© २०२३
महिना दिन पहिला सार्वजनिक जग्गालाई किर्ते गरि ब्यतिmको बनाएर मालपोत कार्यालयमा जग्गा बिक्री भएको काण्डको किनारा नलाग्दै अहिले पुनः स्थानिय तहको सिफारिस विना नै जग्गा बकसपत्र गरिएको घटना सार्वजनिक भएको छ ।सुनवल नगरपालिका १३ घिउडल्लामा स्थानिय तहको सिफारिस नै नमागी जग्गा रजिष्ट्रेसन भएको हो । मालपोत कार्यालय नवलपरासीका कर्मचारीको मिलोमतोमा स्थानिय तहको सिफारिस विना नै जग्गा राजिष्ट्रेन भएको छ । अंश पाउने छोराले जग्गा पाउनु पर्नेमा बुहारीको नाउमा हालैको बकसपत्र पास भएको पिडित छोराहरूले बताएका हुन् । सुनवल १३ घिउडल्ला (साविक रामनगर गाविस ४÷घ) को कित्ता नं.२३७ को १ कट्ठा १२ धुर (०—१—१२) जग्गा स्थानिय ज्ञान प्रसाद पाण्डेको नाउको थियो ।
उनका दुई छोरा अरूण र नेत्रलालको नाममा नगरि कार्यालयका कर्मचारी मिलोमतोस्थानिय तहको सिफारिस बिना नै अरूणको पत्नि सुमित्रा पाण्डेको नाउमा यही भदौ ६ गते पास गरि अख्तियार दुरूपयोग भएको वडा अध्यक्ष कृष्ण प्रसाद देवकोटाले पत्रकार सम्मेलन गरि जानकारी गराए ।
उनका अनुसार मालपोत अधिकृत कृष्ण गौतम, खरिदार धर्मराज पंजियार र लेखापाढी ब्यवसायी बाबुराम अर्यालको मिलोमतोमा काम भएको वार्ड अध्यक्ष देवकोटाले जनाए । जग्गा रजिष्ट्रेस गर्दा नाता प्रमाणित छैन, वार्ड अध्यक्ष देवकोटाले पत्रकार सम्मेलनमा भने, घर गोठ सिफारिस पनि छैन, स्थानिय तहम बुझाएको रसिद पनि छैन । कसरी मालपोतमा जग्गा पास भयो ? संलग्न कर्मचारीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने उनको भनाई थियो ।
जग्गा पास भएपछि प्रमुख मालपोत अधिकृत शिवध्वज अधिकारीलाई कसरी स्थानिय निकायको सिफारिस विना जग्गा पास भयो ? भनेर प्रश्न गर्दा मात्र उनले कर्मचारीहरूले गल्ति गरेको स्वीकार गरेका थिए । पछि लेखनदास अर्याल सहित अधिकृतहरू वडा कार्यालयमा आएर अघिल्लो मितिमा सबै कागजात र सिफारिस गरि सहयोग गर्नुस भन्दै उनीहरूले आग्रह गरेका थिए ।
तपाईले हामीलाई सहयोग गरिदिनुस हामीले पनि तपाईलाई सहयोग गरौला, भने पछि आफुले तिनीहरूलाई यहाँ बाट अब कुनै सिफारिस हुँदैन,भनेर फर्काएको बताए ।
पहिला पनि सरावल गाउँपालिका–१ स्थित करोडौं मुल्यको सार्वजनिक जग्गामा रहेको सामुदायिक वन, खेल मैदान र कब्रिस्थान भएको जग्गालाई किर्ते गरि उद्योगको नाउमा बिक्री गरिएको थियो । सो बारे अहिले अख्तियारले सबन्धित कर्मचारी र कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।