काठमाडौं ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका-२ स्थित सानोठिमीमा १५ पुसको साँझ स्कुटर दुर्घटना भएको छ, जसमा चालक निश्चल प्रकाश राज भण्डारीको मृत्यु भएको छ।
दुर्घटनामा ३१ वर्षीय निश्चल र उनकी २८ वर्षीय श्रीमती पूजा श्रेष्ठ घाइते भएका थिए। उनीहरू स्कुटरमा घर फर्कदै गर्दा अचानक बाटो क्रस गर्दै गरेको कुकुरलाई जोगाउन खोज्दा स्कुटर अनियन्त्रित भएको थियो। दुर्घटनामा दुवैजना घाइते भए पछि तत्कालै प्रहरीको मद्दतले भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका लागि पठाइएका थिए।
थप उपचारका लागि १८ पुसमा दुवैलाई नर्भिक अस्पताल थापाथली पठाइएको थियो। तर, एक दिनपछि, १९ पुसको साँझ साढे ७ बजे चिकित्सकले निश्चललाई मृत घोषित गरे। उनका श्रीमती पूजा भने अझै उपचाररत छन् र उनका खुट्टामा चोट लागेको छ।
दुर्घटनाको कारणको अनुसन्धान गर्दा, पूजा श्रेष्ठले प्रहरीलाई बताएका अनुसार, दुर्घटना कुकुरलाई जोगाउन खोज्दा भएको हो। पूजाको भनाइ अनुसार, उनीहरू स्कुटरमा आफ्नै सुरमा यात्रा गर्दै थिए र दुर्घटना कसैको ठक्करको कारण नभएको स्पष्ट भएको छ।
निश्चल र पूजा झापाका भद्रपुर नगरपालिकाका उपमेयर चन्द्रा श्रेष्ठका छोराबुही रहेका छन्। परिवारका अनुसार, उनीहरू अष्ट्रेलिया जानको लागि काठमाडौं आएका थिए, तर कुकुरको कारण निश्चलको अष्ट्रेलिया जानको सपना अधुरो रह्यो।
प्रहरीले दुर्घटनामा परेको स्कुटरलाई सानोठिमी प्रभागमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ।