© २०२३
न्युयोर्क, २२ पुस।
अमेरिकामा आइतबारदेखि आएको भीषण हिम आँधीका कारण सात राज्यहरूमा उच्च सतर्कता घोषणा गरिएको छ। यस हिम तूफानलाई पछिल्लो दश वर्षको सबैभन्दा खराब हिमपातका रूपमा अनुमान गरिएको छ। यस कारण केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, मिसौरी, र फ्लोरिडा जस्ता राज्यहरूमा विशेष सतर्कता जारी गरिएको हो।
अमेरिकाको राष्ट्रिय मौसम बिभागले यस आँधीले ६ करोड भन्दा बढी मानिसको जनजीवनमा प्रत्यक्ष असर पुर्याउन सक्ने चेतावनी दिएको छ। सामान्यतया न्यानो मौसम हुने फ्लोरिडामा समेत भारी हिमपात भइरहेको छ।
कन्सास र मिसौरी राज्यका लागि विशेष चेतावनी जारी गरिएको छ। यहाँका धेरै क्षेत्रमा ८ इन्चसम्म हिमपातको सम्भावना रहेको छ भने ७२ किलोमिटर प्रतिघण्टाको हावाको गति पनि चलिरहेको छ।
यो हिम तूफानको मुख्य कारण ध्रुवीय भोर्टेक्स रहेको छ। यस प्रकारका भोर्टेक्सहरू सामान्यतया उत्तरी ध्रुव वरिपरि घुमिरहन्छन्, तर जब यी दक्षिणतिर सर्छन्, तब यसले अमेरिका, युरोप र एसियामा चिसो ल्याउँछ। मौसम विज्ञहरूले भविष्यवाणी गरेका छन् कि यो चिसो हावा युरोप र एसियामा पनि असर पुर्याउनेछ।