ट्रेंडिंग:

>> दक्षिण कालिकामा कलशयात्रा, नवनिर्मित सिढीको उद्घाटन >> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव

पशुहाट गोरु विहीन

३ कार्तिक २०८१, शनिबार
३ कार्तिक २०८१, शनिबार

बाँके, ०३ कार्तिक ।
बाँकेको जानकी गाउँपालिकामा करिब २०४५ सालदेखि पशु हाट बजार लाग्दै आएको छ । पहिला राँगा, भैँसी र गोरु बराबरको संख्यामा बजारमा देखा परेपनि अहिले केही बर्ष यता गोरुको संख्या बजारमा शुन्य भएको देखिन्छ ।
२०४५ सालदेखि जानकी गाउँपालिका वडा नं. ३ को रमवापुरमा पशु हाटबजार लाग्दै आएको छ । हाट बजारमा पशु व्यापारी, किसान र होटेल व्यपारीहरू राँगा, भैंसी किन्नका लागि जाने गरेका हुन्छन् । हाट बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाड्ड, कैलाली र काठमाडौं समेतका व्यापारीहरू पुश किनमेल गर्नका लागि आउने गरेका हुन्छन । तर राँगा र भैंसी पहिला कै संख्यामा देखा परेपनि गोरु देखा पर्न छाडेका छन् ।

राँगा र भैँसीको मासु बिक्री गर्न मिल्ने तर गोरुको माशु बिक्री वितरणमा सरकारले नै मान्यता नदिएकोले गोरुको संख्या कम हुँदै गएको श्रीपशु हाट बजार व्यवस्थापन समितिका उपध्यक्ष सुदिप कुमार बर्माले बताए । हाट बजार २०४५ सालदेखि लाग्न शुरु गरेपनि २०६९ सालमा दर्ता गरेर नयाँ रूपले व्यवस्थापन गरेर सञ्चालन गरेको बर्माले बताए । उनले भने, हरेक हप्ताको शनिवार मेला लाग्ने गरेको हुन्छ । मेलामा पशु साहु र किन्ने मानिस बीच सम्झौता भएपछि समितिले प्रतिगोटा २ सयको दरले बिक्री कागजात बनाएपछि किन्ने मानिसले आफ्नो घर लैजाने गरेको उपाध्यक्ष बर्माले बताए । समितिले प्रतिगोटा २ सय लिएपनि त्यसको २५ रूपैँया गाउँपालिकालाई बुझाउनु पर्ने गाउँपालिकाले नियम लागु गरेको छ ।
पशुको व्यापार गर्न लागेको १५ देखि २० बर्ष भयो । मेला सधै यस्तै लाग्ने गरेको हुन्छ तर लकडाउनमा केही समय बजार नलागेपछि केही घाटा लागेको महाशुस भएको पशु व्यापारी प्रेम नारायण सोनकरले बताए । मलाई यही पशु व्यापार नै मन पर्छ धेरै पहिला एस. एल. सि. पास गरेको थिए । विद्यालयमा पढाउने अवसर पनि पाए तर यही व्यापार मन परेर पढाउने पेशा छोडेर पशु व्यापार गरी रहेको बताए । उनी हरेक हप्ता गाउँबाट पशु किनेर बजारमा पशु बिक्रि गर्न आउँदै गरेका हुन्छन तर गोरु भने बिक्रि किनमेल भएको नदेखेको बताए । हरेका हप्तामा ५ देखि १० हजार नाफा त कहिले घाटा भैरहेको बताए ।

करिब २०५० सालदेखि यहि पशु हाट बजारबाट आवश्यक परेको बेला किन्ने र कहिले बिक्री गर्दै आइरेको छु । हामीलाई यो पशु हाट बजार लागेर धेरै सजिलो भएको छ । हरेक हप्ता बिक्री गर्ने र किन्न पाइने भएका छौं । म मात्र होइन मेरो बुवा पनि यहि मेलामा पशु बिक्री गर्दै आइराख्नु भएको जानकी गाउँपालिका ५ का स्थानीय कुमार यादवले बताए ।

पहिला सर्लाहीबाट मानिसहरू गोरु किन्नका लागि आएपनि अहिले पछिल्लो समयमा उनीहरू पनि आउन बन्द गरेका छन् । पहिला गोरु किनमेल गर्नका लागि छिमेकी देश भारतबाट आइरहेपनि पछि गएर उनीहरू पनि आउन बन्द गरेका छन् । किसानहरूले खेत जोत्नका लागि गोरुलाई प्रयोग गरेपनि मेलामा देखा पर्दैनन् । आवश्यक परेको मानिसहरूले गाउँबाटै गोरु किनमेल गरिरहेको जानकी गाउँपालिकाका स्थानीय व्यापारी आमिरखा सोनकरले बताए । मानिसहरू मेलामा बिक्री गर्न आएपनि बिक्री नभएपछि यही आसपासमा छाडा छोडेर गईदिएको बताए ।

एक तिर एक्कासी पशु हाट बजारमा गोरु देखा नपर्नु र अर्को तिर बजार क्षेत्रमा त्यही गोरु छाडा रूपमा बजार क्षेत्रमा दुर्घटना गराईरहेको देखिन्छ । त्यही छाडा गोरुलाई धेरै गाउँपालिका तथा नगरपालिकाहरूले कान्जि हाउसमा रेखदेख गरिरहेको छ । यसरी गोरु लोप हुँदै गईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%