© २०२३
गिरि श्रीस मगर
कवि श्यामलस“ग हालै बुटवलमा एक अन्तरक्रिया कार्यक्रम भयो । श्यामलले उठाएका कतिपय विषयहरू मननयोग्य थिए । राजनीतिकर्मी घनश्याम भूसालस“ग ‘वर्तमान राजनीतिमा समकालीन साहित्यको भूमिका’ विषयमा पनि केही दिन अघि एक अन्तरक्रियात्मक कार्यक्रम भयो ।
श्यामलको विचारको सारांश के थियो भने कवि लेखकहरूले अन्तर्राष्ट्रिय साहित्यको अध्ययन गर्नु जति जरुरी छ, त्यो भन्दा जरुरी छ– नेपाली समाजको अध्ययन गर्नु । सामाजिक यथार्थ र जनजीवनलाई छुन सकिएन भने साहित्य अर्थहीन हुन्छ ।
भूसालले अहिलेको राजनीति दलाल पू“जीपतिहरूको लेनदेनमा टिकेको र सामाजिक अर्थव्यवस्थाको पुर्नसंरचना नभएसम्म परिवर्तन हु“दैन भने । निम्न वर्गको हातमा सामाजिक पू“जी छैन । त्यो अभावले आर्थिक असमानतालाई झनझन बढाउ“दै लगेकोले साहित्यले त्यस दिशामा दृष्टि दिनु पर्दछ भन्ने भूसालको तर्क थियो ।
सारमा दुबै वक्ताले कवि लेखकमा समयचेतको आग्रह गरेका थिए । ‘समय चेतना’ पदावली, साहित्यमा निकै प्रयोग हुने गर्दछ । खासगरी नेपाली साहित्यमा । त्यसमा पनि पछिल्लो समय साहित्यिक गतिविधिका दृष्टिले अलिकति चल्मलाएजस्तो देखिने बुटवलको साहित्यिक वृतमा पनि ‘समय चेतना’ चासोको विषय बनिरहेको छ ।
‘समय चेतना’ को परिभाषा के हो ? निःसन्देह साहित्यलाई ‘मनोरञ्जन वा विलासिताको साधन’ ठान्नेहरूको समय चेतना र ‘जीवनमा सत्यको प्रकाश’ मान्नेहरूको समय चेतनाका बीच ठूलो फरक हुन्छ । यहा“ नवउदारवादको जाली सपनाहरूको प्रहारले थङथिलो भएर सहरमा घर, गाडी र बैंक ब्यालेन्सका लागि सत्तावृत्तमा कुदिरहनेहरू छन् । यहा“ सत्यको लागि ज्यानकै बाजी लगाएर जुनसुकै सत्ताको पनि प्रतीपक्षमा उभिन नडराउनेहरू पनि छन् । यी दुई थरि चरित्रका समय चेतनामा सीधा कोणको फरक हुन्छ ।
समय चेतनाको धरातल
‘समय चेतना’ को बोध चिन्तनबाट हुन्छ । वर्तमानको परिवेश विगतको प्रतिफल हो । हाम्रो विगत भनेको सयौं वर्षदेखि शोषक सामन्तहरूस“गको लडाई हो ।दलाल पू“जीपतिहरूका माध्यमबाट भित्रिन थालेको पू“जीवादको एउटा कुरूप संरचनाविरुद्घको लडाई हो । त्यही लडाईको प्रतिफलस्वरूप सामन्ती व्यवस्था फालिएर गणतन्त्र आएको हो । त्यो लडाईमा मुक्तिको सपना थियो । आर्थिक समानता र न्यायको भोक थियो । स्वाधीनता र आभायुक्त श्रीको चाह थियो ।
तर गणतन्त्रमा सत्तारुढ सत्ताले त्यो मुक्ति, समानता, न्याय, स्वाधीनता र श्रीलाई बिर्सेजस्तो देखिएपछि आम मानिसमा निराशाले जन्म लिएको छ । तिनमा चिन्ता व्याप्त भएको छ । किन यस्तो भयो ?
