ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

जनताको आसा र भरोसाको पार्टी नेकपा एमाले हो – खिमलाल भट्टराई

२९ भाद्र २०८१, शनिबार
२९ भाद्र २०८१, शनिबार

भैरहवा, २९ भदौ ।

नेपाल कम्युनिस्ट पार्टी(एमाले)का पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले जनताको आशा र भरोसाको पार्टी नेकपा एमाले भएको बताएका छन् ।

नेकपा एमाले सिद्धार्थनगर नगरपालिका वडा नं ८ को शुक्रबार भैरहवामा भएको दोश्रो अधिबेशनमा बोल्दै भट्टराईले जनताको आसा र भरोसा नेकपा एमालेमै र एमालेको नेता केपी ओलीमा रहेको बताउंदै भट्टराईले आज प्रधानमन्त्री मात्रै भएर होइन कि देशलाई सहि नेतृत्व गर्न सक्ने नेता भएकाले केपी ओली प्रती जनताको बढी बिश्वांस भएको बताए ।

अंक गणितको हिसाबले नेकपा एमाले दोस्रो भएपनि जनमतको हिसाबले नेकपा एमाले पहिलो पार्टी भएको भट्टराईको भनाइ थियो । देश चलाउन नीति बिचार, कार्यक्रम, दृष्टिकोण चाहिन्छ दलिय ब्यबस्थामा इमानदार, क्षमतावान कार्यक्रता चाहिन्छ त्यो नेकपा एमालेमा छ । भट्टराईले भने, “अन्य पार्टीबाट र कांग्रेस बाट सम्भव छैन सरकारमा कांग्रेस एमाले संगै भएपनी कांग्रेससंग गोल गर्ने मिशन छैन संसदीय हिसाबले दोस्रो भएपनि जनमतको हिसाबले हामी पहिलो पार्टी हौं“ उनले भने ।

वडा अधिबेशनमा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी, प्रदेश सदस्य बिश्वराज बराल(अनुप) नेकपा एमालेका जिल्ला उपाध्यक्ष हित राज पन्थी, सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापा लगायतले मन्तब्य राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी(एमाले) सिद्धार्थनगर वडा नं ८ को अधिबेशनबाट थानेश्वर पान्डे (प्रकाश) को नेतृत्वमा १५ सदस्यीय नयाँ वडा कमिटी गठन भएको छ ।

जसको उपाध्यक्षमा बिष्णु पौडेल, सचिवमा सिर्जना जोशी, उप सचिबमा द्वय पदम कुवंर, नाथु चाइ निर्बाचित भए । त्यसैगरी सदस्यहरुमा सरिता परियार, नोबेल आचार्य, कृष्ण प्रसाद चौधरी,सुमित्रा बराइली, गौरब पोख्रेल, कृष्ण प्रसाद भट्टराई, सजीव श्रेष्ठ, सबिता गैरे खनाल, सन्ध्या श्रीवास्तब, कोपिला कुवंर निर्बिरोध निर्बाचित भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अध्यक्ष मण्डलकी अध्यक्ष सीता काफ्लेले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?