ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

‘फिल्टरिंग ड्याम’ बन्ला त किसानलाई बरदान ?

९ भाद्र २०८१, आईतवार
९ भाद्र २०८१, आईतवार

सल्यान, ०९ भदौ ।
जलवायु परिवर्तनले ग्रामीण भेग सम्म पारेको विभिन्न प्रभावलाई नकार्न सकिदैन । हाम्रो कृषि प्रणालीमा असर देखि प्राकृतिक विपद्का श्रृंखलाबद्ध घटनाहरूले जलवायु परिवर्तन भइरहेको प्रस्ट छ । पानी पर्ने समय, मात्रा र अन्तरालमा भैरहेको परिवर्तन एवम् अतिवृष्टि र अनावृष्टि जलवायु परिवर्तनकै कारण भएको विभिन्न अध्ययनले देखाइसकेको छ । पहिले–पहिले लगाउने गरेका बाली आजकल लगाउँदा उत्पादन नहुनु या कम हुनु, पहाड र हिमाली क्षेत्रमा समेत लामखुट्टेको प्रकोप देखिने, उच्च पहाडी र हिमाली क्षेत्रमा रहेका घाँसे मैदान मरुभूमीकरण हुँदै जानु, तापक्रममा बृद्धि भइरहनु जलवायु परिवर्तनका सूचक हुन् ।
अनियमित वर्षा र तापमानमा बृद्धि लगाएतका जलवायु परिवर्तनका कारणले गर्दा सल्यान लगाएतका पहाडी भूभागमा माथिल्लो क्षेत्रबाट भलबाढी बगेर आइ किसानहरूको खेतबारीमा क्षति पु¥याउने जस्ता समस्या देखिएका छन् । माथिल्लो भेगबाट बगेर आउने पानीलाई तल्लो भेगमा कृषिमा प्रयोग गर्ने गरिन्छ । तर उच्च वर्षाको समयमा पानीको वहाव धेरै हुने भएकाले वर्षाको भेलसंगै बगेर आउने अनावश्यक वस्तुहरू बालुवा, ढुंगा, पातहरूले गर्दा कृषियोग्य जमिनमा हानी पु¥याइरहेको छ । बगेर आएका अनावश्यक सामग्रीले खेतबारी पुरिने वा कृषिबाली विगार्नेमात्र नभइ पानीको वहावले माटो बगाउने, माटोले पानी सोस्न नसकेर माटोको चिस्यान घट्ने समस्या श्रृजना भएका छन् । यस किसिमको समस्याबाट गुज्रीरहेका सल्यानका किसान एवं विपन्न वर्गका नागरिकहरूलाई अनुकुलित बन्नका लागि छेकबाँध (फिल्टरिंग ड्याम) निर्माणमा जोड दिइएको छ । विशेष गरेर जलवायु परिवर्तनको बढी असर देखापरेका कुमाख गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न क्षेत्रमा ससाना छेकबाँधहरू निर्माण गरिएका छन्, जुन स्थानीय श्रोत साधनको प्रयोगबाट निर्माण भएका छन् ।

पानीको वहावसंगै बगेर आउने अनावश्यक वस्तुहरूलाई कृषियोग्य भूभागको माथितिरै रोकेर आवश्यक पानी मात्र बग्न दिनका लागि फिल्टरिंग ड्याम प्रभावकारी मानिएको कुमाख गाउँपालिकाका स्थानीयहरू बताउँछन् । कुमाख, २ रुमालगाउँका रुद्र बहादुर शाहीले भुक्षय तथा स–साना पहिरो रोकथाम गर्न र खेतबारीको संरक्षणका लागि आफ्नो वडाका विभिन्न खोल्सीहरूमा गरिएको छेकबाँधले फाइदा पु¥याएको जनाए । यस्तै कुमाख २ कइनकाँडामा डिले राना भन्छन्, ‘वर्षायाममा पानी पर्दा माथिबाट ढुंगा, मुढा, माटो, बालुवा, पात पतिंगर बगाएर जोडसंग भेलबाढी आउँछ । यसले तलतिर निकै ठूलो क्षति पुर्याउँछ । यस्तो क्षति रोक्न र माटोमा चिस्यान कायम राख्न पनि फिल्टरिंग ड्यामले मद्दत गर्दाेरहेछ ।’

