© २०२३
परासी, १९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान सत्तारुढ गठबन्धनलाई जिताए मुलुकको भविष्य अन्धकार तर्फ जाने बताएका छन् । शनिबार पश्चिम नवलपरासीको सुवनलमा राप्रपाले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दे अध्यक्ष लिङदेनले अब पनि काग्रेस र माओवादीलाई जिताए देश विगार्ने काममा जनताको पनि साथ रहेको पुष्टि हुने बताए । आफु भन्दा कान्छो उमेरबाट प्रधानमन्त्री बन्न सुरु गरेको शेरबहादुर देउवा फेरि पनि प्रधानमन्त्री बन्ने योजनामा रहेको बताउदै ८० वर्षको उमेरमा प्रधानमन्त्री बनेर अब देउवाले के गर्छन भनी प्रश्न गरे । अधिकांश समय काग्रेसको आलोचनामा खर्चिएका लिङदेनले काग्रेस माओवादीलाई भोट दिएर राप्रपालाई गाली गर्न नपाईने उल्लेख गरे
अध्यक्ष लिङदेनले मुलकको निर्वाचन प्रणाली र शासकिय व्यवस्था परिर्वतन गर्नुपर्ने बताएका छन् । वर्तमान निर्वाचन प्रणाली निकै खर्चिलो भएको टिप्पणी गर्दे उनले समानुपातिकको नाममा आफन्त र पैसावालालाई टिकट दिनुले वर्तमान निर्वाचन प्रणाली विकृत भएको पुष्टि हुने बताए । पुर्ण समानुपातिक निर्वाचन प्रणाली आजको आवश्यकता भएको बताउदै उनले अब व्यक्तिलाई होईन् पार्टिका एजेन्डा हेरेर मतदान गर्नुपर्ने बताए । सांसद बनेर मन्त्री बन्ने होड चल्ने गरेको बताउदै अब शासकिय व्यवस्था परिवर्तन गरी सांसदले निति बनाउने र कार्यकारी प्रधानमन्त्री जनताले प्रत्यक्ष चुन्न पाउनुपर्नेमा जोड दिए ।
देशका अधिकांश युवा विदेशिन बाध्य भएको बताउदै देशको आर्थिक अवस्था खस्दै गएकाले श्रीलङ्काको जस्तो अवस्था आउन सक्ने अध्यक्ष लिङदनेले चेतावनी दिए । सो क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा राप्रपाका उपाध्यक्ष धुव्र बहादुर प्रधानले परिर्वतनका लागी जनताले भोट दिने पार्टि परिर्वतन गर्नुपर्ने बताए । आफु यहि जन्मिएको धर्ति पुत्र भएको बताउदै एक पटक राप्रपाको एजेन्डा हेरर मतदान गर्न आग्रह गरे । राप्रपाले शनिबार सुनवल र पाल्हीनन्दनमा आम सभा गरेको छ । लिङदेन गोर्खा, पुर्वि नवलपरासी हुदै हेलिकप्टरमा चुनावी सभालाई सम्बोधन गर्न आएका हुन् ।