ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

अपाङ्गता भएका बालबालिकालाई स्थानीय सरकारले दायित्व लिनुपर्ने

२४ भाद्र २०८१, सोमबार
२४ भाद्र २०८१, सोमबार

बुटवल, २४ भदौ ।

अपाङ्गता भएका बालबालिकाको संरक्षण स्थानीय सरकारको दायित्व भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । परिवारमा एक जना सदस्य मात्रै अपांगता भएपनि अर्को एकजना सहयोगीको आवश्यकता पर्ने हुदा बिभिन्न किसिमले परिवारको दैनिक जनजिवनमै असर पर्ने उनीहरुले बताएका हुन् ।

सुस्त मनस्थिति बाल विद्यामन्दिर बुटवल र रोटरी क्लब अफ तिनाउ बुटवलको संयुक्त आयोजनामा सोमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा आयोजना गरिएको बौद्धिक तथा शारिरीक तथा अपांगता भएका बालबालिकालाई व्हिलचेयर वितरण कार्यक्रममा बोल्दै अपांगता भएका सदस्य र परिवारलाई राज्यले विशेष संरक्षण गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा बौद्धिक तथा शारिरीक अपागंता भएका ३ जना बालबालिका बुटवल ११ की उजला पाण्डे, बुटवल १३ का रोशन परियार, बुटवल १६ की प्रतिन्जा रेग्मीलाई तीन थान व्हिल चेयर वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ तिनाउका एजी हिमाल गैरेले सुस्त मनस्थिति बालविद्या मन्दिर र रोटरीको उद्देश्य एउटै भएको बताए । गैरेले साझा उद्देश्य बोकेका संस्थाहरुले यसरी संयुक्त कार्यक्रम गर्दा धेरै अपांगता भएका ब्यक्तिहरुसम्म व्हिल चेयरको पहुँच पुग्न सक्ने बताए । राज्यले यस्ता विशेष व्यक्तिहरुका लागि आवश्यक सहयोग र संरक्षणमा ध्यान दिन जरुरी रहेको बताए ।

बुटवल वडा नम्बर १३ का वडा सदस्य लालबहादुर गुरुङले अपांगता भएका बालबालिकाको संरक्षणका लागि वडाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले आगामी दिनमा यस्ता प्रकृतिका कार्यक्रममा गर्दा रोटरी क्लब र बिद्यालयसंग सहकार्य गर्ने बताए ।

रोटरी क्लब अफ सेन्ट्रल बुटवलका प्रेसिडेन्ट इलेक्ट पुरन ज्ञवालीले रोटरीको उद्देश्य भनेकै समाजसेवा गर्ने भएकाले पनि हरेक दुखमा, पिडा र विपदका बेला रोटरी कुनै न कुनै माध्यमबाट समाजमा जोडिएको बताए ।

रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष रमिला शर्माले रोटरी तिनाउले हरेक बर्ष अपांगता भएका ब्यक्तीहरुलाई व्हिल चेयर वितरण गर्दै आएको बताउदै रोटरीको थिम भित्र रहेर बार्षिक कार्ययोजना अन्र्तगत कार्यक्रम आयोजना गरिएको बताइन् ।

सुस्त मनस्थिति बाल विद्यामन्दिर बुटवलले गरेको तथ्यांक अनुसार बुटवल उपमहानगरपालिका भित्र बौद्धिक तथा शारिरीक अपांगता भएका ८१ जना बालबालिका रहेको विद्यामन्दिरका प्रधानाध्यापक तथा रोटरी क्लब अफ् तिनाउ बुटवलका सर्भिस प्रोजेक्ट चेयर मिना भुसाल पाठकले बताए ।

पाठकका अनुसार बिद्या मन्दिरले बुटवल संगै गैडहवा गाउँपालिका, मायादेबि गाउँपालिकाका पालिकाको जिम्मेवारीका सेन्टर नै सञ्चालन गरेको, शुद्धोधन गाउँपालिका र सैनामैना नगरमा पनि शिक्षकहरु खटाएर सेवा प्रवाह गरिरहेको छ ।

पाठकले हाल बाल विद्यामन्दिरले बालबालिकाका लागि घरदैलो कार्यक्रम अन्तर्गत व्यावहारिक ज्ञान, फिजियोथेरापी, व्यावसायिक सिप, अभिभावकलाई तालिम जस्ता कार्यहरु दैनिक कर्मचारी खटाएर गर्दै आएको बताए ।

सुस्त मनस्थिति बाल विद्या मन्दिरका संस्थापक कोषाध्यक्ष चन्द्रमान श्रेष्ठले बुटवलमा रहेर लामो समयदेखि अपांगता भएका बालबालिकको क्षेत्रमा शिक्षा संगै सेवा गरिरहेको बताए । यस्ता सामाजिक कार्यगर्न सबै क्षेत्रको साथ र सहयोग रहनुपर्ने अपेक्षा राखे ।

बाल विद्यामन्दिरका अध्यक्ष लोकनाथ भुसालले अपांगता भएका ब्यक्तीहरुको संख्या हेरी प्रत्येक वडामा सेन्टरको आवश्यकता रहेको बताए । अपांगता भएका ब्यक्तिहरुलाई हिड्डुलमा समस्या हुने, सहयोगीको आवश्यकता पर्ने, सुरक्षा, संरक्षणका हिसाबले पनि धेरै अप्ठ्यारा समस्या पर्ने हुँदा स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने बताए ।

उनले नेपालको संविधान–२०७२ मा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगार लगायत आधारभूत कुराहरू मौलिक हककै रूपमा उल्लेख भएपनि ब्यवहारमा लागु नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?