© २०२३
बुटवल, २२ पुस । रुपन्देहीमा जारी शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप २०८१ मा देवदह ब्विाईज विजयी हुदै अन्तिम आठमा प्रवेश गरेको छ । सोमबार भएको प्रतियोगिताको तेस्रो दिनको खेलमा लिस्नु युवा क्लब, कोटिहवालाई ४–० गोल अन्तरले पराजित गर्दै देवदह ब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
फर्सटिकर माविको खेलमैदान भएको खेलको १२ औ मिनेटमा देवदहका सुरज चौधरीले खाता खोलेको थिए । खेलको २७ औ मिनेटमा सुमित मल्लले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । पहिलो हाफ २ गोलले पछि परेको लिस्नु दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । सन्दीप चौधरीले ४५ औ मिनेट र अर्जुन चौधरीले ८२ औ मिनेटमा गोल थपे । खेलमा देवदहका सुरज चौधरी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
माघ २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ३ लाख ५ हजार रुपैया, उपविजेताले १ लाख ५० हजार ५ रुपैयासहित कप, प्रमाणपत्रबाट पुरस्कृत हुने आर्थिक संयोजक सिद्धान्त भट्टराईले बताए । यसैबिच मंगलबार बुटवलको गोर्खा ब्वाइज रूपन्देही र न्यु युथ युनियन पाल्पा बिच खेल हुने छ ।