© २०२३
भौगोलिक, प्राकृतिक र सास्कृतिक विविधताले गर्दा नेपालका हरेक ठाउँहरु घुमफिर र अध्ययनका लागि उपयुक्त गन्तव्यहरु हुन् । नेपालको यही विविधताले गर्दा लाखांै स्वदेशी र विदेशीलाई नेपाल घुम्न मन लाग्ने बनाउछ र ति मध्ये केहि लाख पर्यटक नेपालका विभिन्न स्थानमा पुग्ने गर्छन् । अहिले पनि पर्यटन क्षेत्र नेपालमा विदेशी मुद्रा भित्राउने दोश्रो प्रमुख क्षेत्रको रुपमा रहेको छ । नेपालमा घुमफिरको लागि बिदेशी पर्यटकहरु आउने क्रम विस्तारै बढिरहेको छ र नेपालीहरु पनि आफ्नो देशभित्र घुमफिर गर्ने प्रवृति बढ्दै गएको छ । आन्तरिक र बाह्य पर्यटकहरु आउने क्रमसंगै पर्यटन क्षेत्रमा अर्बौ लगानी भैसकेको छ । हरेक जिल्लाहरुमा पर्यटनका सम्भाव्य गन्तव्यहरूको खोजी, निर्माण र प्रचार गर्ने काम समुदाय र राज्य स्तरबाट भैरहेका छन् । बसाईसराईले रित्तिदै गएका गाउँवस्तीहरुमा पर्यटन विकासको सम्भावनाले पुनर्जीवन पाउने आशा पलाएको छ । केहि फरक प्राकृतिक र भौगोलिक वनावट, फरक सस्कृति र सभ्यता हुने वित्तिकै समुदायले त्यहाँ पर्यटन विकासका सम्भावनाहरु देख्न थालेका छन् । पर्यटन क्षेत्रमा लगानी, निर्माण र पर्यटन प्रवद्र्धनमा नागरिक र व्यवसायीहरुले राज्यको सशक्त भूमिका खोजिरहेका छन् । यिनै कारणले गर्दा नेपालका दल र नेताहरुको लागि पर्यटन पनि बिकाउ मुद्धा बन्दै गएको देखिन्छ ।
चुनावी वाचामा पर्यटन
माओबादी द्वन्दले खुम्चिएको पर्यटन क्षेत्र २०७० को दशकमा निकै जुर्मुराएको छ । पर्यटनमा नागरिक चासो बढेकोले पहिलो प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७४ मा दलहरुले आफ्नो घोषणापत्रमा पर्यटनलाई समावेश गरेर सपनाहरु बाडेका थिए । नेपाली कांग्रेसले राष्ट्रका ऐतिहासिक, धार्मिक–सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र जैविक विविधताको उचित स्याहार–सम्भार र संरक्षणद्वारा पर्यटन क्षेत्रमा गुणात्मक परिवर्तन गरि दस वर्षमा नेपाल भित्रने पर्यटकहरूको संख्या ३२ लाख पु¥्याउने लक्ष्य राखेको थियो । जसको लागि पर्यटन प्रवद्र्धन गर्ने, पूर्वाधार र सुविधा नपुगेका सम्भाव्य पर्यटन स्थलको विकास गर्न लगानीकर्तालाई आवश्यक सहूलियत दिइने, नयाँ पर्यटकीय आकर्षणका रुपमा चिकित्सा, शिक्षा र चलचित्र निर्माणमा सहयोग पु¥याउन निजी व्यवसायसंगको साझेदारीलाई प्रोत्साहन गरिने, बुद्धको जन्मभूमि लुम्बिनी, सीताको जन्मभूमि जनकपुर क्षेत्र, पशुपति क्षेत्र, मुक्तिनाथ क्षेत्र, खप्तड क्षेत्र जस्ता धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरूका साथै नेपालका चार धामका रुपमा प्रतिष्ठित मुक्तिनाथ क्षेत्र, रुरु क्षेत्र, देवघाट क्षेत्र र वराह क्षेत्र जस्ता पवित्र धार्मिक स्थलहरुको