ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

प्यूठानमा सूर्य थापा र दुर्गा पौडेल : कसको पल्ला भारी ?

२० कार्तिक २०७९, आईतवार
२० कार्तिक २०७९, आईतवार

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा एक क्षेत्रमात्रै रहेको प्यूठानमा नेकपा एमालेबाट सूर्य थापा र गठबन्धन दलका तर्फबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलबीच प्रतिष्पर्धा हुँदैछ । नेकपा एमालेका पोलिटव्युरो सदस्य एबम् प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा यतिवेला चुनावी मैदानमा छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा थापा पहिलोपटक प्यूठानी जनतामाझ परिक्षण हुदैछन् । दुर्गा पौडेल भने दोश्रोपटक निर्वाचित हुने अपेक्षाका साथ निर्वाचनमा केन्द्रित छिन । बुबा खेतबहादुर थापा र माता खिमाकुमारी थापाको कोखवाट बि.स.२०३१ साल साउन ८ गते झिमरुक गाँउपालिका १् प्यूठानको सौतामारे, काभ्रेखोला भन्ने ठाउँमा जन्मिएका थापा राजनीति, पत्रकारिता, समाजसेवा र नेकपा एमाले भित्रका निकै नै प्रभावशाली नेताको रुपमा सुपरिचित छन् । समाजशास्त्रमा डिग्री पास गरिसकेका थापा कानुनका जानकार बिद्यार्थी पनि हुन् । सूर्य थापाको बिश्वमा राजतन्त्रः उत्थान, पतन र भविष्य अन्तर्गत राजनितिक इतिहासको पहिलो कृति नवयुगले २०६० सालमा प्रकाशनमा ल्याएको थियो । त्यतिवेला नेपालमा दरवारकाण्ड पछि पूर्वराजा ज्ञानेन्द्रको निरङकुुस राजतन्त्रप्रतिको मोह बढ्दै थियो । नेपालमा पूर्वराजा ज्ञानेन्द्रको कार्यशैली प्रति आमनागरिकहरु तिव्र असन्तुष्टि भईरहेको वेला नेपालमा राजतन्त्र र दलहरुवीचको संघर्ष भन्ने राजनीतिक इतिहास अन्र्तगत दोस्रो कृतिले पनि नेपालमा २०६२ र २०६३ को जनआन्दोलन वखत चर्चा पाएको थियो । सुर्य थापा आफैमा क्षमतावान व्यक्ति हुन् । समय सन्दर्भ, युग र परिवेश अनुसार लेख तथा पुस्तकहरु लेख्नसक्ने खुवी भएकोले पनि थापाका दर्जनौं राजनिति घटनाक्रममा आधारित पुस्तकहरु बजारमा पाईन्छन् ।
नेकपा एमालेको सरकारमा रहदा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकार, पूर्व प्रधानमन्त्री केपी शर्माको प्रेस सल्लाहकार लगायत नेकपा एमालेको महत्वपूर्ण विभाग तथा अन्य जिम्मेवारी पदमा बसेर आफ्नो भूमिका र कार्यकौशलता समेत देखाईसकेका छन् । झण्डै दर्जनौ देशको भ्रमण तथा यात्रा गरिसकेका थापाले राज्यस्तरवाट बिभिन्न मान सम्मान पनि प्राप्त गरिसकेका छन् । आफ्नो पार्टी सरकारमा वा सरकार बाहिर रहँदापनि राष्ट्रिय राजनीतिमा ख्याति कमाएका अग्रपंक्तिका शिर्ष नेताहरुसँग सूर्य थापाको राम्रो सम्बन्ध र चिनजान छ । हाल प्यूठान जिल्लामा रहेका ९ वटा स्थानिय तह अन्तर्गत ७ वटा गाउँपालिका र २ वटा नगरपालिका छन् । जिल्ला निर्वाचन कार्यालय प्यूठानको तथ्यांक अनुसार जिल्लामा ७७,७६९ पुरुष मतदाता, ८१,९९० महिला मतदाता र अन्यमा १ जना गरी जम्माजम्मी १ लाख ५९ हजार ७ सय ६० मतदाता संख्या रहेको छ र गएको स्थानिय तहको निर्वाचनमा प्यूठानमा ६४.८३ प्रतिशत मत खसेको थियो । देशले नयाँ संबिधान–२०७२ जारी गरेपछि भएको पहिलो स्थानिय तहको निर्वाचन–२०७४ मार्फत प्यूठानमा नेकपा एमाले पहिलो दल बनेको थियो भने हालै सम्पन्न स्थानिय तहको निर्वाचन –२०७९ मा पनि जिल्लामा नेकपा एमाले पहिलो दल, दोस्रो दल नेपाली कांग्रेस, तेस्रो दल नेकपा (माओवादी केन्द्र) र चोथो दल राष्ट्रिय जनमोर्चा बनेको थियो ।
गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा नौ वटामध्ये दुईवटा गाउँपालिका प्रमुख र उपप्रमुख र ६४ वटामध्ये २० वटा वडामा एमालेले एक्लै जित हासिल गरेको थियो । एमाले एक्लै र अन्य दलहरुवीच जिल्लामा चुनाव जित्ने दाउमा तालमेल तथा गठबन्धन भएपनि जिल्ला निर्वाचन कार्यालय प्यूठानका अनुसार नेकपा एमाले मत सर्वेक्षणका आधारमा फेरि पनि पहिलो दल बनेको छ । जिल्लामा २० वटा वडा जितेको एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको थियो भने २० वटै वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत मात्रै पाएको थियो । त्यस्तै १० वटा वडा जितेका माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेका राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेका थिए । त्यसैगरी दुईवटा वडा जितेका विप्लव समुहले १ हजार ४१७ मत, कुनैपनि वडा जित्न नसकेको नेकपा एसले १ हजार ३२२ मत, एउटा वडा जितेका स्वतन्त्र उम्मेदवार (हाँस चिन्ह) ले ६३१ मत र एउटा वडा जितेका स्वतन्त्र उम्मेदवार (लौरो चिन्ह) ले ६१४ मत प्राप्त गरेका थिए । तर, हाँस पदका बिजयी स्वतन्त्र उम्मेदवार हाल नेपाली काँग्रेसमा प्रवेश गरिसकेका छन् । हुनतः एमाले वडागत मतमा शीर्ष स्थानमा भएपनि सत्तारुढ गठबन्धनभन्दा पछाडि नै छ । पाँच दलीय गठबन्धनको झण्डै ५३ हजार ५ सय चानचुने मत छ । जुन एमालेको भन्दा लगभग १३ हजार ६ सय जतिको मतान्तरले धेरै हो ।
आगामी मसिर ४ गते हुन गईरहेके चुनावमा प्रतिनिधिसभा सदस्यका लागि प्यूठानमा विभिन्न दल र स्वतन्त्र गरी ७ जनाले उम्मेदवारी दिएका छन् । कृष्ण प्रसाद पोख्रेलले राष्ट्रिय स्वतन्त्र पार्टी, दानबहादुर सुवेदीले स्वतन्त्र, दुर्गा पौडेलले राष्ट्रिय जनमोर्चा, मनबहादुर पुनले मंगोल नेशनल अर्गनाइजेसन, माधवसिं के.सी.ले नेपाल कम्युनिष्ट पार्टी माक्र्सवाद–लेनीनवादी, सूर्य थापाले नेकपा एमाले र होमबहादुर बुढाथोकीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय प्यूठानले जनाएको छ । तर, यहाँ मुख्य प्रतिस्पर्धा भने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाबीच रहने भएको छ । सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार पौडेल र थापा बीचको यो भिडन्तमा कसले बाजी मार्ला भन्ने बिषयमा नै सबैको ध्यान केन्द्रित भएको छ ।
पौडेले गत निर्वाचनमा कांगे्रसका डा. गोबिन्दराज पोखरेललाई हराएकी थिईन् । उनले ४७ हजार ५ सय १४ मत पाएकी थिइन् भने पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका थिए । पोडेलले २०७० को निर्वाचनमा जनमोर्चाबाटै समानुपातिक सांसद बनेर संसदीय यात्रा सुरु गरेकी थिइन् । तर, यसपाली भने पाँच दलीय गठबन्धन भएतापनि दुर्गा पौडेललाई प्रतिनिधिसभाको निर्वाचन जितेर सिंह दरवारको संसद भवन छिर्न त्यति सरल र सहज भने पक्कै छैन् । कांग्रेस भित्रपनि डा. गोबिन्द पोखरेल र उनका समर्थकहरुले पौडेललाई चुनावमा खुलेर सहयोग गर्न नसक्ने कुरा बिभिन्न सञ्चार माध्यमहरुमा बताईसकेका छन् । सैद्धान्तिकरुपमा गठबन्धन र चुनावी तालमेल जे भएपनि ब्यबहारिक रुपमा कांग्रेस, नेकपा मसाल र माओवादीवीच बिचलन देखिन्छ । कार्यकर्ताहरु नै रुष्ट र असन्तुष्ट छन् । प्यूठानमा डा.पोखरेल दोहोरिन चाहेका थिए । त्यसका लागि उनले पार्टी सभापति शेरबहादुर देउवासँग अनुरोध पनि गरेका थिए तर देउवाले शेखर कोइराला प्यानलका नेता भएकै कारण टिकट पाएनन् । माओवादीले पनि आफ्नो पार्टीको उम्मेदवार प्रतिनिधिसभाको लागि प्युठान जिल्लाबाट प्रतिनिधित्व नभएपछि पौडेललाई भोट दिने वा नदिने भन्ने कुरामा निश्चित छैन ।
