© २०२३
काठमाण्डौ ।
आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले घटेर एक लाख ५२ हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रवारको तुलनामा आज सुनको भाउ घटेको हो। यद्यपि, चाँदीको मूल्य भने तोलामा एक हजार आठ सय १० रुपैयाँमा स्थिर रहेको छ।
सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २७ प्रतिशतले बढेको छ, जुन सन् २०१० यताको सबैभन्दा ठूलो वृद्धि हो। लगानीसम्बन्धी अन्तर्राष्ट्रिय संचारमाध्यम इन्भेस्टिङ डटकमका अनुसार, यस वर्षको मूल्यवृद्धि विश्वभरिका लगानीकर्ताहरूका लागि सुनलाई सुरक्षित लगानीको विकल्पको रूपमा आकर्षक बनाएको छ।
नेपालको बजारमा पनि अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको आधारमा मूल्य समायोजन भएको छ, जसका कारण २०२४ मा नेपाली बजारमा सुनको मूल्य २५ प्रतिशतले बढेको छ। यो वृद्धि सरकारको निर्णयसँग पनि सम्बन्धित छ, जसले सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ।
विश्लेषकहरूले अनुमान गरेका छन् कि सन् २०२५ मा पनि सुनको मूल्यवृद्धि जारी रहनेछ। अमेरिकामा घट्दो ब्याज दरको असरले सुनको मूल्यमा थप वृद्धि हुन सक्छ।