© २०२३
नवलपुर, १६ कात्तिक ।
पुर्वी नवलपरासीको कावासोती ५ यतिबेला ढकमक्क सयपत्री फूलले भरिभराउ देखिएको छ । फुूल सौन्दर्यताको प्रतिक तथा आर्थिक समृद्धिको आधार भएको भन्दै कावासोतीका शिक्षक र बैंकर फूल खेतीका लागि आकर्षित देखिएका छन् । तिहार नजिकिएसँगै सयपत्री फुूलको बिक्री वितरणमा ब्यस्त हुन्छन् शिक्षक रुम गाहा मगर ।
आफ्नो शिक्षण पेसाबाट बचेको खाली समयको सदुपयोग गर्दै परीक्षणको रुपमा सुुरु गरेको फूल खेती राम्रो भएपछि विगत ५ बर्षदेखि फूल खेतीमा आवद्ध भएको गाहाले बताए । आफू यो फूल खेतीमा थोरै समय भएपनि खर्चिन पाउँदा खुुसी भएको उनले बताए ।
एउटै बोटबाट चार पटक सम्म प्रतिफल दिने र छोटो समयमै राम्रो आम्दानी पनि हुने भन्दै दुई दाजुभाइले ब्यावसायिक फूल खेतीको सुुरुवात गरेका हुन् । स्थानीय क्षेत्रमै फूलको उत्पादन भएपछि स्थानीयलाई तिहार तथा अन्य शुभकार्यका लागि फूल खरीदका लागि टाढा जानुुपर्ने समस्याको समाधान भएको छ ।
उनले घरैबाट माला उनेर एउटा मालाको १३० देखि १५० सम्म बिक्री गर्दै आएका छन् । तिहारको बेला डेढ लाखदेखि ४–५ लाखको फूल बिक्री हुुने गाहाको भनाई छ । गाउँठाउँमै फूलको उत्पादन हुुँदा टाढा टाढावाट समेत फूल लिनका लागि आउने गरेका छन् । मेहनत गर्न सके देशमै सुुन फलाउन सकिने र छोटो समयमै आम्दानी हुने भन्दै अन्य कृषकलाई उत्साहित बनाउन सकिएको गाहाले बताए ।
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार तथा शुुभकार्यमा प्रयोगमा आउने फूललाई कावासोतीमा मात्र नभई नवलपुर जिल्लामै कृषक लक्षित आवश्यक अनुुदानका कार्यक्रम ल्याउने र बजारीकरणको सहज सुुविधा मिलाउन सकेको खण्डमा फूल आयात होइन निर्यातमा जिल्ला निर्भर बन्न सक्ने कुरामा दुईमत छैन ।