ट्रेंडिंग:

>> सहकारी ठगी प्रकरणमा फरार अञ्जला कोइराला अदालतमा हाजिर >> प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो >> जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान >> नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा >> अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको स्थापना >> पहिलो त्रैमासको आर्थिक वृद्धिदर करिब साढे तीन प्रतिशत >> लमही खानेपानी निर्वाचनः ९ पदमा ३० जनाको भिडन्त >> एसियन थाईफूड र बुटवलको एडमण्ड सिटि अस्पताल बीच उपचारमा सम्झौता >> थारू समुदायको माघीसँगै आर्थिक वर्ष सुरु >> नेपाल नबन्नुको कारण >> शितलहरले दाउन्ने सडक खण्ड अवरुद्ध >> सरकारको असफल कुटनीति विपिन जोशी रिहाईमा किन पुगेन दबाब ? >> प्रदेशमा यातायात व्यवस्थामा विकेन्द्रीकरण >> प्रहरीकै सहयोगमा चीनको लसुन भारत तस्करी ! >> पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : तराईमा हुस्सु, केही स्थानमा हिमपात >> गैंडहवाले दियो विद्यालयमा जाडो बिदा >> जाडोबाट बचाउन सियारीले गर्यो वडाबासीलाई ब्लाङ्केट वितरण >> बाणगंगाको कार्यपालिका बैठकः विकास रणनीति र योजनाबारे छलफल >> सातौँ संस्करणको मेयर कप फुटबलको  उपाधि वडा नं. १३ लाई >> चैतन्य एकेडेमीको तेस्रो शाखा बुटवलमा >> गोर्खा ब्वाईज अन्तिम आठमा >> प्रचण्डले भने– एमाले बुर्जुवा, माओवादी क्रान्तिकारी >> पार्टीभित्र कुनै पूर्वसमूहहरु छैनन्, सबै एमाले हुन् : ओली >> साई ग्लोबल कपमा प्यारामाउण्ट र रुपन्देही क्याम्पस विजयी >> कञ्चनमा किशोरीलाई आत्मरक्षा तालिम >> प्रतिकुल मौसमले दोस्रो खेल स्थगित >> पथरीको जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने भीम पौडेलको योजना असफल >> नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा >> सेयर बजारको वृद्धिमा निरन्तरता, नेप्से २६४६ मा पुग्यो >> १८ ठेकेदार कम्पनीलाई ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन >> नेपालमा २१ दिनमा ४ म्याग्निच्युडमाथिका ११ भूकम्पको धक्का >> ललितपुरको सातदोबाटोमा अवैध कल सेन्टरमा जुवा खेलाउँदै ,५३ जना पक्राउ >> बारका अध्यक्ष घिमिरेलाई अदालतविरुद्धको अभिव्यक्तिको प्रमाण पेश गर्न सर्वोच्चको आदेश >> भुकम्प अपडेटः तिब्बतमा गएको भूकम्पमा ९५ जनाको मृत्यु, १३० जना घाइते >> चीनमा भूकम्पपछि सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द >> प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउन सांसद सुवालको माग >> अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार कार्य अगाडि बढ्ने >> अमेरिकामा हिमआँधी र चिसोका कारण पाँच जनाको ज्यान गयो >> एन्फा महिला लिग: दोस्रो चरणमा आज बाग्मती युथ र नेपाल पुलिस क्लब भिड्ने >> राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाई बल्ल दिइयो जानकारी >> काठमाडौंमा भूकम्पको धक्काले एक व्यक्तिले घरको छतबाट हाम फाल्दा घाइते, बारामा विद्यार्थी बेहोस >> आज बिहानको भूकम्पबाट क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरी परिचालित >> गैरआवासीय नेपाली नागरिकताको सम्बोधन हिउँदे अधिवेशनले गर्छ: गृहमन्त्री >> एमाले केन्द्रीय समिति बैठक सुरू >> प्रि ओपन सेसनमा नेप्से सूचकमा वृद्धि >> प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान >> गौरको बाणेश्वर मन्दिरमा भेटिए बुद्धकालीन अवशेष, दुर्लभ अंगूठा छाप इँटा फेला >> माओवादी केन्द्रीय समिति बैठक सुरू, १०० जना सदस्यले धारणा राख्दै >> सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो >> अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

