ट्रेंडिंग:

>> पहिलो त्रैमासको आर्थिक वृद्धिदर करिब साढे तीन प्रतिशत >> लमही खानेपानी निर्वाचनः ९ पदमा ३० जनाको भिडन्त >> एसियन थाईफूड र बुटवलको एडमण्ड सिटि अस्पताल बीच उपचारमा सम्झौता >> थारू समुदायको माघीसँगै आर्थिक वर्ष सुरु >> नेपाल नबन्नुको कारण >> शितलहरले दाउन्ने सडक खण्ड अवरुद्ध >> सरकारको असफल कुटनीति विपिन जोशी रिहाईमा किन पुगेन दबाब ? >> प्रदेशमा यातायात व्यवस्थामा विकेन्द्रीकरण >> प्रहरीकै सहयोगमा चीनको लसुन भारत तस्करी ! >> पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : तराईमा हुस्सु, केही स्थानमा हिमपात >> गैंडहवाले दियो विद्यालयमा जाडो बिदा >> जाडोबाट बचाउन सियारीले गर्यो वडाबासीलाई ब्लाङ्केट वितरण >> बाणगंगाको कार्यपालिका बैठकः विकास रणनीति र योजनाबारे छलफल >> सातौँ संस्करणको मेयर कप फुटबलको  उपाधि वडा नं. १३ लाई >> चैतन्य एकेडेमीको तेस्रो शाखा बुटवलमा >> गोर्खा ब्वाईज अन्तिम आठमा >> प्रचण्डले भने– एमाले बुर्जुवा, माओवादी क्रान्तिकारी >> पार्टीभित्र कुनै पूर्वसमूहहरु छैनन्, सबै एमाले हुन् : ओली >> साई ग्लोबल कपमा प्यारामाउण्ट र रुपन्देही क्याम्पस विजयी >> कञ्चनमा किशोरीलाई आत्मरक्षा तालिम >> प्रतिकुल मौसमले दोस्रो खेल स्थगित >> पथरीको जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने भीम पौडेलको योजना असफल >> नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा >> सेयर बजारको वृद्धिमा निरन्तरता, नेप्से २६४६ मा पुग्यो >> १८ ठेकेदार कम्पनीलाई ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन >> नेपालमा २१ दिनमा ४ म्याग्निच्युडमाथिका ११ भूकम्पको धक्का >> ललितपुरको सातदोबाटोमा अवैध कल सेन्टरमा जुवा खेलाउँदै ,५३ जना पक्राउ >> बारका अध्यक्ष घिमिरेलाई अदालतविरुद्धको अभिव्यक्तिको प्रमाण पेश गर्न सर्वोच्चको आदेश >> भुकम्प अपडेटः तिब्बतमा गएको भूकम्पमा ९५ जनाको मृत्यु, १३० जना घाइते >> चीनमा भूकम्पपछि सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द >> प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउन सांसद सुवालको माग >> अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार कार्य अगाडि बढ्ने >> अमेरिकामा हिमआँधी र चिसोका कारण पाँच जनाको ज्यान गयो >> एन्फा महिला लिग: दोस्रो चरणमा आज बाग्मती युथ र नेपाल पुलिस क्लब भिड्ने >> राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाई बल्ल दिइयो जानकारी >> काठमाडौंमा भूकम्पको धक्काले एक व्यक्तिले घरको छतबाट हाम फाल्दा घाइते, बारामा विद्यार्थी बेहोस >> आज बिहानको भूकम्पबाट क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरी परिचालित >> गैरआवासीय नेपाली नागरिकताको सम्बोधन हिउँदे अधिवेशनले गर्छ: गृहमन्त्री >> एमाले केन्द्रीय समिति बैठक सुरू >> प्रि ओपन सेसनमा नेप्से सूचकमा वृद्धि >> प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान >> गौरको बाणेश्वर मन्दिरमा भेटिए बुद्धकालीन अवशेष, दुर्लभ अंगूठा छाप इँटा फेला >> माओवादी केन्द्रीय समिति बैठक सुरू, १०० जना सदस्यले धारणा राख्दै >> सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो >> अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो >> तिब्बत भूकम्प अपडेट: कम्तीमा ३६ जनाको मृत्यु >> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर >> सामसङद्वारा एआई वासींग मेसिन सार्वजनिक >> बढ्दो अनलाईन ठगीविरुद्ध होसियारी >> भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

लुम्बिनीमा सरकारी सवारी साधनमाथि ‘डिजिटल निगरानी’

२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

दाङ-

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहेका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका सरकारी सवारी साधनको डिजिटल निगरानी गरिने भएको छ ।

अव चार पांग्रे सरकारी सवारी साधनमा जिपिएस जडान गरेर निगरानी गरिने भएको हो । सवारी साधनको विद्युतीय निगरानी गर्ने उद्देश्यले अनिवार्य रुपमा सवारी साधनमा जिपिएस जडान गर्ने निर्णय गरिएको र कार्यान्वयनमा ल्याउन मातहतका निकायमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री खेमबहादुर सारुले वर्तमान लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय समेतको नीति, सुशासन, भ्रष्टाचार न्यूनीकरण, नागरिकप्रति जवाफदेहिताको प्रमुख जिम्मेवारी र दायित्व, नेतृत्वदायी भूमिकामा रहेका जनप्रतिनिधि र कार्यालय प्रमुखहरुबाट हुनुपर्छ भन्ने धारणा अनुरुप जिपिएस जडानकाे व्यवस्था गरिएको बताए ।

`हाम्रा कार्यालय प्रमुखहरु, जिम्मेवार व्यक्तिहरु नियमित कार्यालयमा रहने, पुरा समय बस्ने र सेवा प्रवाहलाई चुस्त बनाउन प्रेरित गर्न यसखाले निर्णय गरेका हौं’मन्त्री सारुले भने,‘प्रमुख व्यक्तिहरुनै नियममा बाँधिने, जनताप्रति उत्तरदायि हुने हो भने धेरै समस्या आफै समाधान भएर जान्छन । हामिले नागरिकमा सुशासनको प्रत्याभूति दिलाउन यसखाले सुधारको कामलाई प्राथमिकतामा राखेका हौं ।’

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको आर्थिक बर्ष २०८०/०८१ को प्रादेशिक समिक्षा कार्यक्रममा जारी घोषणपत्रमा कार्यालयमा रहेका सरकारी सवारी साधनको विद्युतिय निगरानीको व्यवस्था मिलाउने उल्लेख थियो । त्यो घोषणपत्र कार्यान्वयन गर्न सरकारी साधनमा अनिवार्य जिपिएस जडान गर्न मातहतका निकायमा पत्राचार गरिएको स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले बताए ।

मन्त्रालयले स्वास्थ्य निर्देशनालय, प्रादेशिक आपुर्ति व्यवस्था केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालिम केन्द्र, १४ वटा अस्पताल, १२ वटा स्वास्थ्य कार्यालयहरु, प्रादेशिक आयूर्वेद चिकित्सालय, लुम्बिनी प्रदेश आयूर्वेद चिकित्सालयलका सरकारी सावारी साधनमा जिपिएस जडान गर्न थालिएको हो । करिब ४० वटा सरकारी चार पांग्रे सवारी साधन स्वास्थ्य मन्त्रालय मातहतका कार्यालयमा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?