पूर्वाधार विकासका लागि विशेष कार्यक्रम लागु गरिने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुलाई वर्षमा पाँच दिन घुमघाम विदा र रु. २५ हजार नगद प्रोत्साहन दिइने लगायतका पर्यटन सम्बन्धि १२ बुंदे प्रतिवद्धताहरु नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन २०७४ को आफ्नो घोषणापत्रमा उल्लेख गरेको थियो । घोषणापत्रमा तीनै तहका कांग्रेस सरकारहरुले आफ्नो कार्यक्षेत्रभित्रको ऐतिहासिक, धार्मिक–सांस्कृतिक, प्राकृतिक आकर्षणका स्रोत र सम्पदालाई आर्थिक आर्जनको आधार बनाउनेछन् भन्ने कुरालाई जोड दिइएको थियो ।
एमाले र माओबादी समायोजन नभएको भएपनि अघिल्लो संसदीय निर्वाचनमा यी दुई पार्टीहरुले संयुक्त घोषणापत्र सार्वजनिक गरेका थिए । यी दलको घोषणा पत्रमा नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने , जैविक र सांस्कृतिक विविधता एवम् प्राकृतिक सौन्दर्यको अध्ययन अवलोकनका लागि नयाँ गन्तव्यको खोजी र विकास गरिने , लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ हलेसी लगायत महत्वपूर्ण पर्यटकीय गन्तव्यको विकास गरिने, ऐतिहासिक र पुरातात्विक महत्वका स्थानको संरक्षण गरिने कुरा उल्लेख थियो । निकुञ्ज र वन्यजन्तु आरक्षण क्षेत्रहरुलाई धेरै पर्यटकहरु आकर्षित गर्ने गरी सम्वद्र्धन गरिने , प्रत्येक स्थानीय तहमा स्थानीय विशेषतासहित न्यूनतम एक पर्यटक गन्तव्यको विकास गरिने पर्यटन विश्वविद्यालय सञ्चालन गरिने, महत्वपूर्ण पर्यटकीय स्थानमा केवलकार र मोनोरेल सञ्चालन गरिने र १० वर्षमा ५० लाख पर्यटकहरू भित्राउने गरी प्रचारप्रसार, बजार प्रवद्र्धन, पूर्वाधार निर्माण र पथप्रदर्शकहरुका लागि तालिम केन्द्रहरुको स्थापना गर्ने महत्वाकांक्षी प्रतिवद्दताहरु संयुक्त घोषणापत्रमा थिए । राप्रपाले पनि पर्यटन विकास र प्रवद्र्धनलाई मुख्य चुनावी प्रतिवद्दता बनाएको थियो । पर्यटन उद्योग प्रवद्र्धनका लागि विमानस्थलको स्तरोन्नति, होटल निर्माणमा विशेष सहुलियतको व्यवस्था, पर्यटकीय स्थलहरुको भौतिक पूर्वाधारको विकास, पर्यटकहरmको आवागमनलाई सहज बनाउने आदि कार्यलाई जोड, पर्यटन शिक्षा प्रदान गर्ने , धार्मिक पर्यटन बढाइने कुरा राप्रपाले अघि सारेको थियो । यो दलले नेपाललाई साहसिक तथा आकर्षक पर्यटन केन्द्रको रुपमा विकसित गरिने, शिकार, मनोरंजनपूर्ण तथा साहसिक पर्यटन क्रियाकलापहरुलाई मौलिक संस्कृति र परम्परामा प्रतिकुल असर नपर्ने गरी नेपालका विभिन्न भागहरुमा संचालन गर्न निजी, सार्वजनिक र जनताको साझेदारीको सिद्धान्त अनुसार निजी क्षेत्रलाई प्रोत्साहन गरिने, पर्यापर्यटन विकास गर्न पर्यटन पूर्वाधार तथा सुविधाहरुको सुदृढीकरण गर्दै नयाँ पर्यटन गन्तव्य स्थलहरुको विकास