ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा
३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता

गोर्खा ब्याईज क्लबको विजयी शुरुवात

२ आश्विन २०८१, बुधबार
२ आश्विन २०८१, बुधबार

बुटवल, २ असोज । रुपन्देहीको पुरानो र प्रतिष्ठित झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको ३६ औ संस्करणमा गोर्खा ब्याईज क्लबले विजयी शुरुवात गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा कुन्जलापुरस्थित उमा निमाबिको फुटबल मैदानमा भएको उद्घाटन खेलमा गोर्खा ब्याइजले भुपुसैनिक युवा क्लबलाई ६—२ गोलको बिहाल अन्तरले पराजित गरेको हो ।

एकतर्फी खेलमा गोर्खा ब्याइज क्लबका सुनिल खड्काले खेलको ९ औ मिनेटमा हेडमार्फत गोल गर्दै खाता खोले । खड्काले खेलको १६ औ मिनेटमा वन भर्सेज वनमा अर्को राम्रो अवसर भने गुमाए । गोर्खाका सुनिल खड्काको प्रहार भुपुका गोलकिपर दर्पण सिन्त्यानले रोके । खेलको २० औ मिनेटमा गोर्खा ब्याईजका अंकित सिजापतिले आकर्षक गोल गरे । खेलको २५ औ मिनेटमा निराजन खत्रीले तेस्रो गोल गरे । खेलको ४५ औ मिनेटमा निशान्त न्यौपाने टिमलाई चौथो गोल गरे । खेलमा दोस्रो हाफमा निराजन खत्रीले ब्यक्तिगत दोस्रो तथा टिमलाई पाचौ गोल गरे । निराजन खत्रीको पासमा सुनिल खड्काले छैटौ गोल विजयी गोल गरे । खेलमा भुपुसैनिकका सुरेश कुमाल र सन्देश श्रेष्ठले गोल गरेका थिए । खेलको सन्देश श्रेष्ठले डिबक्सबाहिरबाट गरेको प्रहार जाली चुम्यो । खेलको २८ औ मिनेटमा भुपुका सुरेश कुमालले डिबक्सबाहिरबाट हानेको प्रहार गोलपोष्टमा लागेर फर्कियो । खेलमा गोर्खा ब्याईजका क्याप्टेन निराजन खत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले उद्घाटन गरेका छन । क्लबहरुको पु्र्खाका रुपमा पहिचान बनाएको छ । तिलोत्तमा नगरपालिका युवा खेलाडीहरुलाई सम्मान गर्ने, खेल पुर्वाधारमा जोड दिने प्रतिवद्घता जनाउदै खेलको हबका रुपमा विकास गर्ने बताए । भिजिट लुम्बिनी, स्टे तिलोत्तमा नारासहित खेल पर्यटनको रुपमा पालिकालाई चिनाउने गरि अभियानम सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए । नगरकै सभ्य, संस्कार बोकेको कुन्जलापुर बासिन्दा खेल विकासमा महत्वपुर्ण योगदान दिदै आएको उनले बताए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार), उपप्रमुख जागेश्वरी चौधरी, क्लबका पुर्व अध्यक्ष छत्र बहादुर दर्लामी, झरना स्पोर्टस क्लबका अध्यक्ष धनेन्द्र पौडेलले खेल विकासमा सरकारबाट सहयोग जरुरी रहेको बताए । विहिबार नवयुवा खेलकुद तथा सास्कृतिक परिवार र कपिलबस्तु– ११ का बिचमा खेल हुने खेल संयोजक बिजय पुनले बताए । तिलोत्तमा भेट्रान्स फुटबल अभियानले प्रतियोगिता संचालन गर्न क्लबका अध्यक्ष पौडेललाई पाच वटा फुटबल हस्तान्तरण गरेका छन ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?