ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

कामविहीन बन्दै कर्णालीका मिनि संसद, तीन समिति अझै नेतृत्वविहीन

२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

सुर्खेत,२२ पुस ।
कर्णालीका मिनि ससंद कामविहीन बनेका छन् । सरकारका गतिविधि माथि निगरानी राख्नुपर्ने मिनि संसद आफै निष्क्रिय जस्तै बनेका छन् । लामो समयदेखि तीनवटा समिति नेतृत्वविहीन बनेसँगै समितिले कुनै पनि काम गरिरहेको छैन ।
प्रदेश सभा अन्तर्गत चार वटा विषयगत समिति छन् । जसमा सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति, सामाजिक विकास समिति र अर्थ तथा प्राकृतिक स्रोत समिति छन् । यी मध्य तीनवटा समिति लामो समयदेखि नेतृत्वविहीन अवस्थामा छन् । प्रदेश मामिला समिति बाहेक अन्य तीन समितिमा बैशाखयता सभापति चयन गरिएको छैन ।
पछिल्लो समय प्रदेश सभा र त्यस अन्तर्गतका संसदीय समितिहरूको प्रभावकारितामाथि प्रश्न उठेको छ । सरकारले गर्ने कामकारबाहीमाथि निगरानी गर्नु, विधि, प्रक्रिया तथा जनचाहना अनुसार काम गर्न सरकारलाई निर्देशन दिनु, आवश्यक परे कारबाहीका लागि सिफारिस गर्नु लगायतको जिम्मेवारी समितिहरूलाई हुन्छ ।
‘मिनी पार्लियामेन्ट’ अर्थात् ‘संसद्को वास्तविक कार्यशाला’का रूपमा लिइने समिति आफैमा कामविहीन छन् । हरेक वर्ष आफूले गरेका गतिविधिहरूको प्रतिवेदन तयार गरेर अन्तिममा संसदमा पेस गर्ने र सांसदहरूलाई वितरण गर्नुपर्ने भएतापनि कतिपय समितिहरु प्रतिवेदन नै नबुझाएको अवस्था छ ।
प्रतिवेदन तयार गर्ने बेलामा तयार नगर्ने कतिपयले ढिला मात्र उक्त प्रतिवेदन बुझाउने गरेको प्रदेश सांसदहरुको गुनासो छ । प्रतिवेदन नपाइएको विषयमा केही महिना अघिको प्रदेशसभा बैठकमै सांसद कृष्णबहादुर जिसीले प्रश्न उठाएका थिए । सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले भने उक्त विषयप्रति आफू सचेत भएको बताए । ‘छाप्न ढिलाइ भएपछि वेबसाइटमा राखिएको छ,’ उनले भने, ‘पिजन होलमा पनि राखिदिएका छौँ ।’
। समितिमा नेतृत्वविहीन भइरहदा बैठक बस्न नसकिएको प्रदेशसभा सदस्य सन्तोषी शाहीले बताइन् । नागरिकका काम भन्दा पनि राजनीतिक भागवण्डालाई अगाडी राखेकै कारण समिति प्रभावकारी नभएको उनले बताइन् । ‘समितिमा नेतृत्व छान्दा क्षमता होइन राजनीति भागवण्डा हेरिन्छ’ उनी भन्छिन्, ‘सांसदहरु एनजिओका कार्यक्रममा सहभागी हुने मात्र काम भएको छ ।’
यता प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र रावतले सांसदहरुले प्रदेशसभा बैठकको समय बाहेक अन्य समय दिन नसकेकाले मिनि सांसदहरु प्रभावकारी हुन नसकेको बताए ।
‘सभाको बैठकको बेलामा मात्र सांसदहरु उपस्थित हुने र अन्य बेलामा आफ्नो निर्वाचन क्षेत्रमा जानुहुन्छ’ उनले भने, ‘उहाँहरुले यतातिर समय दिन नसक्दा पनि समितिको बैठक बस्न सकिरहेका छैनन् ।’ तीनवटा समितिमा सभापति चयन हुन नसकेकोले पनि बैठक बस्न समम्स्या भएको उनले बताए । माघको पहिलो हप्तासम्ममा सभापति चयन गरिसक्ने गरि अघि बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 100%

admission