ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

दलीय निरंकुशता तोड्नुपर्छ : चापागाई

२० कार्तिक २०७९, आईतवार
२० कार्तिक २०७९, आईतवार
  • देवदह,२० कात्तिक । रुपन्देही क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईले दलहरुमा निरंकुशता हावी भएको बताएका छन् । आइतबार देवदहमा पत्रकार सम्मेलन गर्दै उनले ठूला दलहरुमा सीमित नेताको निरंकुशता हावी भएकाले त्यसलाई तोड्न आफू पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेको उनले दावी गरे । चापागाई स्थानीय चुनावसम्म नेकपा एमाले देवदह नगर कमिटी अध्यक्ष थिए । आफू स्वतन्त्र भएपनि माओवादी कांग्रेस लगायत दलका समर्थकको साथ पाएकाले चुनाव जित्ने चापागाईले दावी गरे ।
    पत्रकार सम्मेलनमा चापागाईले ४० बुंदे प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र मन नपरेका उम्मेदवारलाई नो भोट वा रि कलको व्यवस्था गर्न संविधान संशोधन गर्नुपर्ने,राजनैतिक पदमा एक व्यक्ति १० वर्ष भन्दा धेरै बस्न नपाउने, पदमा वहाल नहुंदा राज्यबाट सेवा सुविधा पाउने व्यवस्था खारेज गर्न नीति र कानून बनाउन भूमिका खेल्ने चापागाईले बताए ।
    चापागाईले ठूला नेतालाई मात्र मिडियाले हेविवेट भनेर प्रचार गरिदिंदा आफूहरुमाथि विभेद भएको गुनासो समेत गरे । यो क्षेत्रमा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा र एमाले छाडेका घनश्याम भुसाल सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार छन् ।
    उनले घनश्याम भुसालले टिकट नपाएपछि पार्टी छाडेर स्वतन्त्र भन्दै हिंडेपनि उनी सत्ता गठबन्धनको उम्मेदवार भएको बताए । ‘रुपन्देही १ मा खास स्वतन्त्र म हुं माओवादी र कांग्रेसको उम्मेदवार नै छैन, एमालेको आफ्नै उम्मेदवार छन्’–चापागईले भने । विगतमा आफूले घनश्याम भुसाल र अन्य नेतालाई पनि बोकेर हिंडेको तर भनेका कुरा पूरा नगरेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?