© २०२३
नवलपरासी, १२ भदौ ।
जिल्लाको सुस्ता गाउँपालिकाले ‘सुस्ता नमुना ताल’ को सफाई कार्य अगाडि बढाएपछि अहिले जलासयमा तालको स्वरूप देखिन थालेको छ । गाउँपालिकाले करिब ३० लाख खर्चेर गण्डकी नदीले बहाव परिवर्तन गरि बनेको जलासय (छाडन) सफाई गरेर तालको स्वरूप दिन थालेको हो ।
लुम्बिनी प्रदेश सरकारसँग पनि सो जलायस ब्यवस्थित गरि ताल बनाउने योजना अगाडी सारेको थियो । त्यसै प्रयोगविहीन रहेको जलासयलाई ब्यवस्थित गरि तालको स्वरूप बनाउने र पर्यायर्टन,जलविहार लगायतका पर्यटन गतिविधि गर्ने गरि गाउपालिकाले काम गर्न शुरु गरेको छ । ताल नयाँ स्वरूप पाउँदै गर्दा स्थानीयमा पनि उत्साह थपिएको स्थानिय लख्खु यादवले बताए । सुस्तालाई तालले नयाँ पहिचान गराउने छ, उनले भने, त्यसै खेर गई रहेको जलासयलाई तालमा परिवर्तन गरि पर्यापर्यटन बढाउनमा हामी विश्वस्त छौं । गाउँपालिका भित्र रहेको करिब डेढ सय विघाको जलासयलाई तालको रूपमा संरक्षण गर्नका लागि काम थालेको छ । सुस्ता गाउँपालिका कुडिया र नर्सही गाउको विचमा रहेको जलासयलाई तालको रूपमा ब्यवस्थित गर्नका लागि लुम्बिनी प्रदेश सरकारसँग १० करोड रकम माग गरिएको सुस्ता गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले थिए ।
तर थोरै रकम विनियोजन भई आए पनि क्रमशः काम गर्दै जाने लक्ष्य अनुसार नै काम अगाडी बढेको उनको भनाई थियो । बर्षाै देखी गण्डक नदीको छाडन भनेर चिन्ने गरिएको उक्त जलासयमा गोही लगायतमा बिभिन्न जलचरहरू रहेका छन् । पटेरले भरिएको छ । सो जलासयलाई जैविक विविधताको संरक्षण गर्दै तालको रूपमा परिणत गरिने छ । जहाँ पर्यापर्यटनका लागि पनि धेरै पर्यटक आउन सक्ने स्थानियको अनुमान छ । विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि केही काम गरेको थियो । विचमा बेवारिसे जस्तै भयो । अहिले गाउपालिका र प्रदेश सरकारले यसमा काम गर्न लागेको छ ।
वेवारिसे सो जलासय ताल र सिमासारको रूपमा विकास हुनेछ, यो एउटा विश्वसम्पदामा जान सक्ने सम्भावना देखिएको छ । ब्यवस्थापन पछि सिमसार सम्बन्धी रामसार महासन्धि अनुसार सुचिकृत हुने र विश्व सम्पदाको स्वरूप पाउनेमा उनले विश्वास व्यक्त गरे । सुस्ता गाउँपालिकालाई पर्यापर्यटन र जैविक विधिताको पहिचान गराउने छ । स्थानियलाई आर्यआर्जनको माध्यम पनि हुनेमा उनले विश्वास ब्यतm गरे । स्थानीयबासीले धेरै बर्षदेखि यो जलासयको संरक्षण गरि ताल बनाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए । तर हुन सकेको थिएन् । अहिले स्थानिय सरकारको रूपमा रहेको सुस्ता गाउँपालिकाले निर्णय गरि अग्रसरता लिएको छ ।
