ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

श्रीलंकाका राष्ट्रपति लुम्बिनी भ्रमणमा (फोटो फिचर)

१६ भाद्र २०७५, शनिबार
१६ भाद्र २०७५, शनिबार

विमस्टेक सम्मेलनको लागि नेपाल आएका श्रीलंका राष्ट्रपति मैत्रीपाला सीरीसेनाले लुम्बिनी भ्रमण गरेका छन् । बिमस्टेक सम्मेलन समापन पछि उनी लुम्बिनी भ्रमणमा आएका हुन् । उनको लुम्बिनी भ्रमणलाई निजी भ्रमण बताइएको छ । काठमाण्डौँबाट बिशेष प्लेनमा भैरहवा विमानस्थलमा आएका राष्ट्रपति त्यहाँबाट स्थलमार्ग हुदै लुम्बिनी पुगेका हुन् ।राष्ट्रपतिलाई नेपालका पर्यटन मन्त्री रविन्द्र अधिकारी, पाँच नम्बर प्रदेशका प्रमुख उमाकान्त झा, पाँच नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनीमा स्वागत गरेका थिए ।

सिरिसेनाले लुम्बिनीमा मायादेवी मन्दिरमा रहेको मार्कर स्टोन, अशोक स्तम्भ लगायतको अवलोकन गरेका थिए । अवलोकन पछि उनि मायादेवी मन्दिर प्रांगणमै आयोजित बिशेष पूजामा समेत सहभागी भएका थिए । श्रीलंकाका धर्मगुरुहरुले राष्ट्रपतिको पूजा गाएका थिए । पूजा पश्चात लुम्बिनीको गुरुयोजना एवम लुम्बिनीको धार्मिक बिकास तथा समग्र पर्यटन अवश्थाबारे नेपालका पर्यटन मन्त्री रविन्द्र अधिकारीले राष्ट्रपतिलाई अवगत गराएका थिए । लुम्बिनी बारे जानकारी दिने उद्देश्यले आयोजित संक्षिप्त कार्यक्रममा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाको तर्फबाट बिदेश मामिला सचिव रविनाथा टि आर्यसेनाले लुम्बिनी समग्र शान्ती अनुरागीको आस्थाको केन्द्र रहेकोले यसको बिकासको लागी श्रीलंकाको सहयोग सदैव रहने प्रतिवद्धता जनाए ।मायादेवी मन्दिरको अवलोकन एवम पूजा पश्चात राष्ट्रपति श्रीलंकाको गुम्बाको समेत दर्शन गरेको र श्रीलंकाद्धारा निर्मित गेस्ट हाउसको अवलोकनको साथै त्यहाँ वृक्षारोपण समेत गरेका छन ।श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउदा यहाको प्रशासनले उच्च सुरक्षा सर्तकता अपनाएको थियो । भ्रमणको क्रममा उनको सुरक्षाको लागि देशको चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सस्शत्र प्रहरी, नेपाल सेना र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिएको थियो । सुरक्षाकै लागी भैरहवाको गौतम बुद्ध बिमानास्थल देखी लुम्बिनी सम्म सवारी साधन आवागमन बन्द गरिएको थियो । सर्वसाधारणलाई पनि लुम्बिनी बिकास कोष क्षेत्र प्रवेश निषेध गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए ।

दुई जना हतियार सहित पक्राउ

श्रीलंकाका राष्ट्रपति लुम्बिनी भ्रमण आउनु पूर्व रुपन्देही प्रहरीले हतियार सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का २० वर्षीय राजेन्द्र लोध र रुपन्देही जिल्ला गैडहवा गाउँपालिका वडा नम्बर १ का १९ वर्षीय सुनिल कुमार यादव रहेका रुपन्देही प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट एक थान नलकटुवा पेस्तोल र एक थान चक्कु बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमोध ढुङ्गेलले बताए । उनीहरुले प्रयोग लु ३९ प २९१९ नम्बर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । दुई वटा मोटरसाइकलमा चार जनाको समुहमा कपिलवस्तु देखि लुम्बिनी पुगेका मध्ये दुई जना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन् ।कपिलवस्तुबाट लुम्बिनी आउने क्रममा उनीहरुलाई लुम्बिनी सास्ंकृतिक नगरपालिका ६ लोखडिया चोकबाट नियन्त्रणमा लिइएको ढुङ्गेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?