© २०२३
बाँके, १७ असोज ।
बाँकेको राप्ती सोनारी गाँउपालिका २ कचनापुरको पुरै गाँउनै बाख्रा पालन गरेर अम्दानी गरिरहेका छन । गाउँ वारीपरि जंगल भएकाले सजिलै घाँस पाउने भएकोले बाख्रा पालन गर्न सजिलो भएको हो । गाउँ मै रहेको जननी समाजिक महिला उद्धमी महिला सहकारी सस्थाले प्रति बाख्रा ६५ रूपैयामै ५ हजार बराबरको बिमा गर्न थालेपछि गाँउका मानिसहरू थप उत्साहित भएका छन ।
बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिकामा अधिकंस क्षेत्रमा वन जंगल छ । घर छेउ वरीपरी वन जंगल भएको कारणले राप्ती सोनारी गाँउपालिका २ कचनापुरका किसानहरू बाख्रा पालन तर्फ अकार्षित भएका छन् । बाख्रा पालन गर्नका लागि गाँउमै रहेको जननी समाजिक उद्यामी महिला सहकारी सस्था बिक्रि वितरण तथा बाख्राहरूलाई चाहिने दाना उपलब्ध गराउने र प्रति बाख्रा ६५ रूपैँयामा ५ हजार बराबर बिमा गर्दै आइरहेको छ । सहकारीका सबै सदस्याहरूले बाख्रा पालन गरेर अम्दानी गरिरहेका छन् । पहिला किसानहरूले सहकारीलाई र सहरकारीले व्यपारीहरूलाई बिक्रि गर्दा बिचौलियाले नाफा खाइदिने र धेरै समय लाग्दा किसानहरूले घाटा व्यहोर्न परेको थियो । ६५ रूपैँयामै ५ हजार बराबरको बिमा गर्न पएपछि किसानहरू बाख्रा पालनमा थप उत्साहित भएको सहरकारीका अध्यक्ष गणेष खत्रीले बताए ।
कचनापुर गाँउमै भद्रविर रोकले करिब २ दशक देखि बाख्रा पालन गर्दै आइरहेको छन् । उनले बर्षिक ५ देखि ६ लाखको बाख्रा बिक्रि गर्ने गरेका छन् । उनलाई बाख्राको खोर निर्माणका लागि भेटेनरी अस्पताल तथा पशु विज्ञा केन्द्र नेपालगन्जले ५० प्रतिशत अनुदान दिएको थियो । ४ लाख लागतमा निर्माण गर्नु पर्ने खोरलाई निर्माण गर्नका लागि ५० प्रतिशतको २ लाख रकम उपलब्ध गराएको थियो । उनको छोराले पनि आफ्नो छुट्टै फार्म दार्ता गराएर बाख्रा पालन गरी रहेका छन् । बाख्रापालन गर्न निकै गह्रो रहेको छ उत्पादन भएका बाख्रा समयमा बिक्री गर्न सक्दैनौ र बढीमा बिचौलियाको हातबाट बिक्रि गर्दा घाटा प्यहोर्नु पर्ने बताए ।
गाँउका मानिसहरूले बाख्रा पालनबाट राम्रो अम्दानी गर्न थालेपछि विगत लामो समय देखि बसोबास गर्दै आएकी दिल कुमारी शर्माले पनि बाख्रा पालन शुरु गरेकी छिन उनी सँग अहिले एउटा बोयर बोका र लोकल जातका ३० बढी पाथा पाथि छन् । अहिले उनी बाख्रा र खोर निर्माणमा करिब ४ लाख लागत लागाइ सकेको बताईन । शुरूमा केही अम्दानी नभएपनि पछि गएर राम्रो हुने आशाले बाख्रा पालन व्यवसाय शुरू गरेको बताइन ।
राप्ती सोनारीका धेरै सहकारीहरूले कृषकहरू सँग साझेदारी गरेर काम गरि रहेका छन् । किसानहरूले उत्पादन गरेका खद्यान्न तथा बाख्रा, खुकुरा लगातका खरिद बिक्रि तथा वितरण गरिरहेका छन् । गाँउमै पशु चिमित्सक अपश्यक पर्ने औषधी र दाना समेत पाउन थालेपछि कचनापुरका किसानहरूलाई थप उत्साहित भएको देखिन्छ ।
यस्तै राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् ।
गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको दसैँतिहार मनाउने योजनामा रहेका छन् । यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँतिहारमा ठूलो मात्रामा खसीबोका बिक्री गर्ने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताइन् ।
‘महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छौं’, व्यवस्थापक गुरुङले भनिन् ‘यो वर्षको दसैँतिहारमा २५० खसीबोका बिक्री गर्ने लक्ष्य रहेको छ ।’
विगतमा बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन् ।
व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको व्यवस्थापक गुरुङको भनाइ छ ।
महिलाले वर्षमा अहिले १० देखि १२ सम्म खसी बिक्री गर्न थालेको उनले जानकारी दिइन् । पहिले फाटफुट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् । गाउँमा महिला समूहमा आबद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झन्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताइन् ।