अर्कोतर्फ सुर्य थापालाई भाग्यको राम्रो लटरी खुलेको छ । काङ्ग्रेसका आशालाग्दा नेता डा. गोबिन्द पोखरेलले टिकट नपाएपछि चुनाब ढुक्कसँग जितिन्छ भन्ने दाउमा रहेका छन् । कतिका लागि राजनीति पेशा भयो होला, कतिका लागि बाध्यताको विकल्प पनि भयो होला तर सुर्य थापाको लागि राजनीति सधैभरि आदर्श, समाज परिवर्तनको माध्यम र मुलुकलाई ठोस योगदान गर्ने अठोट र प्रतिबद्धताका साथ चुवावी मैदानमा आएका छन् । नेकपा एमालेको सबैभन्दा कान्छो पोलिटब्युरो सदस्य थापा उमेरले ४८ बर्ष पुगेका छन् । सामाजिक संजालहरु जस्तै फेसबुक र टुईटरमा निकै नै अपडेट हुने थापाले देशको राजनीति घटनाक्रम र समय सन्दर्भका बिषयहरुलाई महत्वपूर्ण ढङ्गले उठान गरी राष्ट्रिय स्तरका पत्रपत्रिकाहरु जस्तै गोरखापत्र, कान्तिपुरमा लेखहरु लेख्ने, रेडियो तथा बिभिन्न टेलिभिजनमा स्पष्टका साथ अन्तरवार्ता दिने भएकोले पनि थापाले आफ्नो ब्यक्तिगत चर्चा बटुलेका छन् । पत्रकारिता पृष्ठभूमिबाट पार्टी काम गरेका कारण सुर्य थापाको सार्वजनिक व्यक्तित्व सबैका सामु स्पष्ट र घामझै छर्लङ्ग छ ।
चुनाव आउन धेरै दिन बाँकी छैन् । यतिवेला देश चुनावमय भएको छ । यही मंसिर ४ गते देशैभर प्रतिनिधि सभाको लागि प्रत्यक्ष र समानुपातिक गरि २७५ सिट र प्रदेश सभाको लागि ५५० सिटमा निर्वाचन हुदैछ । चुनाव मैले नै जित्छु भन्नेमा सुर्य थापा ढुक्क र बिश्वस्त भएका छन् किनभने आफ्नो पार्टी सरकारमा रहदा केपी शर्मा वली प्रधानमन्त्री भएको कार्यकालमा आफू प्रधानमन्त्रीकोे प्रेस सल्लाहकार थिए । त्यहि वेला थापाले जिल्लाको विकास र कोभिड नियन्त्रणको लागि आफूले धेरै काम गरेको बताएका छन् । अर्थ मन्त्रालयसँग समन्वय गरि कोभिडको महामारी भएको वेला प्युठान अस्पतालमा अक्सिजन प्लान्टको लागि डेड करोड बजेट पारेका थिए । प्यूठानी जनताको जीवन रक्षाको लागि चिनिया कम्पनी र संघ संस्थालाई अनुरोध गरेर थापाले पाँचवटा भेन्टिलेटर समेत प्युठान भित्राएका थिए । जवकी बुटवल, नेपालगञ्ज र काठमाण्डौंमा नाम चलेका अस्पतालहरुमा समेत बिरामीको उपचारको लागि भेन्टिलेटरको अभाव थियो । त्यसैगरी प्यूठानको स्वर्गद्वारीमा मोटरबाटो निर्माण गर्नको लागि अगुवाई र बजेट विनियोजन नेकपा एमालेको पहलमै सम्भव भएको र नन बजेटरी शिर्षकबाट पचतर लाख बजेट सडक निर्माणको लागि निकासा भएको कुरा थापाले बताएका छन् । प्यूठानको भौतिक बिकास तथा निर्माण, पर्यटन, शिक्षा, स्वास्थ्य र सफा खानेपानी वितरणको लागि थापाले थुप्रै बजेट पारेको बताएका छन् ।
प्यूठानका ६४ वटै वडामा पुगरे त्यहाँको रहनसहन, भौगोलिक अवस्था र संस्कतिका बारेमा राम्रो जानकार पाएका थापा यति बेला तिनै मतदाताहरुको घरदैलौमा चुनावी कार्यक्रम र प्रतिबद्धताहरु लिएर प्रस्तुत भएका छन् । जनताका जनगुनासा र आफू निर्वाचित भएपछि गर्नुपर्ने कामलाई टिपोट गर्दै जनताले दिएका सल्लाह र सुझावलाई स्पष्ट भिजनको रुपमा लिएका छन् । प्यूठानमा झण्डै २३ हजार तटस्थ मत भएको र त्यसलाई आकर्षित गर्न यतिवेला नागरिकहरुलाई भेट्न अपरिहार्य भएको थापाले बताएका छन् । अवको पाँच वर्ष प्यूठानलाई कस्तो बनाउने ? प्यूठान जिल्लाको सन्तुलित र समानान्तर विकास के कसरी गर्ने ? भन्ने कुराको रोडम्याप आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरिसकेकोले सोही अनुसार प्युठानको मुहार बदल्ने सूर्य थापाको संकल्प छ ।
स्वर्गद्वारी नगरपालिका ३ प्युठान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?