ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

रुपन्देही ३ मा एमाले, राप्रपा र जसपाको १३० बुँदे प्रतिवद्धता (पूर्णपाठ सहित)

१८ कार्तिक २०७९, शुक्रबार
१८ कार्तिक २०७९, शुक्रबार

 

भैरहवा,१८ कात्तिक । नेकपा एमाले, राप्रपा र जसपाको ३ दलिय तालमेलको तर्फबाट आसन्न निर्वाचनलाई मध्यनजर गर्दै १३० बुदे योजना सहित प्रतिबद्धतापत्र सार्वजनिक भएको छ ।
तीन दलिय तालमेलको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेपछि रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभाका उम्मेदवार दीपक बोहोराले विगतमा पनि आफुले दीर्घकालिन विकासको योजना रुपन्देहीमा सन्चालन गरेको र आगामी दिनमा पनि अझ बढी महत्वका योजना शुरुवात गर्ने बताए ।
उनले क्षेत्रको मानवीय, सामाजिक र भौतिक विकास नै सदैव आफ्नो प्राथमिकता रहेको बताए ।
प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभाको उम्मेदवार महेन्द्र यादवले प्रतिबद्धतापत्रमा उल्लेख भएका योजनालाई अक्षरश: लागु गर्नेगरी काम गर्ने बताए ।
यसैगरी प्रदेश सभामा क्षेत्र नम्बर ३ (२) का उम्मेदवार तुलसी प्रसाद चौधरीले सत्ता गठबन्धनका दलबाट मुलुकले निकास नपाउने र जम्बो मन्त्रिमण्डल बनाउर राष्ट्रको ढुकुटी खोक्रो पार्ने काम मात्र हुने बताए ।
एमाले, राप्रपा र जसपाको तीन दलिय तालमेलको तर्फबाट सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा पुर्वाधार निर्माण र विकासदेखि सञ्चार विकास सम्मको १३० बुदें योजना समेटिएका छन् ।
प्राडा.कपिलदेव लामिछाने, सीए शिवहरी शर्मा, एमाले नेता भरत कुमार पोखरेललगायतको समूहले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
यस्तो छ प्रतिबद्धतापत्रको पुर्ण पाठ :