ताललाई ब्यवस्थित गर्नका लागि आफु लुम्बिनी प्रदेशसँग निरन्तर लागेको सो क्षेत्रमा लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) देवकरण कलवार(सन्तु)ले बताए । यो बर्ष पनि ३० लाख रकम बजेट विनियोजन भएको छ । सुस्ता पुल, भगवान गौतम बुद्धको महाभिनिष्क्रमण स्थल अनेमा घाट (ठाढीघाट), सुस्ता ताल,सतपति तथा मदारबाबा लगायतका स्थान जोडेर पर्यटकिय करिडोरको रूपमा विकास गर्ने गरे आफु लागेको दाबी गरे । उनले सबै क्षेत्रमा केही न केही बजेट विनियोजन गरिएको छ, उनले भने, बजेटले मात्रै नभई स्थानीय सरकार र स्थानियबासी पनि पर्यटकिय क्षेत्र बनाउन, प्रचारप्रसार गर्नमा अग्रसरता लिनुपर्छ । बजेट खोज्ने र बजेट खर्चने काम गरेर मात्रै पर्यटन क्षेत्रको विकास सम्भवन नहुने बताउँदै सम्बन्धित क्षेत्रलाई स्थानीय संस्कृति, परम्परा तथा आर्थिक उपार्जनका माध्यम समेत बनाई स्थानीय लाग्नु पर्छ ।
स्थानियबासीको माग अनुसार नै सो जलासयलाई सिमासार र सुस्ता नमुना तालको रूपमा चिनाउनका लागि गाउपालिकाले काम शुरु गरेको छ । एकिकृत रूपमा जलासयको पहिलो चरणमा सिमाँकन गर्ने र तत्पश्चात यसलाई गुरुयोजना बनाई काम पनि गर्दै लैजाने रहेको छ । गण्डक नदीले विगत बर्षमा आफ्नो धार परिवर्तन गरि पश्चिम तर्फ फर्केको थियो । पछि गण्डक बाँध बाधेर नदीको धार पूर्वतर्फ फर्काइयो । त्यही बेला देखी सो क्षेत्र जलासयको रूपमा रहेको छ । स्थानिय स्तरमा त्यसलाई छाडन भनेर चिन्ने गरिएको छ । छाडन भनेको गण्डक नदीले आफ्नो मुलधारबाट छाडेर गएको जलासय हो । त्यसमा जलचारहरूको बास बनेको छ । सो जलासयमा साईबेरियन लगायत विदेशी चराहरू समेत आउने गरेका छन् । करिब १० देखी १५ मिटर गहिराई भएको अनुमान गरिएको छ । प्राकृतिक रूपमा रहेको उक्त जलासय आयआर्जनको स्रोत पनि बन्ने र सिमासारको रूपमा रहने गरि पर्यापर्यन गराउने गरि सजाउने योजना रहेको गाउँपालिकाको रहेको छ ।
सुस्ता गाउँपालिकाको मात्रै सम्पदा रहेको छ, ब्यवस्थित गरेर यसलाई राष्ट्रिय सम्पदा बनाउदै विश्व सम्पदामा समेत सुचिकृत गराउने गरि गाउँपालिका लाग्ने उनको भनाई थियो । गण्डक नदीले छाडेको जलासय भएको हुदा सो जलासयमा जल अभाव पनि नहुने अवस्था हुन्छ । गण्डक नदी हिम नदी हो । सो नदीमा पानी अभाव कहिलै हुदैन् । नदीकै पानी चुहिएर(सिपेज) भई सो जलासय भरिभराउ रहने छ । जलासयमा जल विहारसँगै अन्य खुल्ला मत्यपालन समेत गर्ने सम्भावना पनि उत्तिकै रहेको छ, तर पहिला तालमा रहेका झाडी सोतरहरू सफा गरेर तालको स्वरूपमा फर्काउन पर्छ । अनि मात्र सम्भाब्यताको आधारमा अन्य काम गर्दै जानु पर्ने विज्ञहरूको भनाइ रहेको छ ।