© २०२३
बर्दिया, २२ पुस ।
थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यका साथ बढैयाताल गाउँपालिका ५ मा यही माघ १ र २ गते दोस्रो माघ मिलन कार्यक्रम हुने भएको छ ।
थारु समुदायको महान पर्व माघको अवसरमा बढैयाताल गाँउपालिका ५ मा माघ मिलन कार्यक्रम हुने भएको हो । बढैयाताल गाउँपालिका वडा नं ५ को आयोजनामा हुने माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । माघ मिलन कार्यक्रममा १५ बढी गाउँका विभिन्न खालका थारु संस्कृति झल्कने नृत्य (मघौटा, हुरदुङ्ग्वा, छोक्रा, डफ, लठ्ठहवा, झुम्रा) लगायतका नृत्य हुने बढैयाताल गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष तुलाराम थारूले बताए ।
माघ मिलन कार्यक्रममा थारु परिकार (ढिक्री, माछा, घोघी, खुर्सानीको चट्नी, बंगुरको मासु, जाँड) को स्वाद लिन सकिने कार्यक्रमका संयोजक राकेश थारूले बताए । माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानीय थारु कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने उनले जानकारी दिए । माघ मिलन कार्यक्रममा थारु समुदायमा योगदान पुर्याएका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, बुद्धिजिवी, शिक्षक, पत्रकार, खेलाडी, कर्मचारी लगायतको उपस्थिति समेत रहने संयोजक थारुले वताए । कार्यक्रम अवधिभर बढैयातालको अवलोकन गराइने छ ।