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९, रूपन्देही निर्वाचन क्षेत्र नं. ३ को
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी सहितको
प्रतिबद्धतापत्रको सारांश
आदरणीय रूपन्देही निर्वाचन क्षेत्र नं. ३ का आमाबुवा, दिदीबहिनी, दाजुभाइहरू तथा जनसमुदायहरू !
हामी स्वाधीनता सहितको शान्ति, समृद्धि र स्वतन्त्रता तथा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेका छौ। हाम्रो चुनावी तालमेल सत्ताप्राप्तिको स्वार्थी गठबन्धन नभई मुलुकको स्वाधीनताको रक्षा गर्दै देशलाई समृद्ध बनाई जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो । अत: यही २०७९ मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा रूपन्देही जिल्लाका संयुक्त तालमेलका तर्फबाट उम्मेदवार हुनुभएका राप्रपाका वरिष्ठ नेता दीपक बोहरा हलो चुनावचिन्हका साथ तथा प्रदेशसभा (१) का लागि जसपाका नेता महेन्द्र यादव छाता चुनावचिन्हका साथ र (२) का लागि नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य क. तुलसीप्रसाद चौधरी सूर्य चुनावचिन्हका साथ साझा उम्मेदवार हुनुहुन्छ । वहाँहरू तीनैजनालाई अत्यधिक मतले विजय गराउन अनुरोध गर्दछौँ ।
पूर्वाधार निर्माण र विकास–हाल सञ्चालनमा रहेका तिनाउ नदीको नियन्त्रणका लागि जनताको तटबन्ध, बुटवल बेलहियाको सडकमा थप आकासे पुल / अन्डरपासको निर्माण, बुटवल—बेथरीको अत्याधुनिक सडक लगायत दर्जनौँ बृहत् परियोजनालाई यथाशीघ्र सम्पन्न गरी उपयोगमा ल्याइनेछ ।
भैरहवा क्षेत्रमा उद्योग–व्यापार मेलाका लागि भैरहवा–मण्डपको व्यवस्थापन गरिनेछ ।
शुद्धोधन गाउँपालिका र बेलवा जोड्नका लागि दानव नदीमा पुल निर्माण गरिनेछ ।
पत्थर डाँडादेखि तिनाउसम्म सडक बिस्तार गरी बत्ती जडान गरिनेछ ।
भलबारीदेखि तीनधुरा कुट्टा सडक विस्तार गरी स्तरोन्नति गरिनेछ ।
बाउन्नकोटी सामुदायिक वनमा पार्क निर्माण गरी पर्यटकीय स्थलका रुपमा विकास गरिने छ ।
वनकट्टी–बिसौरियाअन्तर्गत बिसौरिया डाँडामा ओवरहेड पानी टङ्की निर्माण गरिनेछ ।
फर्साटिकर–बेतही–सखुवानी–अमवा–कुट्टा–छपिया–बनभुषडी–भगलापुर–गुरौलिया मा.बि.–पुरेनी–भुजौली–केदली–डाडां–सेमलार–मधैयाचोक–बेलबरीया–मोतिरपुर–सौरैहया–दुबौली हुदै फर्साटिकर रिङ रोड निर्माण गरिनेछ ।
तिलोत्तमा १३ र १४ वडामा लुम्बिनी प्रादेशिक बस पार्कलाई निर्माण गरिनेछ ।
पश्चिम मैनैयादेखि भाटा–कृष्णगन्ज हुदै बेलबास सडकलाई २ लेनको बनाइनेछ ।
बेलबास–उजेलापुर–महदैया–नरेनापुर–बैठौलिया–कलुवा– पुरेनी हुदै फर्साटिकर सडक निर्माण गरिनेछ ।
फर्साटिकर गाउदेखि कर्वला–सिरी सिमाना हुदै दोगाना जाने सडक निर्माण गरिनेछ ।
मोतिपुरदेखि तपाहा सातकुला हुदै फर्साटिकर सडक निर्माण गरिनेछ ।
भैरहवाको स्वर्गद्वारी तथा तिनपा १४ स्थित जमुना शवदाह गृहलाई सुविधा सम्पन्न बनाइने छ ।
सिद्धार्थनगर बडा ८ मा रहेको शिव मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ ।
भैरहवाको मुख्य बाजारबाट विद्युत तथा टेलिफोनका तार अन्डरग्राउन्ड गरी थप सुन्दर बनाइनेछ ।
पक्लिहवा स्थित छोटी भन्सार कार्यालयलाई पुन संचालनमा ल्याइनेछ ।
सोनौली बेलहिया अन्र्तर्राष्ट्रीय नाकामा इन्टिग्रेटेड चेक पोष्ट निर्माणको कामलाई पुर्णता दिइनेछ ।
भैरहवाको पुतली कृषि बाजारलाई व्यवस्थित गरिनेछ ।
पुर्वाधार विकास तथा निर्माणको कार्यलाई छिटोछरितो गर्न–गराउन एक विकास प्राधिकरणको स्थापना गर्न पहल गरिनेछ ।
स्वास्थ्य तथा फोहोरो प्रशोधन– भैरहवामा रहेको भीम अस्पतालको ५० शैयालाई १०० शैयामा क्षमता विकास गरिनेछ । सियारी र शुद्धोधनको १५ बेडको अस्पताललाई पूर्णता दिनेइनेछ।
यस क्षेत्रमा उपयुक्त स्थानको छनौट गरी एक बृहत् फोहारोमैला प्रशोधन केन्द्रको स्थापना गरिनेछ ।
लागू औषध नियन्त्रणको कार्यलाई प्रभावकारी बनाइनेछ ।
पर्यटन –यस क्षेत्रका प्रसिद्ध धार्मिक मठ–मन्दिर–मस्जिद–गुम्बा जस्ता स्थानलाई जोडेर धार्मिक पर्यटनको विकास गरिनेछ ।
भैरहवाको डन्डाखोला करिडोर पुरा गरी पर्यटकलाई आकर्षित गरिनेछ ।
थारु समुदायको बहुलता भएका वस्तीहरुमा होम स्टे संचालनको ब्यवस्था मिलाइने छ ।
शुद्धोधन ३ तथा ५ को सियाभार मन्दिर तथा दर्बाहा क्षेत्रलाई पर्यटनस्थलका रूपमा विकास गरिनेछ।
