ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

तानसेनको निम्ता

९ भाद्र २०७५, शनिबार
९ भाद्र २०७५, शनिबार

गोविन्द भट्टराई

तानसेन पाल्पाको सदरमुकाम हो । तर अचेल चर्चामा पोखरा, बुटवल, लुम्बिनी रहेका छन् । यदि तत्कालीन पाल्पाली कर्णेल उजीरसिंह थापाको कमाण्डमा अंग्रेजको पल्टनसंग युद्ध गर्न गएको नेपाली फौज जीतगढी किल्लामा हारेको भए वा त्यसले आत्मसमर्पण गरेको हुन्थ्यो भने दार्जिलिङ्गजस्तै लुम्बिनी बुटवल क्षेत्रले यतिबेला नेपाली भाषा र प्रान्तको मान्यताका लागि युद्ध गर्नुपर्ने थियो । यो कल्पनामा सत्यता

छैन, किनकी यी क्षेत्र अहिले नेपालकै हो । बरु राष्ट्रिय अखण्डताको लडाइ लड्ने पाल्पा अचेल अन्य क्षेत्रको दयामा बाँच्नुपरे झँै निरिह बन्न पुगेको छ । यसो भन्दा पाल्पामा जन्मेका तर हाल पाल्पाइतर क्षेत्रमा घरजम गर्नेहरूलाई रिस उठ्न सक्ला तर यथार्थ हो पाल्पाले जन्माएका धेरै वीर, चर्चित, दिग्गज आदि इत्यादि पगरी गुथेका पूर्व पाल्पालीको उपेक्षा सहन बाध्य छ पाल्पा तानसेन । पाल्पा जेष्ठनागरिक आश्रमजस्तै बन्न पुगेको छ अन्य क्षेत्रको चहलपहलको तुलनामा । भैगयो यो पीडा यहीँ छाडौँ ।
अचेल अमेरिका अनि युरोपका राजदूत भनेपछि शाष्टाङ प्रणाम गर्छन् नेपाली नेता र प्रशासक । तर इतिहास भन्दछ आम पाल्पाली मात्र होइन, अधिकांश नेपाली नागरिकको स्वाभिमान उचो राख्ने काममा तत्कालीन पाल्पा गौंडाका तैनाथवाला कर्णेल उजीरसिंहले महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । रणउजिरेश्वरी भगवतीलाई साक्षी राखेर अंग्रेज साम्राज्यवादलाई परास्त गर्ने कसम खाएका कर्णेल उजीरसिंहले बरदान पूरा भएको खुसीयालीमा तानसेनमा रणउजिरेश्वरी भगवतीको प्रसिद्धि बढाए । आज पनि राष्ट्रिय पर्वको रूपमा मनाइने रणउजिरेश्वरी भगवती जात्रा पाल्पामा मनाइने जात्राहरूमध्ये सबैभन्दा ठूलो जात्रा हो ।
इतिहास भन्दछ यो जात्रा उत्सव नेपाल राष्ट्रको अस्तित्व, अस्मिता र स्वाधीनतास“ग जोडिएको छ । अर्थात् राष्ट्रिय अस्मितासँग यसले सरोकार राखेको छ । पाकाहरूका अनुसार यो जात्रा १८७७ देखि शुरू भएको हो । हाम्रो नेपालको गौरवपूर्ण इतिहास र संस्कृतिलाई यो जात्राले सूचना प्रवाह गरिरहेको तथ्य छिपेको छैन । हामीलाई अवगत भएकै कुरा हो हरेक चाडपर्व, जात्रा, उत्सवको उत्पत्तिका पछाडि खास किसिमको भौतिक पृष्ठभूमि रहेको हुन्छ । प्रगतिशील साहित्यकार तथा इतिहासविद् झपेन्द्र जीसीका अनुसार–“ भगवती जात्राको प्रारम्भस“ग नेपाल अंग्रेज युद्ध (सन् १८१४–१८१६) को पृष्ठभूमि, सुगौली सन्धि, नेपालले मेचीपारि दार्जिलिङ क्षेत्र र महाकाली पश्चिम कुमाउ गढवाल क्षेत्र गुमाउनु परेको राष्ट्रिय व्यथा पनि छ साथसाथै नेपाल अंग्रेज युद्धको बेला पाल्पाली कर्णेल उजीरसिंह थापाको अगुवाइमा पाल्पाली जनता र यस आसपासका जनताहरूको सहभागितामा नुवाकोट र बुटवल जितगढीमा अत्याधुनिक हातहतियारले सुसज्जित अंग्रेज फौजलाई सामान्य हातहतियारका सहायताले अंग्रेजलाई परास्त गरेको गौरवपूर्ण विजयगाथा पनि छ । वि.