समय चेतनाको कुरा गर्नेहरू सत्ताको खेतालो हुनुको परिणाम हो यो । बुद्घिजीवीमा देखिएको नैतिक क्षयीकरणको प्रतिफल हो यो । तिनले राष्ट्रिय चिन्तनलाई चटक्कै छोडेर राजनीतिक दल वा सत्ताका लागि जाली राजनीतिक चिन्तन मात्रै गर्नुको परिणाम हो यो । अनि, सत्ता र समग्र राजनीतिले पींधका मान्छेहरूका लागि होइन, दलाल प“ूजीपतिहरूको हितका लागि मात्र चिन्तन गर्नुको परिणाम हो यो । पींधका मान्छे, र तिनले भोगिरहेका त्रासदी हाम्रो समाजको कठोर यथार्थ हो । दलाल प“ूजीपति र तिनका आसेपासेहरूको समृद्घिको थेगो त केवल भ्रम हो ।
कठोर सामाजिक यथार्थको बोधबाट जन्मिने हो ‘समय चेतना’ ।समृद्घिको भ्रममा टेकेर समय ‘चेतना’ को कुरा गर्नु कुरी कुरीको विषय हो । मूलतः पींधका मानिसहरू नै समय चेतनाको धरातल हुन् ।
वर्गीय चेतना
साहित्यस“ग जोडिने ‘समय चेतना’ को अर्थ प्रगतिको आग्रह हो । आर्थिक समानता र सामाजिक न्यायको माग हो । समाजवाद उन्मुख नीति र व्यवहारको वकालत हो । मूलतः शोषणको जगमा उभिने क्रूर व्यवस्थाकोे विरोध हो । त्यसैले यो ‘समय चेतना’ प्रगतिशील हुन्छ । अझ कम्युनिष्ट पार्टीको सदस्यता लिएर ‘गोलबन्द’ हुनेहरूका लागि त ‘समय चेतना’ प्रगतिवादी नै हुनु पर्ने होला । अनि ती माक्र्सवादी सिद्घान्तप्रति निष्ठावान पनि हुनु पर्ने होला ।
‘अहिलेको राजनीति, दलाल पू“जीपतिहरूको लेनदेनमा टिकेको’ भन्ने घनश्याम भूसालको टिप्पणीमा फर्कौं । र, संविधानको प्रस्तावनामा उल्लेख ‘‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्घ रही समृद्घ राष्ट्र निर्माण गर्न..’’ भन्ने वाक्यांशलाई पनि हेरौं ।
प्रष्ट छ, शून्य औद्योगिक विकासका कारण नेपालको अर्थतन्त्र र राजकीय शक्ति दलाल पू“जीपतिहरूको हातमा छ । निजीकरणका नाममा, भएका औद्योगिक संरचनाहरू पनि दलाल पू“जीपतिहरूलाई नै दिइएको पनि हो । त्यसैले हाम्रो अर्थतन्त्रमा ढलिसकेको सामान्तवादमाथि चढेर हुर्किरहेको वर्ग दलाल पू“जीपति वर्ग नै हो । सत्ता त्यही वर्गको सेवक बनिरहेको छ ।
दलाल पू“जीपति वर्गको कोखबाट कस्तो ‘समाजवाद’ जन्मिन्छ ? समाजवादप्रतिको यो कस्तो प्रतिवद्घता हो ?
‘समयचेतना’ को कुरा गर्नेरूहले वर्तमान सत्ताले अभ्यास गरिरहेको समाजवादप्रति दृष्टि लगाएका छन् ?
सामाजिक यथार्थको बोधबाट जन्मिने ‘समय चेतना’ र सत्ताको चोर औंलाबाट बोध हुने ‘समय चेतना’ नितान्त फरक कुरा हुन् । ‘समय चेतना’ पनि वर्गीय हुन्छ ।
सेतोलाई सेतोःकालोलाई कालो
सामाजिक परिवेशप्रति इमान्दार नभएसम्म समाजको यथार्थ देखिँदैन । कवि श्यामलको आशय त्यही थियो । कल्पनाभन्दा बढी यथार्थलाई आत्मसात गरौं । सामाजिक यथार्थलाई टिपेर वैचारिक पक्षधरतामा स्पष्ट हौं । अनि न हाम्रो ‘समय चेतना’ ‘समय चेतना’ हुन्छ । कालोलाई ‘कालो’ भन्ने र सेतोलाई ‘सेतो’ भन्न नसक्नेहरूले ‘समय चेतना’ को कुरा गर्नु हाँस्यास्पद मात्रै होइन, लज्जास्पद पनि देखिन्छ । दुर्भाग्य १ हामी यस्तै हाँस्यास्पद र लज्जास्पद इतिहासका साक्षी भएका छौं ।