बढ्दो अनलाईन ठगीविरुद्ध होसियारी

२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पछिल्लोसमय विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । सीआईबीले भनेजस्तै अहिले ठगहरूले अनलाईनलाई ठगीको माध्यम बनाएका छन् । फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमेल लगायतबाट फोन गरी डिजिटल वालेट तथा बैक तथा वित्तीय संस्थाबाट बोलेको भन्दै धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गरिएको पाइएको छ । यो क्रम हरेक दिन बढिरहेको छ । ठगीमा परेका नागरिकले दिनहुँ प्रहरीकोमा ठगीका उजुरी लिएर जाने गरेको तथ्याँकले यो समस्या पछिल्लोसमय गंभीर बन्दै गएको देखिएको छ । सीआईबीले ईसेवा, खल्तीजस्ता वालेट, बैङ्क तथा वित्तीय संस्थाको लोगोसमेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटकपटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईंको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटीपी माग गर्ने क्रम बढेको जनाएको छ । त्यसविरुद्ध सावधानी अपनाउन सीआईबीले गरेको अनुरोध मनन गर्नु जरुरी छ । होइन भने सानो असावधानीले क्षणभरमा ठगिने अवस्था उत्पन्न हुनेछ । त्यसैगरी अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने अवस्थासमेत रहेको देखिएको हुँदा आम नागरिकले विद्युतीय कारोबार गर्दा सावधानी अपनाउनु पर्ने आवश्यक देखिएको छ ।
पछिल्लोसमय सामाजिक सञ्जालका प्रयोगकर्ताहरू अधिक हुँदै गएका छन् । र, यसमार्फत ठगीका घटनापनि बढिरहेका छन । सामाजिक सञ्जालको प्रयोग बढेसँगै पछिल्लोसमय यसबाट पीडा भोग्नेहरूको संख्या पनि बढ्दै गएको देखिएको छ । प्रहरीको तथ्याँक अनुसार पछिल्लोसमय फेसबुक म्यासेन्जरबाट सबैभन्दा बढी ६२ दशमलव ३ प्रतिशत मानिस ठगीमा पर्ने गरेको देखिएको छ । त्यस्तै, फेसबुकबाट ६१ दशमलव २ प्रतिशत ठगी तथा हिंसा हुने गरेको छ । सामाजिक सञ्जाल ट्विटरबाट १५ दशमलव ३ प्रतिशत र ह्वाट्सएपमा १२ दशमलव ८ प्रतिशत अनि भाइबरमा ११ दशमलव ७ प्रतिशत हिंसाजन्य ठगीका घटना भैरहेको छ । यसैगरी इमेलमार्फत ६ प्रतिशत र इन्स्टाग्राममार्फत ४ दशमलव ६ प्रतिशत हिंसा हुने गरेको छ । आमसञ्चार माध्यम प्रयोगमा नागरिक सचेत नहुने हो भने एकै मिनेटमा बैंकमा भएको पैसा स्वाहा मात्रै होइन, ठगीका नयाँ नयाँ उपाय प्रयोग गरिँदा ठूलो समस्या भएको छ । एकै व्यक्तिले फरक–फरक सामाजिक सञ्जाल प्रयोग गरेर ठगीका घटनामा संलग्न हुने गरेको देखिएको छ । ठगीमात्रै होइन, सामाजिक सञ्जालहरूको प्रयोगका माध्यमबाट हिंसाका घटनामा समेत बृद्धि भएको छ । सामाजिक सञ्जालको प्रयोगमा अपनाउनुपर्ने सुरक्षा तथा सावधानीको ज्ञान नहुँदा डिजिटल ठगीमा पर्नु अर्को चुनौती रहेको छ । हिंसाबाट सुरक्षित हुनका लागि प्रविधिसम्बन्धी शिक्षा आवश्यक छ । आगामी दिनमा यस प्रकारका ठगी र हिंसाका घटना न्यूनिकरण गर्न आम नागरिकमा खबरदारी जरुरी छ । प्रहरीको साईबर ब्यूरोले सामाजिक सञ्जालमार्फत हुने ठगी र हिंसाजन्य घटनाका बिषयमा सामाजिक सञ्जालमै सचेतनामूलक अभियान सञ्चालन गर्नु आवश्यक छ । सबै मिलेर सामाजिक सञ्जालका कारण उत्पन्न समस्या र चुनौतिको समाधानमा पहल गर्नु जरुरी छ । आगामी दिनमा राज्य, समाज र घर सबैको भूमिकालाई दृष्टिगत गर्दै यो समस्याको मिलेर समाधान खोज्नु आवश्यक छ । खासगरी शहरमा भन्दा पनि ग्रामिण क्षेत्रका नागरिकलाई ठगी र हिंसाजन्य घटनाका बिषयमा सचेत बनाउनु जरुरी छ । सामाजिक सञ्जालकै माध्यमबाट अपराधका घटनामा ठूलो बृद्धि भएको छ । प्रविधिलाई दोष दिनेभन्दा पनि यसको सही सदुपयोग गरी सञ्चालनमा जोड दिन सकियो भने बढ्दो अपराधीकरणका घटना न्यूनिकरण गर्न पुग्छ । अतः सूचना प्रविधिसम्बन्धी सचेतनाका साथै सामाजिक सञ्जालको दुरूपयोगमा नियन्त्रण गर्नुपर्ने आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?