कुमाख गाउँपालिकाको वडा नं २ मा हाल सम्म करिव ६० वटा फिल्टरिंग ड्याम निर्माण गरिएका छन् । ‘यो वर्ष ४ ठाउँमा ड्यामहरू निर्माण भए’, वडा अध्यक्ष इश्वरी शाहीले अघि भने, ‘अघिल्ले वर्ष ५ ठाउँ र त्यसको अघिल्लो वर्ष पनि ५ ठाउँ गरेर जम्मा १४ ठाउँमा ६० वटाजती फिल्टरिंग ड्यामहरू हाम्रो वडामा बनेका छन् । यसले वडाबासीलाई धेरै फाइदा पु¥याएको छ ।’

जलवायु अनुकुलनमा यसले कसरी सहयोग गर्छ ?
फिल्टरिंग ड्याम भनेको पानीको बहावलाई नियन्त्रण र व्यवस्थापन गर्न बनाइएको बाँध हो । यस प्रकारको बाँधमा ठाडा गल्ली, खोला खोल्सी जस्ता पानीको स्रोतमा पानी जम्मा गरेर त्यसलाई क्रमिक रूपमा बाहिर निकाल्छ । फिल्टरिंग ड्यामहरू सामान्यतया पानीको बहावलाई बिस्तारै बाहिर निकाल्ने गरी डिजाइन गरिन्छ, जसले तल्लो भूभागमा हुने क्षति कम गर्न सक्छ ।
फिल्टरिंग ड्यामले जलवायु अनुकूलनमा निम्न विभिन्न तरिकाबाट सहयोग गर्दछ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनले बाढी तथा भेल पानी तिब्र रूपमा बग्ने समस्या आउने गरेको छ । फिल्टरिंग ड्यामले पानीलाई बिस्तारै बाहिर निकालेर तल्लो क्षेत्रहरूमा बाढीको जोखिम घटाउन मद्दत गर्छ, जसले समुदायहरूलाई सुरक्षित राख्ने मात्र नभइ तल्लो क्षेत्रको कृषियोग्य जमिनको संरक्षण गर्दछ । बनगाड कुपिण्डे नगरपालिका, ६ स्थित लेकवेशी सामुदायीक वन समूहका उपभोक्ता तुल्सीराम थापाले कृषियोग्य जमिनको माथितिर बनको खोल्सीहरूमा छेकबाँध निर्माण गरिएको बताए । ‘विगतमा माथितिर सडक खन्दाखेरी वर्षायाममा भेल आएर हाम्रो खेतसमेत क्षति भयो’, उनले भने ‘त्यसरी भेलमाटो बगेर आउने स्थानमा फिल्टरिंग ड्याम बनायो भने अनावश्यक सामाग्री रोकिने रहेछ, पानी पनि विस्तारै तलतिर बग्ने रहेछ ।’ ढुंगा, माटो प्रयोग गरेर छेकबाँध गरिएको जनाउँदै उनले यसका अलावा बनको घेरबार, पोखरी निर्माण, वृक्षारोपण जस्ता कार्य गरिएको जनाए ।
जलवायु परिवर्तनले वर्षाको मात्रा र ढाँचामा परिवर्तन ल्याइरहेको छ । पानीको धेरै वहाव भएमा माटो बगाउने तथा माटोमा चिस्यान नरहने समस्या हुने भएकाले फिल्टरिंग ड्यामले पानी संचित गरेर राख्न मद्दत गर्छ । कृषिबालीका लागि यसले खडेरीको समयमा आवश्यक पानीको आपूर्ति सुनिश्चित गर्न सक्ने र जसले कृषिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । यस्तै अचानक आएको ठूलो पानीले माटोको कटान बढाउनेगरेको स्थानीयहरू बताउँछन् । यस्तो अवस्थामा फिल्टरिंग ड्यामले पानीको बहावलाई नियन्त्रण गरेर माटोको कटान कम गर्नेगरेको बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ मैदुकी स्थानीय चन्द्रा बुढाको अनुभव छ । उनका अनुसार पहिले किसानको जग्गा कटान संगै पहिरोको समेत जोखिम हुनेगरेकोमा छेकबाँध निर्माण पश्चात जोखिम धेरै कम भएको छ ।
फिल्टरिंग ड्यामले खेती योग्य जमिनलाई संरक्षण गर्न र दीर्घकालीन खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि निकै ठूलो मद्दत गर्ने अपेक्षा गरिएको छ । यस्ता छेकबाँधले गर्दा वर्षायाममा बगेर आएको पानी रोकिने र विस्तारै जमिनभित्र पानी पस्ने गरेकाले सुख्खायाममा पनि चिस्यान कायम भइरहने तथा तलका मूल संरक्षणमा समेत टेवा पुगेको मैदु निवासी टोपेन्द्र खड्का बताउँछन् । जलवायु परिवर्तनका कारण हुने पानीसम्बन्धी जोखिमलाई घटाएर फिल्टरिंग ड्यामले कृषि, ऊर्जा उत्पादन, र अन्य आर्थिक क्रियाकलापलाई स्थिर राख्न सहयोग पु¥याउने र यसले दीर्घकालीन आर्थिक अनुकूलन र समृद्धिमा योगदान दिने तथा फिल्टरिंग ड्यामले पानीको बहावलाई सावधानीपूर्वक व्यवस्थापन गरेर प्राकृतिक पारिस्थितिक प्रणालीलाई बचाउन सहयोग गर्ने भएकाले जलवायु परिवर्तनबाट उत्पन्न हुने चुनौतीहरूको सामना गर्न र दीर्घकालीन अनुकूलन सुनिश्चित गर्नका लागि पारिस्थितीकिय प्रणालीमा आधारित अनुकुलन आयोजना अन्तर्गत जिल्लाका विभिन्न स्थानमा फिल्टरिंग ड्यामहरू निर्माण गरिएको जिल्ला आयोजना संयोजक डाक्टर दिगम्बर सिंह दाहालले जनाए ।