एउटा उदाहरण हेरौं–
समाजवादउन्मुख शिक्षा नीति र जनस्वास्थ्य अधिकारको रक्षाका लागि भन्दै विभिन्न मागहरू राखेर डा. गोविन्द के.सी. १५ औं अनसनमा थिए । उनका मागहरू स्पष्ट र सीधा थिए । ती समाज हितकै लागि थिए । सबै मानिसका लागि थिए । यो कुरा त एउटा लाटोले पनि बुझ्न सक्थ्यो । तर सरकार उनीप्रति क्रूद्घ थियो । परिस्थिति गम्भीर हु“दै गएपछि पाठक मञ्च बुटवलले सडक कविता आयोजना गरी गोविन्द के.सी.प्रति समर्थन जनायो ।
त्यो कार्यक्रममा कवि लेखकहरू सडकमा ओर्लिए । के.सी. सत्यका पक्षमा थिए, त्यसैले कवि लेखकहरू तिनका पक्षमा थिए । बयासी त्रियासी वर्षका वयोवृद्घ कवि लेखकहरू धरि सडकमा आएर कविता पढे, के.सी.प्रति एक्येवद्घता जनाए । तर प्रगतिशील भनिने कविहरू त्यसदिन अचानक हराए । ‘कम्युनिष्ट’ पार्टीमा गोलबन्द एकसे एक प्रगतिवादी लेखक बुद्घिजीवीहरू ‘स्यालका सिङ’ भए ।
अर्को उदाहरण हेरौं–
कन्चनपुरको घटनाले देशै हल्लायो । घटनाप्रति सरकारको रवैया उदेकलाग्दो देखियो । न्यायको माग गर्दै प्रदर्शन गर्नेलाई गोली हानियो । तर दोषी खोजेर कारबाही गर, न्याय देऊ, शान्ति सुरक्षा देऊ भनेर चिच्याइरहेका मानिसका आवाजलाई साथ दिन प्रगतिशील भनाउ“दा कवि लेखकहरूले आवाज उठाएको पाइएन । बरु तिनले बुर्जुवा भन्न रुचाउनेहरू न्यायको आग्रहसहित सडकमा उत्रेको देखियो ।
यो भनेको कवि लेखकले लोकजीवनमा आइपर्ने आपतविपतप्रति आ“खा चिम्लिनु नै हो । लोकको सुखदुःख र पीडाप्रति निरपेक्ष रहनु नै हो । कटु सामाजिक यथार्थलाई आत्मसात गर्न नसक्नु नै हो । केवल आफ्नो हितकेन्द्रित चिन्तन ‘समय चेतना’ हुन सक्तैन ।
लोकजीवनको अध्ययन
‘वर्तमान राजनीतिमा समकालीन साहित्यको भूमिका’ । यो एक उदेकलाग्दो विषय १ किनभने वर्तमान राजनीतिमा, सत्तारुढ दलकै सशक्त नेताहरू भूमिकाविहीन देखिएका छन् । जतिसुकै विवेकहीन आदेश भए पनि, पार्टी सत्ताको आदेश मान वा भूमिकाविहिन भएर बस । यस्तो बेला वर्तमान राजनीतिमा साहित्यको के भूमिका ?
सत्ता त बडा वाचाल छ । निरन्तर बोल्छ, बोलिरहन्छ । सत्ताले साहित्य पढ्दैन, सत्ताले आवाज सुन्दैन ।
त्यसैले साहित्यको भूमिका राजनीतिमा होइन, लोकजीवनमा केन्द्रित हुनु पर्दछ । लोकको पीडा र आ“सुलाई नदेखेसम्म ‘समय चेत’ आफैप्रतिको व्यङग्य मात्र हुन्छ । गणतन्त्रको घोषणापछि अनेक सत्ता समीकरणका लागि जति राजनीतिक चिन्तन भए, त्यसको आधा मात्र पनि चिन्तन लोकजीवनको इच्छा र आवश्यकतालाई छुने गरी भएको भए आज लोकले हरेक दिन निराशास“ग जम्काभेट गर्नु पर्दैनथ्यो ।
‘समय चेतना’ को दृष्टिले समग्र नेपाली साहित्य यो दशककै ‘मरन्च्या“से’ साहित्य हो । एक दुई अपवाद बाहेक यो दशकमा सामाजिक यथार्थमा उभिएर गतिला कृतिहरू आउन सकेनन् । यो दशकको साहित्य कि त कल्पनाको बयलगाडा चढेर ‘अम्रिका’ हिंडेकाजस्तोे देखियो कि इतिहासका पानाहरूमा हराएको देखियो । अहम देखाउने र सत्य लुकाउने ‘बायोग्राफी’ होस् वा सरकारी पैसामा छापिएका ‘पिलन्धरे’ खोज–साहित्य होस्, सबका सब लोकजीवनको मर्मभन्दा टाढा देखिए ।