गर्ने र विकासका साथै पर्यटक मैत्री वातावरण र संस्कृतिको विकास आदि कार्यलाई जोड दिईने कुरा अघि सारेको थियो । त्यसबेला क्षेत्रीय दलको रुपमा उदाएको राजपाले लुम्बिनी, जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउने, तराईमा अन्तर्राष्ट्रिय विमान स्थलहरु निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेको जनाएको थियो । चुनावको बेलामा सबै उम्मेदवारले आफुले जितेमा भ्यु टावर, हिल स्टेशन निर्माण, मठ मन्दिर र सस्कृतिको संरक्षण, तालतलैयालाई पर्यटकीय स्थल बनाउने, पुराना दरबार, गढी किल्लाहरूलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने मिठा भाषण गर्न छुटाएका थिएनन ।
चुनाव पछि विर्सियो पर्यटन
पछिल्लो ५ वर्षमा राप्रपा बाहेक सबै दलहरुले संघीय र प्रादेशिक सरकार संचालन गर्ने अवसर पाए । सत्तामा पुगेपछि भने दल र चुनाव जितेका संसदहरुले पर्यटन सम्बन्धि आफ्ना प्रतिवद्धता सम्झनु आवस्यक ठानेनन् । कांग्रेसले ३२ लाख र बामपन्थीले ५० लाख पर्यटक ल्याउने कुरा गरेपनि त्यसका पुर्वाधारहरु तयार गर्नेतर्फ ध्यान पुगेको देखिएन । एमाले–माओबादी घोषणा पत्रमा उल्लेखित धरहरा भने ठडियो । जनप्रतिनिधिहरुको ध्यान भ्यु टावर निर्माणमा केन्द्रित हुदा ठुलो रकम स्वाहा भयो । गौतमबुद्ध विमानस्थल संचालनमा आएपनि त्यसले पर्यटक ल्याउन सकेको छैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्ने सुरसार छैन । हिमाली पदयात्रा र पर्वतारोहणलाई सुरक्षित राख्ने भनेपनि त्यसतर्फ काम नहुदा धेरै पर्यटकले जोखिमपूर्ण भ्रमण गर्न र ज्यान गुमाउन बाध्य भईरहेका छन् । यातायात र अन्य पर्यटकीय पूर्वाधार नहुदा पर्यटनको अपार सम्भावना भएका रारा, डोल्पा र मुक्तिनाथ जाने पर्यटकले अनेकौ सास्ती बेहोर्नु परिरहेको छ । यस्ता समस्या न्यूनीकरण गर्न सरकारमा पुगेका र प्रतिपक्षको ध्यान पुगेन ।
५ वर्षका अनेकौ सरकारहरुले थुप्रै स्थान र सम्पदालाई पर्यटकीय गन्तब्य घोषणा गरेर केहि लगानी समेत गरे. यसले पर्यटन क्षेत्रमा केहि उत्साह थपेको छ । २० लाख पर्यटक ल्याउने भनेर नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो । विस्वब्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा त्यो कार्यक्रम संचालन हुन सकेन । लुम्बिनी प्रदेश सरकारले पनि ठुलो रकम खर्चेर लुम्बिनी भ्रमण वर्ष संचालन गरेको थियो । लुम्बिनीका ९ महिना त्यत्तिकै खेर गए भने ३ महिना कोरोनाको चपेटामा प¥यो । गण्डकी र कर्णाली प्रदेशले पर्यतक भित्राउने अभियान शुरु गरेपनि कोरोना चपेटामा प¥यो । मधेश प्रदेश जनकपुर पर्यटनमा मात्र सिमित रह्यो । रामजानकीको नाममा केहि धार्मिक पर्यटकहरु जनकपुर ल्याउन मधेश प्रदेशको प्रयास रह्यो ।
