© २०२३
दाङ,२ असोज ।
राप्ती साहित्य परिषद्का पूर्वअध्यक्ष, बरिष्ठ साहित्यकार उपमहानगरपालिका १८ मसिना निवासी गिरिराज शर्माको ८४ बर्षको उमेरमा आज दिउँसो ३. १५ बजे बुटवलमा उपचारको क्रममा दुःखद निधन भएको छ ।
केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका शर्मालाई आज विहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । उनको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ । शर्माको पार्थिक शरीर आज साँझ घोराही १८ मसिनास्थित निवासमा पुर्याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।
उनको अन्त्येष्टि भोलि विहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने परिवारले जानकारी दिएको छ । नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका बरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।
उनी निवृत्त शिक्षक पनि हुनुहुन्छ । शर्मा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माका बुवा हुन । उनका चार छोरी र एक छोरा छन् ।