सं. १८६१ जेठ २० गते राजा रणबहादुर शाह र प्रधानमन्त्री भीमसेन थापाको योजनामा अमरसिंह थापा, वीरभद्र र दलभञ्जन पाण्डेको फौजले पाल्पा राज्यलाई नेपाल राज्यमा एकीकरण गरेको थियो । पाल्पा अन्तर्गतको बुटवल जिल्ला र शिवराज क्षेत्र हालको लुम्बिनी अञ्चलको तराई क्षेत्र स्वभावैले नेपालको हुने नै भयो, तर, यसमा अंग्रेजको आपत्ति रह्यो । उनीहरूले बुटवल र शिवराज क्षेत्र अवध राज्यबाट पाल्पाले करद राज्यका रूपमा प्रयोग गरेकोले यो क्षेत्र नेपालको हुन सक्दैन अवध राज्यको भएको हु“दा नेपालले सन् १८१४ मार्च ११ का दिन २५ दिनमा बुटवल र शिवराज खाली गर्न अल्टिमेटम दियो । नेपालले इन्कार गरेपछि इस्टइन्डिया कम्पनी सरकारले बुटवलमा १ ठाना चौकी र शिवराज (कपिलवस्तु ) मा ३ ठाना चौकी स्थापना गरेर करदस्तुर उठाउन थाले । विस्तारवादी अंग्रेजको यो मिचाहा प्रवृत्तिलाई नेपालीले इन्कार गरे । सा.ना. अमरसिंह थापाको आदेशमा २९ मई १८१४ (१८७१) मा उक्त ठाना चौकी ध्वस्त गर्नुकासाथै पाल्पाको प्रशासन शुरू हुन्छ । स्मरणीय छ बुटवल र शिवराज मुकुन्दसेन प्रथमको पालादेखि नै पाल्पाको थियो । मुकुन्द सेन प्रथमको मृत्यु भएपछि उनका भाइ भतिजा छोराहरूले एकीकृत विशाल पाल्पा (पूर्वमा जल्पाइगुडी, पश्चिममा कुमाउ गढवाल र दक्षिणमा ग·ा नदीसम्म रहेको) राज्यलाई अंश लगाएर माणिक्य सेनले पाल्पा, विनायक सेनले मकवानपुर, राम सेनले रिसिङ, कुवेर सेनले राजपुर (चम्पारन हाल भारत), खड्ग सेनले मडरियामा राज्य सञ्चालन गर्दै आएको हु“दा पनि बुटवल र शिवराज अवधको स्वामित्वमा थियो भन्ने स्वतः खण्डन हुन्छ । तर, हाम्रा इतिहासकारहरूले अंग्रेज इतिहासकार बुचामन हेभिल्टनलाई उदृत गर्दै बुटवल र शिवराज अवध राज्यका तर्पmबाट पाल्पाले मोहियानीमा भोग चलन गरेको भनेर लेख्दै आएका छन् जुन सोह्रैआना गलत र बिडम्वनापूर्ण छ । यसरी नेपालले चौकीथाना ध्वस्त गरेर नेपाली प्रशासन चलाउन थालेपछि अंग्रेजले वि.सं. १८७१ कार्तिक ४ (सन् १८१४ नोभेम्बर १) मा युद्धको घोषणा गरे । वि.सं. १८७१ असोजमा पाल्पाली प्रशासक अमरसिंह थापाको निधनपश्चात् प्रमुख प्रशासक र सैनिक कमाण्डर भई कर्णेल उजीरसिंह थापा पाल्पा आए । राजधानी काठमाडौंमा भएको भारदारी सभाका अधिकांश सदस्यले बुटवल र शिवराज क्षेत्र अंग्रेजलाई सुम्पेर सन्धि गर्ने मत राखे भने भीमसेन थापाले सियो बनेर छिर्ने र हात्ती भएर निस्कने, वितण्डता मच्चाउने चाल भएकाले उक्त क्षेत्र अंग्रेजलाई सुम्पन नहुने र बाध्यतावश हामी युद्धमा होमिनुपर्ने मत जाहेर गरेपछि मातृभूमिको