© २०२३
बुटवल, २२ पुस ।
बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिपमा सेमिफाइनल समिकरण पुरा भएको छ । सोमबार भएको लिग चरणको अन्तिम खेलसंगै चार टिम टुगिएको हो । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब समूह बिजेता बन्दै तथा गुजरात स्टेट भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लब उपविजेता बन्दै सेमीफाइनलमा स्थान बनाए ।
मंगलबार पहिलो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लब र गुजरात स्टेट भलिबल क्लबबीच तथा दोस्रो सेमिफाइनल त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच हुनेछ ।
सोमबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो । लगातार २५–१८, २५–१९, २८ २६ सेटका साथ जित निकाल्यो ।
यसैगरी दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बललाई ३–१ को सेटमा पराजित गर्यो । दुई सेट २५–१७ र २५–२१ अंकका साथ आर्मीले लगातार जित्दै अग्रता लिए । तेस्रो सेट भने सशस्त्रले २५–१९ अंकका साथ खेलमा फर्कियो। चौँथो सेटमा आर्मीले २५–१५ अंकका साथ जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी