Butwal Today

खाना पकाउने ग्यास चुहिएर आगलागी, पर्वतमा वृद्धाको ज्यान गयो

२१ पुष २०८१, आइतबार
अ+
अ-

पर्वत ।

पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको ज्यान गएको छ।

पीपलटारीका ध्रुव रेग्मीको घरमा आज बिहान ग्यास फेर्ने क्रममा ग्यास चुहिएर एक्कासी आगलागी भएको थियो। मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा जानुभएको थियो।

आगलागीबाट घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका छन्। घटनापछि सदरमुकाम कुश्माबाट प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाएको बताइएको छ।