© २०२३
बुटवल,२३ कात्तिक । मोरङ ३ नम्बर क्षेत्र अन्तर्गत प्रदेश सभा (१) का उम्मेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको डेंगुका कारण निधन भएको छ।
मनोनयनकै दिनदेखि बिरामी परेका उनी नोबेल मेडिकल कलेजमा उपचारत् थिए। बुधबार बिहान १०.३० बजे उनको निधन भएको नोबेल अस्पतालले पुष्टी गरेको छ ।
मंगलबार राति १०. ३० बजे अचानक स्वास्थ्यमा जटिलता आएपछि उनलाई आईसीयूमा राखिएको थियो।
असोज २३ गते उम्मेद्वारी दर्ता गराउँदा देखि नै बिरामी रहेका उनी असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना भएका थिए।
२०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन्ट भएर काम गरेका थापा लाई उनको निर्वाचन क्षेत्रमा आदर्शवान नेताको रुपमा सर्वसाधरणले लिने गर्दछन्।
थापाका श्रीमती र एक छोरा छन्।