कसरी निर्माण गरियो फिल्टरिंग ड्याम ?
जलवायु परिवर्तनले प्रभाव पारेको क्षेत्र तथा भविष्यमा असर पर्न सक्ने क्षेत्रमा छेकबाँधहरू निर्माण गरिएको छ । कुमाख गाउँपालिकाको वडा नं २ तथा बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर १, ४, ५, ६ र ७ का स्थानीयहरूले गरेको माग एवम् जमिनको भिरालोपन, वर्षा पानीको वहाव र माटोको संरचना जस्ता भौगोलिक अवस्थालाई ख्याल गरेर फिल्टरिंग ड्यामहरू निर्माण गरिएको ईबीए कार्यक्रमले जनाएको छ । बनको पुनरोत्थान तथा माटो, पानी संरक्षण एवम् कृषियोग्य जमिनको संरक्षणका लागि बनजंगको एरिया, खोल्सी तथा गल्लीहरू एकिन गरेर मोटामोटी सवा चार मिटर चौडाइका ड्यामहरू निर्माण गरिएको डा. दाहालको भनाई छ । उनका अनुसार माथिल्लो भेगबाट भेलबाढी बगेर आउने स्थानहरूमा स्थानीय श्रोतसाधन र सीपको उपयोग गरेर छेकबाँधहरू निर्माण गरिएको हो । पहाडी क्षेत्रहरूमा ढुंगा र माटो सजिलै उपलब्ध हुन्छ । यी सामग्रीहरू संगै वातावरणीय रूपमा उपयुक्त देखिएको स्थानमा काठहरू पनि छेकबाँधमा प्रयोग गरिएको छ । काठको उपयोग केही संरचनात्मक कार्यहरूमा गर्न सकिने भएता पनि यसले वातावरणीय प्रभावको विश्लेषण गरी सोचविचार गर्न आवश्यक रहने प्राविधिक जानकारहरू बताउँछन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं १ मा बुरेलीडाँडा चरण क्षेत्र विकास कार्यक्रम अन्तर्गत बाँस, ढुंगा, माटो लगाएतका सामग्री प्रयोग गरेर खोल्सी र चिरा परेको ठाउँमा छेकबाँध निर्माण गरिएको स्थानीय बालकृष्ण सुनारले जनाए ।
फिल्टरिंग ड्याम निर्माण गर्दा स्थानीय सीप र ज्ञानको पनि उपयोग गरिएको थियो । परम्परागत निर्माण प्रविधि र आधुनिक इञ्जिनियरिङ्ग ज्ञानको संयोजनमा ड्याम निर्माण गर्न सकिएमा यसले निर्माण लागत घटाउँने र समुदायको आर्थिक अवस्थामा पनि सकारात्मक प्रभाव पार्ने वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती बताउँछन् । उनी भन्छन्, ‘समुदायकै सहभागितामा बाँधहरू निर्माण भएकाले पारिश्रमिक स्वरूप प्राप्त रकम पनि गाउँमै रहने हुँदा आर्थिक रूपमा पनि टेवा पुग्ने, कृविायोग्य जमिन पनि संरक्षण हुनेभयो । फिल्टरिंग ड्यामलाई अनुकुलनको उपायको रूपमा लिन सकिन्छ ।’यस कार्यमा समूह निर्माण गरेर सामुदायीक सहकार्य मार्फत योजनाहरू सञ्चालन गरिएको थियो । सहकार्यबाट निर्माण कार्यलाई सहज बनाउन सकिने, स्थानीय समुदायको सहभागिता बढाउने र परियोजनामा स्वामित्वको भावना विकास गर्ने भएकाले पनि यस तर्फ विशेष ध्यान दिइएको ईबीए परियोजनाले जनाएको छ ।

