© २०२३
बुटवल, २२ पुस । बुटवल सुनचादी ब्यवसायी संघ रुपन्देहीको चौथो÷पाचौ साधारण सभा तथा दोस्रो अधिवेसनको अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताको उपाधि तिलोत्तमा सुनचादी टिमले चुमेको छ । सोमबार भएको फाईनलमा मनोभाव एफसी बुटवललाई ३–१ गोल अन्तरले पराजित गर्दै तिलोत्तमाले उपाधि चुमेको हो । उपाधिसंगै तिलोत्तमाले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र हात पारेको छ ।
उपविजेता बुटवल भने नगद १० हजार, कप, मेडल, प्रमणपत्रमा चित्त बुझायो । प्रतियोगितामा कुशल सुनार उत्कृष्ट गोलकिपर, सुसान्त सुनार उत्कृ्ट खेलाडी घोषित भए । यसैगरि भेट्रान्सतर्फ भएको मैत्रीपूर्ण खेलमा बुटवल सुनचादीले रुपन्देही जिल्ला संघलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै उपाधि जित्यो । भेट्रान्सतर्फ बल बहादुर सुनार उत्कृष्ट गोलकिपर तथा सुरज बराल उत्कृष्ट खेलाडी घोषित भए ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठ, महासंघका केन्द्रिय सदस्य दिपक विश्वकर्मा, लुम्बिनी प्रदेश उपाध्यक्ष हरि बहादुर सुनार, बुटवल सुनचादी ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष गकुल विश्वकर्माले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।
जिल्ला संघ, नगर संघ ब्यवसायी तथा कालिगढ बिच भातृत्व विकास हुने गरि मैत्रिपुर्ण फुटसल प्रतियोगिता गरिएको बुटवल सुनचादी ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष गकुल विश्वकर्माले बताए । प्रतियोगितामा रुपन्देही जिल्लाका १० टिमले भाग लिएको संयोजक प्रेम बहादुर सुनारले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी