© २०२३
दुई चार दर्जन पक्की घर र पसल देखाएर नेपालमा धेरै नगरपालिकाहरू बनाईएको भएपनि देशमा ग्रामिण क्षेत्रहरू नै बढी छन् । यिनै गाउँहरूले अहिलेसम्म नेपालको सस्कृति, सभ्यता, मौलिकता र प्रकृति जोगाईरहेका छन् । गाउँँको रैथाने स्वाद, मौलिक संस्कृति अनि गाउँँबाट बसाई सरेर शहर र विदेश गएकाहरूको माटोप्रतिको मायाले गर्दा शहरमा गएकाहरूले घुमफिरको लागि गाउँलाई नै रोज्न थालेका छन् । घलेगाउँँ, भुजुङ, सिकलेस, घान्द्रुक, ढोरपाटन, तकसेरा, मैकोट, लुकुम जस्ता गाउँँहरू पश्चिम नेपालका पर्यटनको लागि लोकप्रिय गाउँ बनिरहेका छन् । बुटवल छेउछाउका घुमन्तेहरू माथागढ़ी, नुवाकोट, चरंगे, दोभान क्षेत्र, नरपानी छेउछाउ, स्वर्गद्वारी लगायतका क्षेत्रमा घुम्न जानेहरू भेटिन्छन् । पहाड र तराईका विभिन्न ठाउँमा रहेका होमस्टेमा पनि रात विताउन जानेहरूको कमी हुँदैन । पछिल्लो समयमा रूपन्देहीमा मत्स्य पर्यटन पनि चलेको छ । बजार छेउछाउका गाउँवस्ती, खोलानाला र वन पहाड घुम्ने र लोकल मदिरा र मासुको स्वाद लिन गाउँघर पुग्नेहरूको संख्या बढिरहेपनि त्यसबाट ग्रामिण क्षेत्रले लाभ प्राप्त गर्न सकेको छैन् । शहरी जीवन र भागदौडबाट वाक्क भएकाहरू ८÷१० घन्टा स्वच्छ र शान्त वातावरणमा रमाउन र फोटो खिचेर फेसबुकमा हाल्नको लागि मात्र गाउँँमा पुग्ने क्रम जति धेरै भएपनि गाउँँले लाभ प्राप्त गर्न सकिरहेका छैनन् । बरु घुमन्तेहरूको कारणले गाउँको साँस्कृतिक, सामाजिक, पर्यावरणीय वातावरण खलबलिदै गएको छ । सबै गाउँका आफ्नै विशेषताहरू हुन्छन् र ती विशेषताले कोहि न कोहि मानिसलाई आकर्षित गर्न सक्छन् । सबै गाउँमा पर्यटकलाई मन पर्ने कुनै न कुनै कुराहरू हुने भएपनि सबै गाउँले पर्यटकलाई बोलाएर, राखेर लाभ हासिल गर्न सक्दैनन् । पर्यटकलाई सेवा सत्कार प्रदान गरेर, पर्यटकहरूलाई राखेर, घुमाएर लाभ लिन सक्ने गाउँहरू नै पर्यटन गाउँ हुन् । प्राकृतिक पर्यटन गाउँ, साँस्कृतिक गाउँँ, मानव निर्मित पर्यटन गाउँ, मिश्रित पर्यटन गाउँ मुख्य पर्यटन गाउँँ हुन् । फरक किसिमका जैविक विविधता, प्राकृतिक अवस्था र भूबनोट भएका प्राकृतिक अवस्थाका गाउँहरू युवा पर्यटकको रोजाईमा धेरै पर्छन् । यसैगरि आफ्नै किसीमका परम्परा, चालचलन, सामाजिक व्यवहार, कला, संस्कृति भएका धार्मिक स्थलहरू भएका क्षेत्रहरू पाका पर्यटक, अनुसन्धाता र विदेशी पर्यटकको रोजाईमा पर्छन् । जानकारी लिने र सिक्ने भन्दापनि रमाईलो गर्न खोज्नेहरूले मानव निर्मित पर्यटक गाउँ र मिश्रित पर्यटक गाउँलाई रोज्ने गर्छन् । छोटो समय भ्रमण र खानपिनका लागि मानव निर्मित र मिश्रित पर्यटन गाउँले सहयोग गर्न सक्ने भएपनि दिगो पर्यटकीय लाभ लिन भने प्राकृतिक र सास्कृतिक गाउँले नै मुख्य भूमिका खेल्न सक्छन् ।
नेपालमा विदेशी पर्यटक र अनुसन्धानकर्मीहरू गाउँको भ्रमणमा जाने चलन पुरानो भएपनि सिरुबारीमा विसं २०५४ असोज २२ गतेदेखि पाहुना राख्न थालेपछि गाउँ पर्यटन शुरु भएको थियो । पछि वि.सं. २०५७ मा यसलाई नेपालकै पहिलो नमुना पर्यटन गाउँँ घोषणा गरिएको थियो । सिरुबारीमा ग्रामीण पर्यटनको अभ्यास भएको एक दशकभन्दा लामो समयपछि मात्र वि.सं २०६५ मा सरकारले ग्रामीण पर्यटन निर्देशिका जारी गरेको थियो । त्यसबेला नै ल्याईएको राष्ट्रिय पर्यटन नीति २०६५ ले पर्यटन गाउँको बारेमा उल्लेख गरेको छैन । तर, ग्रामिण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाउने नीति समावेश गरिएको छ । सरकारले ग्रामिण पर्यटन उद्योग प्रवद्र्धनका लागि २० वटा कार्यनीतिहरू निर्धारण गरेको छ । ग्रामीण पर्यटनलाई गरिबी निबारणसँग आवद्ध गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनलाई पर्यटन प्रबद्र्धनसँग आबद्ध गरी पर्यटनबाट प्राप्त लाभ स्थानीय समुदायसम्म पु¥याउने, समुदायमा स्थापित आदिवासी जनजातिको परम्परागत ज्ञानमा आधारित सम्पदाहरूको संरक्षण गरी पर्यटन विकास एवं प्रवद्र्धनमा आवद्ध गराउने, स्थानीय समुदायहरूद्वारा उत्पादित मौलिक र परम्परागत हस्तकला तथा अन्य उपहार सामग्रीको विक्री वितरणको लागि बजार व्यवस्थापनको उचित प्रबन्ध जस्ता कार्यनीतिहरू बनाएर राष्ट्रिय पर्यटन नीतिले ग्रामिण पर्यटनलाई ग्रामिण क्षेत्रमा स्वरोजगार र आम्दानीका अवसरहरू प्रदान गर्ने सोच राखेको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु तर्फ आकर्षित पर्यटकलाई पर्या–पर्यटन, ग्रामीण पर्यटनसँग आवद्ध गराई उच्च आय वर्गका पर्यटकलाई ग्रामिण पर्यटनतर्फ आकर्षित गराउनका लागि आवश्यक प्याकेज बनाउन पर्यटन व्यवसायीलाई प्रोत्साहन दिइने कुराहरू पर्यटन नीतिमा समेटिएका छन् ।
ग्रामिण पर्यटनमा स्वदेशी र विदेशी पर्यटकको रुची बढेपछी त्यसलाई व्यवस्थित गरि पर्यटकीय लाभ प्राप्त गर्नको लागि नेपाल सरकारले वि.स. २०७७ मा पर्यटन गाउँ छनौट, विकास तथा व्यवस्थापन कार्यविधि २०७७ ल्याएको थियो । नेपालमा ग्रामिण क्षेत्रमा पर्यटनका क्रियाकलापको रूपमा ट्रेकिङ, जंगल सफारी, साहसिक पर्यटन, जंगली जनावर तथा चरा अवलोकन, प्राकृतिक रमणीय दृष्यावलोकन, स्थानीय संस्कृतिको अवलोकन, अध्ययन जस्ता प्राकृतिक, कृषि तथा घरेलु उद्यम, खानपान, ग्रामिण जीवनशैली, संस्कृति, भाषा, भेषभुषा, सीप र परम्परा जस्ता उद्यम तथा सांस्कृतिक विविधतामा आधारित पर्यटनको लाभ स्थानीय तहसम्म पु¥याउन यो कार्यविधि ल्याईएको हो । यो निर्देशिकाले पर्यटन गाउँ हुनको लागि के के पूर्वाधार हुनुपर्छ ? पर्यटन गाउँ घोषणा कसरी गर्ने ? घोषणा गरिएपछि पर्यटकीय गाउँलाई कसरी अनुदान प्राप्त गर्ने ? पर्यटन गाउँ संचालन र व्यवस्थापन कसरी र कसले गर्ने भन्ने स्पष्ट पारिएको छ । अहिले गण्डकी प्रदेशमा चर्चामा आएका पर्यटन गाउँलाई यहि मापदण्ड अनुसार व्यवस्थापन गर्न थालिएको छ तर लुम्बिनी प्रदेशका पर्यटकको रोजाईमा परेका गाउँहरूले अहिलेसम्म पर्यटन गाउँका मान्यता पाउन सकेका छैनन् ।
लुम्बिनी प्रदेशको भौगोलिक विविधता, सांस्कृतिक विविधता र आर्थिक व्यवस्थाको कारणले यस प्रदेशमा धेरै सुन्दर र भ्रमणयोग्य गाउँहरू रहेका छन् । यस्ता गाउँमा पर्यटकलाई पु¥याएर पर्यटकीय लाभ लिन प्रदेश सरकारले स्थापना कालदेखि नै ग्रामिण पर्यटनलाई प्रवद्र्धन गर्न खोजिरहेको पाइन्छ । होमस्टे संचालन गर्ने, होमस्टेलाई स्थानीय संस्कृति, भेषभूषा, मौलिकता र परम्परागत पेशा, अर्गानिक तथा घरेलु उत्पादनसँग आबद्ध गर्ने गरि लुम्बिनी प्रदेश सरकारले वर्षेनी नयाँ नयाँ कार्यक्रमहरू अघि सारिरहेको छ । आ.ब. २०७९/८० को बजेट बक्तव्यमा एक जिल्ला एक साँस्कृतिक ग्रामको अवधारणा अघि सारेर बजेट विनियोजन गरिएको थियो भने ग्रामिण पर्यटन प्रवद्र्धनका लागि होमस्टे संचालकको क्षमता विकासका कार्यक्रम अघि सारिएको थियो । आ.ब २०८०/८१ को बजेटले विभिन्न पर्यटकीय गाउँलाई समेत जोड्ने गरि पर्यटकीय सर्किट विकासलाई बजेट छुट्याएको थियो । संस्कृति जोगाऔँः सांस्कृतिक सम्पदा बेचौं भन्ने नारा अघि सारेको यो बजेटले रैथाने स्वादको प्रवद्र्धन गरि पर्यटकीय लाभ लिने कुरा अघि सारेको थियो । चालु आ.ब.मा लुम्बिनी प्रदेश सरकारले ब्याक टु कल्चर, ब्याक टु नेचर भन्ने नारा अघि सारेर पर्यटकलाई गाउँतर आकर्षित गर्ने योजना बुनेको छ । तर, अहिलेसम्म पर्यटन नीति समेत बनाउन नसकेको लुम्बिनी सरकारले हरेक वर्ष नयाँ नयाँ नारा ल्याउने, नयाँ नयाँ क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने भन्दै घोषणा गर्ने तर घोषित कार्यक्रम बिचमा तुहाउने प्रवृतिले गर्दा अहिलेसम्म यस प्रदेशका पर्यटन गाउँका खाका तयार हन सकेका छैनन् र पर्यटक घुम्न जाने, बस्ने र कह्र्च गर्ने पर्यटन गाउँ तयार हुन् सकेका छैनन् ।
कसरी फाईदा लिन सकिन्छ ?
गाउँ पर्यटन मौलिकताको स्वाद लिनको लागि गरिने सरल पर्यटन हो । यसले संस्कृति, प्रकृति र ऐतिहासिकता बुझ्न र रमाउन मद्दत गर्छ । गाउँलाई मौलिक स्वरूपमा राखेर तथा गाउँकै उत्पादन र सत्कार पस्केर मात्र गाउँ पर्यटनबाट पर्यटक र गाउँले लाभ लिन सक्छन् । अहिले गाउँमा पर्यटकको सुविधालाई भन्दै आधुनिक होटेल जस्ता संरचनाहरू निर्माण गर्ने, पर्यटकलाई बाहिरबाट ल्याईएका उत्पादनहरूले सेवा सत्कार गर्ने, पर्यटकलाई बाहिरका उत्पादन बेच्ने प्रवृति बढ्दो छ । ऐतिहासिकता र मौलिकता मासेर गाउँका पुरातात्विक, साँस्कृतिक र ऐतिहासिक स्थानहरूको पुनर्निर्माण गर्ने, पार्क बनाउने, गाउँको सुन्दरता मासिने गरि सडक निर्माण गर्नेे जस्ता प्रवृति बढ्दो छ, जसले गर्दा गाउँको मौलिकता समेत गुम्दै गएको छ । जसरी शहरका होटेलमा बसेर गाउँमा पुगेर फोटो खिचाएर साँझ बास बस्न शहरमै फर्केर पर्यटकले गाउँ पर्यटनको स्वाद लिन सक्दैन, त्यसैगरी बाहिरी उत्पादन पर्यटकलाई बेचेर गाउँले लाभ लिन सक्दैन । गाउँ पर्यटनबाट लाभ लिनको लागि ग्रामिण क्षेत्रमै उत्पादन हुने सामाग्रीहरूको प्रयोग गरेर पर्यटकीय सेवा सत्कार पु¥याउने कुरामा ध्यान दिनुपर्छ । विभिन्न विशेषताहरू युक्त गाउँहरूलाई पदमार्गले जोडेर पर्यटकीय गाउँ सर्किट तयार गर्ने, स्थानीय वन समूहहरूसंग समन्वय गरेर पर्यापर्यटनको अवसर प्रदान गर्ने, गाउँ र सेरोफेरोको बारेमा जानकारी दिने स्थानीय पर्यटन गाईड तयार गर्ने, पर्यटकीय गाउँहरूको बारेमा सुचना दिनको लागि ग्रामिण पर्यटन सूचना केन्द्र संचालन गर्ने, गाउँका मेला पर्वहरूको प्रवद्र्धन गरी त्यस्ता अवसरमा पर्यटकलाई सहभागी गराउनको लागि ब्यापक प्रचारप्रसार गर्ने जस्ता कामहरू स्थानीय सरकार, गाउँले, टुर अपरेटर र प्रदेश सरकारले गर्ने हो भने पर्यटक आगमन दर बढाउने, पर्यटकको बसाई लम्ब्याउने र पर्यटकले गर्ने खर्च बढाएर लाभ लिन सकिन्छ । अहिले गाउँतपÞर्m जाँदै गएका पर्यटकलाई मासु, मदिरा, चाउचाउ खुवाएर वा २-४ घण्टा घुमाएर लाभ लिएको मानिरहने हो भने न त पर्यटकले न गाउँ पर्यटनको स्वाद लिन पाउँछन्, न त गाउँको मौलिकता नै जोगिन सक्नेछ ।