यस्तो त हुनु नै थियो । किनभने एउटा कालखण्डमा ‘एक लम्बरी’ प्रगतिशील र प्रगतिवादी भनिने कवि लेखकहरू पहरामा झुण्डिएको भीर मौरीको घारजस्ता सुदूर गाउ“हरूमा पुग्न सकेनन् । सिदरी मछरीको पोखरीजस्तै आ“सुको पोखरीमा डुबेका देहातहरूमा पुग्न सकेनन् । ‘जनयुद्घ’पछिको गाउ“बस्तीमा मानिसहरूको छाती कति चहराइरहेको छ भन्ने महशुस गर्न सकेनन् ।
किन सकेनन् ? किन ? किनभने तिनलाई सत्ता र शक्तिको वृतमा घुम्दै काठमाण्डौ वा अन्य सहरमा घर घडेरी जोड्न, बैंक ब्यालेन्स बढाउन, एनजीओ चलाउन र तारे होटेलहरूमा गोष्ठी चलाउन नै समय पुगेन । समय पुगेन तिनलाई ‘राजनीतिक चिन्तन’ गर्न नै । ती पुग्न सकेनन् भोक र रोगले शोकग्रस्त विकट ठाउ“हरूमा । ती पुग्न सकेनन् विरासतमा युद्घको घाउ लिएर श्रम गरिरहेका कलिला नानीहरूको आ“खाको भाषा पढ्न । तिनलाई त नेताको भाषण पढ्नबाट नै फुर्सत भएन ।
यो त्यही दशक हो, जुन दशकमा कवि लेखकहरूले लोकजीवनमा छिरेर लोकको अध्ययन गर्न सकेनन् । लोक जीवनको अध्ययनबिना ‘समय चेतना’ बोधगम्य हु“दैन ।
चास्नीमा चेतना
दुई ठूला ‘कम्युनिष्ट’ पार्टीहरू एकीकृत भएपछि ‘नेकपा’ बनेको छ । यो एकताले श्रमजीवी जनता खुसी हुनु स्वभाविकै थियो । तिनले, तिनका भाषामा ‘कम्युनिष्टको बहुमतको सरकार’ देख्ने रहर गरेका थिए । देखे । तिनले आफ्ना नेताहरू सत्तारुढ भएको हेर्न चाहेका थिए । हेरे ।तिनले परिवर्तन चाहेका थिए । नेताहरूको जीवनमा देखे परिवर्तन पनि । तर तिनले आफ्नो जीवनमा पनि त सकारात्मक परिवर्तन चाहेका थिए । देशको जीवनमा पनि परिवर्तन चाहेका थिए । त्यो परिवर्तनको छा“टछन्द खै ?
‘संघौ शक्ति कलियुगे’ भन्दछन् । एकता नै बल हो । तर विपरित तत्वहरूको एकतामा द्वन्द्व निरन्तर चलिरहन्छ । त्यो द्वन्द्वमा माझिएर खारिएर ‘२४ क्यारेटको सुन’ निस्कने जति सम्भावना हुन्छ, त्यति नै सम्भावना हुन्छ द्वन्द्वमा घोटिएर क्षयीकरणबाट शून्य हुने पनि । समय चेतनाले प्रश्न जन्माउ“छ, प्रश्नले द्वन्द्वलाई उचित दिशा दिन्छ । तर यस्तो लाग्छ, अहिले प्रगतिशील र प्रगतिवादी भनिने ‘समय चेतना’ स“ग कुनै प्रश्न छैनन्, खासमा ‘समय चेतना’ नै छैन ।
सत्यका पक्षमा नबोल्ने हो भने एकताका नाममा ‘गोलबन्द’ हुनुको कुनै अर्थ हु“दैन । सत्यका पक्षमा बोल्ने ‘समय चेतना’ छ भने ‘एक्ला चलो रे’ पनि समयको कुनै विन्दुमा शक्तिशाली हुन सक्छ । अहिले देशमा बरु ‘एक्ला चलो रे’हरू नै मुखरित छन्, तिनले एक्ला एक्लै भए पनि शक्तिशाली प्रश्नहरू गरिरहेछन् ।
‘कम्युनिष्ट’ पार्टीमा ‘गोलबन्द’ कवि लेखकहरूको ‘गोलबन्दी’ भने चास्नीमा ‘गोलबन्द’ झिंगाहरूको ‘गोलबन्दी’ जस्तै देखिएको छ । यो समय, चास्नीमा चेतना डुबेको समय हो !