विदेशमा पर्यटन प्रवर्द्धन गर्ने घोषणापत्रमा उल्लेख गरेपनि पर्यटन बोर्डका पदाधिकारी र कर्मचारी विदेश भ्रमण गर्न जाने बाहेक पर्यटन प्रवद्र्धनका कामहरु हुन् सकेनन् । जनप्रतिनिधिहरुले पर्यटन नबुझ्दा मठमन्दिर, गुम्बा चैत्य मर्मतसम्भार, केहि मिटर पदमार्ग र पक्कि सिढी निर्माण, १÷२ कट्ठा जमिन घेरेर २÷४ दर्जन फूलका विरुवा र बस्ने बेन्च राखेर पार्क निर्माण, पोखरीलाई पक्कि बनाउने, तालमा डुंगा चलाउने, डाँडामा भ्यु टावर निर्माण, पर्यटनको सम्भावना नभएका ठाउमा होमस्टे निर्माण जस्ता काममा सरकारसंग बजेट माग्ने र खर्च गर्ने प्रवृति बढी देखियो । लुम्बिनी प्रदेशमा मात्र पछिल्ला ४ वर्षमा एक हजार भन्दा बढी टुक्रे कामलाई पर्यटनको लागि बजेट दिइयो । संघीय सरकारमा पुगेकाहरुले १४ वर्ष पुरानो पर्यटन नीतिलाई संसोधन गर्न सकेनन र प्रदेशहरुले पनि पर्यटन नीति बनाउन सकेनन । स्थानीय सरकार चलाउनेहरुले संघीय र प्रादेशिक चुनावका घोषणापत्रमा भएका पर्यटन सम्बन्धि प्रतिवद्दतालाई वास्तै नगरी पर्यटनका नाममा आफूखुशी गरेको देखियो । यी सबै गतिविधिहरुले दलहरुले गरेका पर्यटन सम्बन्धि प्रतिवद्दता कागजको खोस्टोमा मात्र सिमित रहन पुगेको देखिन्छ ।
के गर्नुपर्ला ?
संघ र प्रदेशको चुनाव आईसकेको छ । फेरिपनि उनी दल र उस्तै अनुहारहरु मिठा कुरा गर्दै भोट माग्न आइरहेछन् । घोषणा पत्रमा पर्यटनका राम्रा कुराहरु पक्कैपनि आएका छन् । तर घोषणा पत्रमा भएका कुराहरु पढेर फलानाले नेपालमा÷आफ्नो ठाउँमा पर्यटन विकास गर्नेछ भन्ने सोच्यौ भने त्यो हाम्रो मुर्खता हुनेछ । नेता र दलहरुले “ यो यो काम हामी गर्नेछौ“ भन्नुभन्दा हामीले नै “ हाम्रो क्षेत्रमा पर्यटनका यी सम्भावनाहरु छन् । यहा पर्यटक ल्याउन तपाईले के के गर्नुहुन्छ ?“ भन्ने प्रश्न गर्नुपर्छ । धेरै ठाउँमा टुरिस्ट उम्मेदवार भएकोले उनीहरुलाई आफ्नो निर्वाचन क्षेत्रको वस्तुस्थिति र पर्यटकीय सम्भावनाको जानकारी नहुन सक्छ । भोट माग्न आउनेलाई त्यसको जानकारी दिएर कार्यक्रम र बजेट पार्ने प्रतिवद्ध बनाउने काम समुदायले गर्नुपर्छ. यदि पुराना विजेता नै उम्मेदवार बनेका रहेछन भने तपाईले पर्यटनको क्षेत्रमा के गर्नुभयो? त्यसले के प्रतिफल दियो भन्ने प्रश्न समेत गर्नुपर्छ. नेपालीलाई गाउँठाउँमै आय आर्जनको अवसर दिलाएर आफ्नै देश र गाउँ ठाउँमा बस्न सक्ने बनाउने सम्भावना बोकेको क्षेत्र पर्यटन नै हो । योग्य र पर्यटन बुझ्न सक्ने उम्मेदवारले जितेर प्रदेश सभा र प्रतिनिधिसभामा गएमा मात्र नेपालका असंख्य पर्यटकीय सम्भावनाहरुको उपयोग गरि पर्यटन विकास गर्ने नीति र कार्यक्रमहरु आउन सक्छन् । यसो हुन् सकेमा मात्र पर्यटनबाट समृद्धिको धोका खुल्नेछ । [email protected]