स्थानीय समूह र सामुदायिक वनलाई उत्तरदायी बनाइदै
भिरालो क्षेत्रका खहरे खोला तथा खोल्सीहरूमा निर्माण गरिएका बाँधहरूको दुबै तर्फ बगेर आएका ढुंगा तथा बालुवा थुप्रन सक्ने ठाउँको व्यवस्था गरिएका छन् । यस कार्यमा घाँसका विरुवा तथा अन्य विरुवा रोप्ने जस्ता क्रियाकलाप पनि सञ्चालन भएका छन् । छेकबाँध निर्माण गर्दा डिजाइन र योजना कार्यान्वयमा विशेष ध्यान दिइएको ईबीए परियोजनाले जनाएको छ । परियोजनाका अनुसार जल प्रवाह र भूभागको विश्लेषण, स्थानीय जलवायु र पर्यावरण तथा मर्मत सम्भारलाई ध्यान दिइएको छ । ड्याम निर्माण संगै पोखरी निर्माण तथा वृक्षारोपण कार्यमा स्थानीय समूह र सामुदायीक बनलाई बढी उत्तरदायी बनाइएको बनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख पुरुषोत्तम आचार्यले जनाए । फिल्टरिंग ड्याम बनाउनु अघि पानीको प्रवाह र भूगोलको गहन अध्ययन जरुरी रहेको र यसले ड्यामको संरचना, आकार, र स्थान निर्धारण गर्न मद्दत पुर्याउदछ । निर्माणको क्रममा स्थानीय जलवायु र पर्यावरणीय अवस्थालाई ध्यानमा राख्नुपर्छ । छेकबाँध दीर्घकालसम्म टिकाउ रहोस् र वातावरणमा न्यूनतम नकारात्मक प्रभाव परोस् भन्नका लागि पनि स्थानीय जलवायु र पर्यावरणीय अवस्थालाई ध्यान दिनुपर्ने प्राविधिक जानकारहरू बताउँछन् ।
यस प्रकारका ड्यामहरू स्थानीय समुदायहरूको लागि महत्वपूर्ण समाधान भएको भन्दै बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले यसले विशेषगरी ग्रामीण क्षेत्रहरूमा जल संरक्षण र बाढी नियन्त्रणमा सहयोग पु¥याउने बताए । तर निर्माण गरिने ड्यामहरूलाई बलियो, दिगो र टिकाउ बनाउनका लागि केही प्रतिशत अन्य सामग्री पनि प्रयोग गर्न पाउनुपर्ने उनको भनाई छ । बुढाथोकी भन्छन्, ‘केही ठूला खोला वा खोल्सीमा पनि वेगसंग आउने भलबाढीले ड्याम बगाएर लैजाने सम्भावना देखियो । यसका लागि ग्याबिन बक्स वा अन्य केही बलियो बनाउने सामग्री प्रयोग गर्न सकिएमा राम्रो हुन्थ्यो ।’

