काठमाडौं, २२ पुस ।
सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समिति बैठक जारी रहेको छ।
हिजोबाट सुरू भएको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ। केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी बैठकमा केन्द्रिय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित, एमाले र कांग्रेसका बीचको सहकार्यका विषयमा पनि चर्चा गरिएको छ।
यसका साथै, सरकार गठन भएको ६ महिनाको समीक्षा प्रतिवेदन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रिय सदस्यहरूले आफ्ना विचार प्रस्तुत गर्ने छन्। प्रत्येक सदस्यलाई ३ मिनेटको समय छुटाइएको छ, जसमा उनीहरूले आफ्नो धारणा राख्नेछन्।
यो बैठक एमालेको आगामी रणनीतिका बारेमा महत्वपूर्ण निर्णयहरू लिनका लागि महत्त्वपूर्ण मानिएको छ।