैठकः विकास रणनीति र योजनाबारे छलफल >> सातौँ संस्करणको मेयर कप फुटबलको  उपाधि वडा नं. १३ लाई >> चैतन्य एकेडेमीको तेस्रो शाखा बुटवलमा >> गोर्खा ब्वाईज अन्तिम आठमा >> प्रचण्डले भने– एमाले बुर्जुवा, माओवादी क्रान्तिकारी >> पार्टीभित्र कुनै पूर्वसमूहहरु छैनन्, सबै एमाले हुन् : ओली >> साई ग्लोबल कपमा प्यारामाउण्ट र रुपन्देही क्याम्पस विजयी >> कञ्चनमा किशोरीलाई आत्मरक्षा तालिम >> प्रतिकुल मौसमले दोस्रो खेल स्थगित >> पथरीको जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने भीम पौडेलको योजना असफल >> नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा >> सेयर बजारको वृद्धिमा निरन्तरता, नेप्से २६४६ मा पुग्यो >> १८ ठेकेदार कम्पनीलाई ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन >> नेपालमा २१ दिनमा ४ म्याग्निच्युडमाथिका ११ भूकम्पको धक्का >> ललितपुरको सातदोबाटोमा अवैध कल सेन्टरमा जुवा खेलाउँदै ,५३ जना पक्राउ >> बारका अध्यक्ष घिमिरेलाई अदालतविरुद्धको अभिव्यक्तिको प्रमाण पेश गर्न सर्वोच्चको आदेश >> भुकम्प अपडेटः तिब्बतमा गएको भूकम्पमा ९५ जनाको मृत्यु, १३० जना घाइते >> चीनमा भूकम्पपछि सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द >> प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउन सांसद सुवालको माग >> अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार कार्य अगाडि बढ्ने >> अमेरिकामा हिमआँधी र चिसोका कारण पाँच जनाको ज्यान गयो >> एन्फा महिला लिग: दोस्रो चरणमा आज बाग्मती युथ र नेपाल पुलिस क्लब भिड्ने >> राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाई बल्ल दिइयो जानकारी >> काठमाडौंमा भूकम्पको धक्काले एक व्यक्तिले घरको छतबाट हाम फाल्दा घाइते, बारामा विद्यार्थी बेहोस >> आज बिहानको भूकम्पबाट क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरी परिचालित >> गैरआवासीय नेपाली नागरिकताको सम्बोधन हिउँदे अधिवेशनले गर्छ: गृहमन्त्री >> एमाले केन्द्रीय समिति बैठक सुरू >> प्रि ओपन सेसनमा नेप्से सूचकमा वृद्धि >> प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान >> गौरको बाणेश्वर मन्दिरमा भेटिए बुद्धकालीन अवशेष, दुर्लभ अंगूठा छाप इँटा फेला >> माओवादी केन्द्रीय समिति बैठक सुरू, १०० जना सदस्यले धारणा राख्दै

ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर

२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

बुटवल, २३ पुस ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा वार्षिक २४ सय बढी सवारी दुर्घटना हुने गर्दछ । दुर्घटनामा परेर ६ सय जनाले ज्यान गुमाउने गरेको तथ्याकले देखाउछ । दुर्घटनाबाट हुने मानविय क्षति रोक्न र उद्वारमा उपयोगी हुने गरि रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२, रोटरी क्लब अफ क्यापिटल बुटवल र सुरक्षित यात्रा अभियान नेपालको पहलमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवललाई हाईड्रोलिक मेटल कटर हस्तान्तरण गरिएको छ । करीब १२ लाख रूपैया बराबरको दुर्घटनामा परेका सवारी साधनहरू काट्न प्रयोग गरिने हाईड्रोलिक मेटल कटर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा रोटरी डिष्ट्रिक सर्भिस प्रोजेक्ट चेयर राजेन्द्र लम्सालले सामाजिक कार्य गर्दा समुदायको आवश्यकता र दिगोपनालाई प्राथमिकतामा राख्ने गरेको बताए । रोटरी संस्थागत रूपमा ठुला परियोजनाहरू गर्दै आएको भन्दै केही ढिलाई गरेर भएपनि उपयोगी उपकरण सहि निकायमा हस्तान्तरण गर्न पाएको उनले बताए । रोटरीबाट संचालन भएका परियोजनाहरू गुणस्तरका हिसाबले उत्कृष्ट देखिने समेत दाबी गरे । यो मेशिनसंगै थप एउटा सवारी साधनको आवश्यकता महसुस भएको भन्दै यसमा सरोकारवालाहरूबाट आवश्यक सहकार्य गर्न सकिने समेत उनले बताए । दुर्घटना रोक्ने गरि सचेतना कार्यक्रमलाई विशेष प्राथमिकता दिन समेत उनले आग्रह गरे ।
एक समारोहका बीच लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की, रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ सर्भिस प्रोजेक्ट चेयर राजेन्द्र लम्साल, रोटरी क्लब अफ क्यापिटल बुटवलका चार्टर अध्यक्ष दिनेश पाण्डे, क्लबका अध्यक्ष विजय खनाल, निवर्तमान अध्यक्ष विश्व दिपक नेपाल, क्लब सचिव कृष्ण डुम्रेले ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीलाई उपकरण हस्तान्तरण गरेका छन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाउदा समाज सुरक्षित हुने तर्क दिए । ‘प्रहरीलाई प्रविधियुक्त बनाउन जरुरी छ ।’–उनले भने । समाजका नागरिक, ब्यवसायी र डिष्ट्रिक ३२९२ सर्भिस प्रोजेक्ट चेयर राजेन्द्र लम्साल, रोटरी क्लब अफ क्यापिटल बुटवलका चार्टर अध्यक्ष दिनेश पाण्डे, क्लबका अध्यक्ष विजय खनाल, निवर्तमान अध्यक्ष विश्व दिपक नेपाल, क्लब सचिव कृष्ण डुम्रेले ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीलाई उपकरण हस्तान्तरण गरेका छन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाउदा समाज सुरक्षित हुने तर्क दिए । ‘प्रहरीलाई प्रविधियुक्त बनाउन जरुरी छ ।’–उनले भने । समाजका नागरिक, ब्यवसायी र समाजको सबै क्षेत्रको सहयोगबाट मात्र दुर्घटनाको ग्राफ घटाउन सकिने उनले बताए । सरोकारवालाहरू मिलेर सचेतना जगाउने कार्यक्रमहरू गर्न जरुरी रहेको समेत उनले बताए ।
कार्यक्रममा रोटरी क्लब अफ क्यापिटल बुटवलका चार्टर अध्यक्ष दिनेश पाण्डेले गतवर्ष रूपन्देहीमा ट्राफिक सचेतनाको वृहत कार्यक्रम गरिएको बताए । महिलाहरूलाई सवारी लेनबारे जानकारी दिने, सचेतना रयाली र सुरक्षित हेलमेट वितरण जस्ता निक्कै प्रभावकारी कार्यक्रम गरिएको बताए । प्रदेश वार्षिक २४ सय बढी दुर्घटना हुने तथा करीब ६ सय जनाले ज्यान गुमाउने गरेको तथ्याकलाई रोक्न थोरै भएपनि मद्यत मिल्ने उनले बताए । यसका साथै यहा रहेका सरोकारवाला निकायहरू दुर्घटना न्यूनीकरणका कार्यक्रमलाई निरन्तरता दिन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?