ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

बाबुको किरिया बसे दिदीबहिनी

२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार

दाङ, २८ भदौ ।

बाबुको मृत्युपछि आमा सविता वलीसँगै किरियामा बसेका दुई छोरी आकृति र स्मृतिलाई समवेदना दिन आउनेको शुभचिन्तकको घुईंचो छ । जेठी छोरी आकृतिले कक्षा १२ भरखरै पास गरेकी छन् भने कान्छी छोरी स्मृति कक्षा ११ मा अध्ययनरत छिन् । उनीहरुका सहपाठी र आफन्त मात्रै होइन आकृति र स्मृतिले गरेको सहास र हिम्मतमा एक्यबद्धता जनाउन, प्रोत्साहन सहित साथ समर्थन दिन यहाँका सामाजिक अभियान्ता, मानवअधिकारकर्मीलगायत विभिन्न समुदायका मानिसहरु भेटघाटमा आइरहेका छन् ।

बुवाआमाको मृत्युपछि छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई तोड्दै घोराही उपमहानगरपालिका वडा नम्बर १७ पनौराका यी दिदी–बहिनी दिवंगत बुवाको किरियापुत्री बसेका हुन् । विगत २ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित ४५ वर्षीय नारायणबहादुर वलीको यही भदौ २३ गते निधन भएको हो ।

वलीको निधनपछि १८ वर्षीया आकृति र १७ वर्षीया स्मृतिले बुवाको दागवत्ति दिने र आफै किरियामा बस्ने निर्णय लिए । बुवाले आफुहरुलाइ सधैं छोरा सरह व्यवहार गरेर रेखदेर र हेरचाह गरेको स्मरण गर्दै जेठी छोरी आकृतिले आफ्नोे कर्तव्य पूरा गरिरहेको बताइन् । समाजमा छोरा नै चाहिन्छ भन्ने मान्यतालाई चिर्दै अगाडि बढेको बताइन् ।

हामीले बुवा बिरामी हुँदादेखि नै रेखदेख र स्याहार सुसार गयौं किरिया पनि आफै गरौ भनेर दिदीबहिनीले सल्लाह गयौं आमाले पनि साथ सहयोग दिनुभयो अनि किरियाको काम गरेका हौ, उनले भनिन् । बुवाको निधनपछि छोराले मात्रै किरिया बस्नुपर्छ भन्ने पुरातन मान्यतालाई चिर्दै दुई दिदीबहिनी आफ्नो बुवाको निधनपछि अहिले किरिया बसेर सन्तानको कर्तव्य पूरा गरिरहेको बताइन् ।

“बुवाले सानैदेखि छोरा छोरी समान हुन् भन्ने सिकाइन् । बुवाले दिएको सँस्कार अनुसार नै हामी किरियामा बसेको छौँ”, आकृति भन्छिन् । सन्तान भनेकै दुई छोरी भएकाले बुवाले गरेको माया र त्यागप्रति सम्मान गर्दै किरिया बस्ने निर्णय लिएको आकृति बताउछिन् ।

छोरीहरु बाबुको किरियामा बसेपछि मृतक वलीकी पत्नी सवितालाई पनि आत्मसन्तुष्टी मिलेको छ । ‘श्रीमान् गुमाउँदाको मनमा पिडा छ तर छोरीहरुले आफूलाई साथ दिएकाले मन भुलाउन सकेकी छु ’, सविताले भनिन् । बाबु बिरामी भएदेखि स्याहार सुसारमा निकै खटेका आकृति र स्मृतिको व्यवहार र बुवाप्रतिको सम्मानले छोरा भएनन् भन्ने सोंच आफूलाई कहिल्यै नआएको बताइन् ।

सामाजिक अभियन्ता टानबहादुर बन्जाडेले छोराछोरी बराबरी भएका कारण नानीले बुवाको किरिया आफै गर्ने भनेर अघि सरेपछि परिवारले पनि सहर्ष स्वीकार गरेर साथ दिएको बताए । समाजमा प्रायः छोराहरु नै बाबुको किरिया बस्नुपर्छ भन्ने रुढीबादी र गलत संस्कार छ तर आकृति र स्मृतिले गलत सँस्कार तोडेर नयाँ सन्देश दिएका छन् । ‘छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता छ, तर यी छोरीहरुले समाजलाई नयाँ सन्देश दिएका छन्’ बन्जाडे भन्छिन् ।

छोरीहरुमाथि गरिने साँस्कृतिक विभेदको अन्त्यका लागि छोरीहरु नै अगाडि बढ््नुपर्ने अधिवक्ता निर्मला सुवेदी बताउछिन् । एकातिर धार्मिक परम्परा र संस्कारलाई पनि निरन्तरता दिँदै जाने, अर्कातिर छोरा र छोरीमा संस्कारजन्य विभेद पनि कायम गर्दै जाने कारणले गर्दा पनि हिन्दु धर्म र परम्पराप्रति औँला ठडिने क्रम बढेको उनको दाबी छ ।

महिला मञ्चद्धारा ऐक्यवद्धता

पितृसत्तात्मक सोँचमा परिवर्तन ल्याउन आकृति वली र स्मृति वलीले आफ्ना पिता नारायणबहादुर वलीको काजकिरिया गर्न थालेकोमा उच्च प्रशंसासहित सामाजिक रुपान्तरणका लागि महिला मञ्चले ऐक्यवद्धता प्रकट गरेको छ ।

बिगत ५ वर्षदेखि छोराछोरी बाराबरी भन्ने मान्यतालाई आत्मसाथ गरि दाङमा रहेका छोरीका आमाहरु संगठित भइ खोलिएको संस्थाले काम गर्दै आएको छ । सस्थाले छोराछोरी बराबरीको कुरालाइ अगाडि बढाउने काम गरेको संस्थाकी अध्यक्ष सुशीला आचार्यले बताइन् । छोराछोरी बराबरी र उनीहरूलाई हेर्ने दृष्टिकोण पनि सकारात्मक हुनु जरुरी रहेको बताइन् । एउटै कोखबाट जन्मिएका छोरीले बुवाआमाको किरिया गर्न नमिल्ने भन्ने हुँदैन, अब समाजको सोंच परिवर्तनका लागि आकृति र स्मृति जस्ता छोरीको आवश्यक छ उनी भन्छिन्, पितृसत्तात्मक समाजलाई छोरीहरुले चुनौती दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?