भारतीय पर्यटकहरुको सोनौली बेलहिया अन्तर्राष्ट्रिय नाकामा आवतजावत सहजता गरिनेछ ।
व्यवस्थित बस्ती तथा सहरी विकास – बुटवल उपमहानगरपालिका वडा नं. १७, १८, शुद्धोधन ३ र सियारी ७ मा पर्ने औद्योगिक कोरिडोरले प्रभाव पार्ने जनसमुदायको वसोवासको व्यवस्था मिलाइ औद्योगिक क्षेत्र संचालनमा ल्याइनेछ ।
भैरहवा कारागार तथा बैंकरोडदेखि दक्षिणमा रहेको सैनिक ब्यारेकलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सो स्थानमा व्यवस्थित सरकारी निजी क्षेत्रको सहभागितामा अत्याधुनिक पार्क, पार्किक, सार्बजनिक सौचालय सहितको ब्यवसायिक भवन निर्माण गरि यस नगर क्षेत्रलाइ थप सुन्दरताका साथै व्यवसाय तथा प्रयटन मैत्री बनाउन पहल गरिनेछ ।
भैरहवा स्थित गल्ला मण्डीलाइ थप महत्वका साथ व्यवस्थापन गर्न पहल गरिने छ ।
कृषि, सहकारी, हाटबजार, पशुपालन र सिंचाइ –कृषिलाई व्यवसायीकरण गरिनेछ ।
कृषि क्षेत्रको लागि आवश्यकता विद्युत, जल तथा यातायातका पुर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ । कृषिलाइ यान्त्रीकरण गर्न पहल गरिनेछ । कृषिलाई आवश्यक विद्युत निशुल्क गरिनेछ ।
किसान केन्द्रित हाट बाजार स्थापना गर्न पहल गरिने छ । उत्पादनको आधारमा अनुदान दिइनेछ।
कृषि उत्पादनलाई विचौलीया मुक्त बनाउन किसान केन्द्रित हाट बाजार स्थापनालाई जोड दिइनेछ ।
सहकारीलाई टोलटोल र घरघरमा पुर्‍याइनेछ । सहकारीलाई कृषि, पशु पंक्षी, मत्स्य तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाई रोजगारीको सृजना गरिनेछ ।
उद्योग–व्यवसाय तथा बन्दव्यापार –उद्योग, व्यवसाय र बन्दव्यापार सञ्चालन गर्न उद्योगमैत्री नीति अवलम्वन गरिनेछ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुनर्स्थापना गरिनेछ ।
साना तथा घरेलु उद्योगहरुलाई वार्षिक दुई करोडसम्मको कारोबारलाई मूल्य अभिबृद्दि कर तथा अन्त शुल्कको दायराभन्दा बाहिर राखिनेछ ।
स्थानीय उद्योगहरुबाट उत्पादन हुने दैनिक उपभोग्य बस्तुहरु सार्वजनिक वितरण प्रणालीबाट निश्चित कोटाका आधारमा खरिद गरिनेछ र सस्तो मूल्यमा विक्रीवितरण गरिने व्यवस्था मिलाइनेछ ।
विशेष आर्थिक क्षेत्रलाई पूर्णता दिइनेछ । बेलहिया भंसार कार्यालयलाई थप व्यवस्थित गरिनेछ ।
निजी सवारी साधनको नवीकरण गर्दा लाग्ने वार्षिक शुल्कलाइ कम्तीमा पांच बर्षमा नवीकरण शुल्क लाग्ने व्यवस्था पहल गरिनेछ ।
सुचना तथा संचार – प्रेसलाई पूर्ण स्वतन्त्र राखिनेछ भने आमसञ्चारलाई व्यावसायिक र जिम्मेवार बनाइनेछ ।
महत्वपूर्ण सार्वजनिक स्थानहरूमा ‘फ्रि वाइफाइ जोन’ तथा विभिन्न स्थानहरूमा आधुनिक सूचना केन्द्रहरू स्थापना गरिनेछ ।
शिक्षा, युवा, खेलकुद तथा रोजगार – गरिबी न्यूनीकरणका निमित्त युवाका लागि सीपमूलक तालिम (प्लम्बर, इलेक्ट्रिसियन, कारपेन्टर, हेयर कटिंग, अटोमोवाइल आदि) तथा अध्ययनको व्यवस्था गरी स्वरोजगार र उद्यमशीलताको सृजना गरिनेछ ।
युवाहरूलाई रोजगार र सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनेछ ।
यस क्षेत्रमा सञ्चालन हुने उद्योगहरूमा यसै क्षेत्रका नागरिक तथा युवालाई रोजगारीमा प्राथमिकता दिने व्यवस्था मिलाइनेछ ।
भैरहवामा सुविधा सम्पन्न श्रम कार्यालय तथा अध्यागमन कार्यालय स्थापना गरिने छ ।
खेलकुद परिषद् गठन गरी परिषद्को मातहतमा खेलको माध्यमबाट युवाहरूलाई क्रियाशील बनाइनेछ ।
रोजगारमूलक तथा प्राविधिक शिक्षामा जोड दिइनेछ ।
सामाजिक सुरक्षा तथा मानवीय विकास – ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, दलित र लोपोन्मुख समुदायको भत्ता पाँच हजार पुर्‍याई नागरिकको सम्मान गरिनेछ ।
यौनिक अल्पसंख्यक तथा फरक क्षमता भएका समुहको उच्च सम्मानको वातावरण मिलाइने छ ।
प्रत्येक वडामा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिनेछ।
सुशासन – नागरिकलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा विभेदरहित गरिनेछ।
आर्थिक भ्रष्टाचार, घुसखोरीको अन्त्य गर्दे आर्थिक सुशासन कायम गरिनेछ। उच्च ओहदामा रहेका व्यक्तिहरुको आर्जन गरेको सम्पत्ति तथा अस्वाभाविक खर्चहरु र सोका आम्दानीका स्रोतहरु ऐन, नियमको दायरामा लाई नियमितरुपमा निगरानी गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?