भविष्यलाई सुरक्षित राखौँ
ड्याम निर्माण पछि पनि त्यसको नियमित मर्मत सम्भार आवश्यक हुन्छ । यसमा स्थानीय समुदायको सहभागिता महत्वपूर्ण मानिन्छ । स्थानीयहरूको नियमित मर्मतसम्भारले गर्दा ड्याम दीर्घकालसम्म प्रभावकारी रहन सक्छ । स्थानीय समुदायको सक्रिय सहभागिताले ड्यामको मर्मत सम्भार र दीर्घकालीन प्रभावकारिता सुनिश्चित गर्न सकिन्छ । जसका लागि स्थानीय समुदायलाई ड्याम निर्माण र यसको महत्वको बारेमा जानकारी दिने र तालीम दिने कार्य नियमित हुन जरुरी छ । यस्ता परियोजनाहरूले सल्यान जस्ता पहाडी भेगको जल व्यवस्थापनमा ठूलो योगदान पु¥याउन सक्छ र जलवायु परिवर्तनको असरलाई कम गर्न सहयोगी हुन सक्छ । अवका दिनमा जलवायु जोखिम झनै बढ्ने भएकाले पानी, भल, पहिरोलाई कम गर्दै कटान रोक्नका लागि अथवा माथीबाट आउने पानीको जोडबल कम गर्न महत्वका साथ फिल्टरिंग ड्याम निर्माण कार्यलाइ प्रोत्साहन गर्नुपर्ने पारिस्थितीकिय प्रणालीमा आधारित अनुकुलन कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक टोप बहादुर खत्रीको धारणा छ ।
फिल्टरिंग ड्यामहरू पानीलाई संचित गर्ने र यसलाई तल्लो क्षेत्रमा बग्नबाट रोक्न सहयोग गर्छन्, जसले गर्दा अत्यधिक वर्षाका समयमा बाढीको जोखिम कम हुन्छ । साथै, यी ड्यामहरूले पानीलाई क्रमशः रिसाइकल गरी भूमिगत जल पुनर्भरण गर्न पनि मद्दत पु¥याउँछन्, जसले गर्दा सुख्खा समयमा पानीको उपलब्धता हुन्छ । यस किसिमका संरचनाहरू दिगो कृषि अभ्यास र जलवायु परिवर्तनको प्रभावलाई कम गर्नका लागि विशेषगरी उपयोगी मानिएका छन् । ड्यामको प्रभावकारिता र स्थायित्व सुनिश्चित गर्नका लागि यसलाई निर्माण गर्दा स्थानीय समुदायको सहभागिता र दीर्घकालीन योजना आवश्यक देखिन्छ । फिल्टरिंग ड्यामहरू जलवायु अनुकूलनको एक स्थायी र दीर्घकालीन समाधानको रूपमा ग्रहण गर्दै जिल्लाका अन्य क्षेत्रमा पनि निर्माण गर्न आवश्यक छ । समुदायको सक्रिय सहभागिता र वैज्ञानिक दृष्टिकोणबाट विकास गरिएका यस्ता संरचनाहरूले भविष्यलाई सुरक्षित राख्न मद्दत पु¥याउनेछ । प्राकृतिक स्रोतहरूको संरक्षण र विवेकपूर्ण उपयोग नै जलवायु संकट सामना गर्ने हाम्रो मुख्य उपाय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?