ट्रेंडिंग:

>> दक्षिण कालिकामा कलशयात्रा, नवनिर्मित सिढीको उद्घाटन >> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव

केरा भित्र बदाम खेती

८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार

नवलपरासी, ०८ कार्तिक ।
जिल्लाका केरा किसानले अहिले केरा खेतमा घुसुवाबालीको रूपमा बदाम खेती गर्ने अभ्यास थालेका छन् । केही बर्ष पहिला केरा भित्र आलु र ओल खेतीको अभ्यास गर्दै आएका किसान अहिले केरा भित्र बदाम खेतीको सफल अभ्यास गरेका हुन् ।

बलौटे माटो हुने जिल्लाका सुस्ता र प्रतापपुर गाउपालिकाका किसानले केरा भित्र हिँउदमा आलु र बर्षायाममा बदाम खेती गर्न सक्ने अवस्था देखिएको बताए । यसले गर्दा केरा खेतीलाई पनि फाईदा पुग्ने र घुसुवाबालीले थप लाभ लिन सक्ने अवस्था रहेको बदाम उत्पादक कृषक समितिका अध्यक्ष युवराज मौर्यले बताए । यसरी केरा भित्र बाली रोपेर थप बाली लिन सक्ने अवस्था देखिएको छ, उनले भने, एक बाली मात्र खेतमा लगाउदा यदि प्राकृतिक प्रकोपले नष्ट भयो भन्ने लगानी डुब्ने अवस्था थियो । तर तिनै बालीमा थप आर्को बाली रोपियो भन्ने ति क्षतिबाट पनि जोगाउन सक्ने अवस्था देखिएको उनको भनाई थियो । केही किसानले अहिले परिक्षणको रूपमा केरा भित्र बदाम खेती गरेका छन् । उत्पादन राम्रै देखिएको छ, उनले थपे,यसलाई अन्य किसानलाई पनि उत्साह मिलेको छ । यसलाई प्रवद्र्धन गर्नका लागि सरकारी निकायले पनि सहयोग गर्नुपर्ने उनले आवश्यकता औल्याएका थिए ।

लामो समयदेखी जिल्लाको पूर्वी क्षेत्रमा उखु खेती गर्दै आएका किसानलाई उखुको मूल्य भुक्तानीमा समस्या देखिन थालेपछि केरा खेतीतर्फ लागेका छन् । त्यसका लागि प्रधानमन्त्री यान्त्रिकरण आयोजनाले केरा जोनको रूपमा प्रोत्साहित गर्दै आएको छ । यस क्षेत्रलाई सुपर जोन बनाउनका लागि पनि पहल भई रहेको छ । अहिले केरा भित्र बदाम खेतीको सफल अभ्यास भएको देखियो, उनले भने, केरा भित्र आलु खेती पनि गरेर परिक्षण गरि सकिएको छ । केरा रोपेको दुई बर्षमा केरा फल्ने अवस्था आउछ, त्यो भित्र किसानले यदि बर्षायाममा बदाम र हिउँदमा आलु रोपेर थप फाईदा लिन सक्छ । तर यसका लािग सरकारले आवश्यक मल,विउँको सहज आपूर्तिका लागि सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

बदाम अहिले प्रति केजी डेढ सय रुपियाँसम्म बिक्री हुने गरेको छ । यसले किसानलाई केही राहत पुग्नेछ । जिल्ला भित्र डेढ सय हेक्टरमा बदाम खेती हुने गरेको तथ्याँक समितिका अध्यक्ष मौर्यले बताएका थिए ।
लुम्बिनी प्रदेशको कूल २२ लाख २८ हजार आठ सय हेक्टर क्षेत्रफलमध्ये छ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमा पाँच लाख ३५ हजार तीन सय ५१ हेक्टरमा मात्र खेती गरिएको छ । खेती गरिएको कूल क्षेत्रफलको तुलनामा सिञ्चित क्षेत्रफल ४५ प्रतिशत छ । खाद्यान्न, नगदे, तेलहन, दलहन, मसला, तरकारी, फलफूल गरी एक सय १० बालीलाई निर्देशनालयले प्रदेशमा खेती हुने बाली र त्यसलाई तथ्याङ्क समावेश गरेको कषि विकास निर्देशनालयका प्रमुख राम पाण्डेले बताए ।

हाल सार्वजनिक भएका तथ्याङ्क सन् १९८५ मा भएको भू–स्रोत नक्शाङ्कन परियोजनाले गरेको गणनाका आधारमा भएको छ । लुम्बिनी प्रदेशको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलव ४० प्रतिशत छ । सही तथ्याङ्क अद्यावधिक भए भविष्यमा हुने आयव्ययको अनुमानित लेखा सहज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?