ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

तीजको दर र माइती

१६ भाद्र २०७५, शनिबार
१६ भाद्र २०७५, शनिबार

सुनगाभा पोखरेल

तीज आयो भने मानिसले चेलीबेटी र दरलाई सम्झीहाल्छ । खासभन्ने हो भने तीजको मुख्य पाटो नै दर हो । दर खानु नै तीज मनाउनु हो । तीजको अघिल्लो दिन खाइने दरको महत्व आजभोलि साउन महिना लाग्दाबाटै बढ्न थालेको छ । दर के कसरी शुरु भयो यो बिषयमा अलिकति प्रष्टाउनु आवश्यक देखिन्छ । बर्षाद केही कम भएपछि विवाह गरेर घरमा गएका चेलीबेटीको अबस्था के कस्तो छ माइती पक्षले बुझ्ने गर्दथे । सामन्तवादी कृषि युगमा यो गाउँमा जन्मेका चेलीहरू पल्लो गाउँमा बिबाह भएर जाने गर्थे । मानिसको बस्ती पातलो थियो । पुरुषको संख्या कमै हुन्थ्यो । सानो उमेरमा सौतामाथि, उमेर पाकेको पुरुषसँग विबाह सम्बन्ध जोडिदिने बाध्यकारी अवस्था थियो । एकखालको चलन थियो । भेट्न गएका माइतीले छोरीलाई अस्याट लागेको होला भनेर आफूसँगै माइत ल्याउँथे । मीठो, मसिनु ख्वाउँथे । सबै घरमा चेलीहरू जम्मा भएपछि नाचगान गर्थे । दुःख पीडा गीती भाषामा पोख्थे । यो अबसर दरबारमा बस्नेहरूले पनि चुकाउँथेनन् । दरबारमा पनि गाउँका चेलीबेटीलाई बोलाएर मीठो मसिनु खान दिने, उनीहरूको नाचगान हेर्ने गर्दथे । सामान्य मानिसको घरमा भन्दा दरबारमा स्वभाविक रूपमा धेरै र मिठा परिकारहरू पाक्थे । पटकपटक खान दिन्थे । चेलीहरूले दरबारमा खाइयो । दरबारमा खाइयो भन्न थाले । यसरी दरबारले खाना ख्वाएको कारणबाट बार हट्न गयो । दर नाम कायम रहन गयो । दरबारबाट अपभ्रंश भएर बनेको नाम हो दर ।
दर प्रायः साकाहारी भोज हो । अपवाद बाहेक पुरानो पुस्ताका महिलाले साकाहारी भोजन गर्छन् । अहिले त अमेरिकामा फलेको तरकारी भोलिपल्ट बिहान नेपालका बजारमा आइपुग्छ । तर, कुनैबेला खेतबारीमा परम्परागत रूपमा फल्ने तरकारीहरू बाहेक केही हुँदैनथ्यो । ब्यवसायिक तरकारी फलाउने सिप थिएन । त्यहि अभावमा हुर्किएका चेलीहरूले माइतीका खेत बारीमा उब्जिएका तरकारीलाई गीतको रूपमा गाँसेका छन्ः
तीजका खाजा मिठा भदौरे गाबाले
न रोउ चेली लिन आम्ला भन्थे बाबाले

तीजका खाजा मिठा तारेका तामाले
नरोउ भान्जी लिन आउँला भन्थे मामाले ।

यदि तीज मांशाहारी हुन्थ्यो भने गीतको बान्की फरक हुन्थ्यो । त्यसलाई भन्न सकिने थियोः

खसी बोका काटेर टन्न दर खाइन्थ्यो
माइतीघरको आँगनीमा कम्मर मर्काइन्थ्यो ।

सुकेका माछा तारी खाजासँग खाइन्थ्यो
बाबाले दिएको साडी लाइथ्यो ।
तीजमा माइतीको चासो बढी नै हुन्छ । जति सम्पन्नशाली छोरी भए पनि कृषियुगमा बर्षा मौसममा खेतीपातीले चेलीबेटीलाई बढी नै गलाएको हुन्छ । माइतीमा केही दिन आरामसँग रमाइलो गरेर बसौँ भन्ने चाहना हुन्छ । तर, एक्लै माइतीमा जान सक्तैनन् र घरका मानिसले झट्ट पठाउन पनि खोज्दैनन् । यस्तोबेला माइतीका सदस्यहरू आइदिए हुन्थ्यो भन्ने हुन्छ । तीजको बेलामा त पक्कै पनि आउलान् भन्ने आशा राख्छन् । तर, त्यतिबेला माइतीहरू गइदिएनन् भने उनीहरूको मन रुन्छ । यसलाई गीतमा यसरी प्रष्टाइएको छः

उँभो हेर्दा कालो मैलो बादलु
उँधो त बरिलै रैछ मधुवन् ।

तीजमा बाबा लिन आउलान् भनी पर्खिएँ
आएनन् बाबा त रोयो मेरो मन् ।

दाज्यै लिन तीजमा आउलान् भनी पर्खिएँ
आएनन् दाज्यै त रोयो मेरो मन् ।

तीजमा भैया लिन आउलान् भनी पर्खिएँ
आएनन् भैया त रोयो मेरो मन् ।
तीजको अबसरमा जब माइतीहरू लिन जाँदैनन्, घरबाट उनीहरूलाई पठाउने वातावरण बन्दैन त्यतिबेला उनीहरूले आकाशमा उडेका मालचरीसँग मन साट्छन् । भगवानलाई नै अन्तिम सहारा मान्छन् । र, सोध्छन्ः
चेलीः कहाँमा जान्छौ माल चरी बगाल
मालचरीः बरिलै भगवान्लाई भेटन ।

चेलीः के के मा ल्यायौ भगवानलाई भेटन
मालचरीः बरिलै फूल पाती जैतुन ।
आजभोलि यस्ता गीत एकादेशका रुवाइ बनेका छन् । यी बेदनापूर्ण गीतहरूमा न कुनै उमंग छ न त केटाहरूसँग कुम जोडेर नाच्ने संगीत छ । साकाहारी दरलाई मांशाहारी बनाइएको छ । कृष्णाष्टमी देखि चहलपहल हुने तीजलाई डेढ महिना अगाडि देखि दरको नाम पारेर बियरका ढक्कनहरू तोडिएको छ । तीजलाई वास्तवमै उच्छृंखलतामा उकालिँदै छ । अहिले त तीजमा अनेकौँ संघसंस्थाहरूले दर खाने कार्यक्रम राख्दैछन् । त्यसको लागि प्रतियोगिता चलेको छ । प्रतिष्पर्धा चलिरहेको छ । हेर्दा त निश्चितै रमाइलो लाग्छ । महिलाहरूलाई खानपानको ब्यवस्था गरिनुलाई अन्यथा मान्न मिल्दैन । तर, तीजको जुन सांस्कृतिक मर्म थियो त्यसलाई पिकाकस (भाले मयुरको नाच) बनाइनुले महिलाहरूलाई नै ब्यंग्य गरिरहेको छ । यसको मर्म (सार पक्ष) लाई विकृत पार्ने काम नगरौँ कि भन्ने सुझावमात्र हो । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?