रक्षार्थ युद्ध गर्ने तयारी भयो । अंग्रेजले नेपाललाई ४ ठाउ“बाट आक्रमण गर्ने योजना बनाए । जनरल अकटरलोनीको नेतृत्वमा सुदूर पश्चिम नेपालमा आक्रमण गर्ने, मेजर जनरल मार्लेको नेतृत्वमा मकवानपुरबाट काठमाडौं आक्रमण गर्ने र जनरल सुलिमान उडको नेतृत्वमा बुटवलबाट पाल्पा आक्रमण गरी राजधानी काठमाडौंतिर अघि बढ्ने योजना अंग्रेजले अगाडि बढाएको थियो । जनरल उडस“ग अत्याधुनिक हतियारसहित ४ हजार सैनिक थिए भने नेपालतर्फ कर्णेल उजीरसिंह थापाको नेतृत्वमा लगभग दुई हजार सेना थिए । तर, उक्त सेनालाई सहयोग गर्ने स्थानीय जनसहभागिताको संख्या हजारौं थियो ।
युद्ध दुई पटक भयो । पहिलो युद्ध १८७१ पौष २२ र दोस्रो युद्ध १८७२ बैशाखको पहिलो हप्तादेखि शुरू भयो । नेपाली सेनाले स्थानीय पाल्पाली जनसहभागितामा दुवै पटक अंग्रेजलाई परास्त गरे । दोस्रो पटक त नेपाली पक्षले अंग्रेजलाई लखेट्दै लोटनसम्म पु¥याएको वीरतापूर्ण इतिहास छ । युद्ध नुवाकोट र जितगढीमा भएको हो । बुटवल गढीको नाम जितगढी हुनुका पछाडि जितेको वा विजय प्राप्त गरेको प्रमाणिक इतिहास छ ।
युद्धमा जानुपूर्व उजीरसिंह थापाले अंग्रेजलाई युद्धमा जित्न सक्ने बर देऊ, जितेपछि तिम्रो सम्झनामा विशाल मन्दिर बनाउनुकासाथै सिन्दूर जात्रासहित रथ यात्रा गर्ने भाकल गरेबमोजिम १८ बाहु भएकी भगवतीको मूर्ति स्थापना गरिएको हो । गजुरसहित तीनतले मन्दिर निर्माण कार्य १८७२ देखि १८७६ मा पूरा भएपछि १८७७ आषाढ १९ गते एउटा निर्णय गरियो । त्यो निर्णय थियो त्यही १८७७ भाद्र कृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् नवमीदेखि रथ यात्रा गर्ने । तद्उपरान्त यो भगवती जात्रा पाल्पा जिल्लाको तानसेनमा आजसम्म हु“दै आएको छ । यो जात्रामा प्रमुख जिल्ला अधिकारी, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, राजनीतिकर्मी, जनप्रतिनिधिलगायत ठूलो जनसमुदायले भाग लिने गर्छन् । राजकीय सम्मानका साथ अष्टमीका राति मन्दिर परिसरमा रथलाई ३ पटक परिक्रमा गराइन्छ भने नवमीका दिन बजार परिक्रमा गराइने प्रचलन कायमै छ । यो नेपालको गौरवपूर्ण जात्रा हो । पाल्पामा जात्रा संस्कृतिको शुभारम्भ कर्ताको श्रेय युद्ध नायक एवम् युद्ध विजेता कर्णेल उजीरसिंहलाई जान्छ ।”
पुरानो पाल्पाको रौनक अर्कै थियो । अब पाल्पाली पुर्खाको पौरखका आडमा भाषण गरेर बसेका छन् भन्दछन् बाहिरबाट जानेहरू । झण्डै ३ दशकदेखि शिक्ष, स्वास्थ्य र पर्यटनको नारा लगाएपनि, विभिन्न गोष्ठी भए पनि तानसेन पाल्पाको पर्यटकीय सम्भावना उजागर हुने अभियान अझै शुरु भएको छैन । यद्यपि तानसेन नगरप्रमुख अशोककुमार शाहीले केही त गर्नुपर्छ अब भनेर प्रेरित गरेपछि पूर्व जनप्रतिनिधि तथा विकासविद् नारायण कोइरालाले स्थानीय सरकार प्रमुख र सरोकारवालाहरू जुटाएर हालसालै सार्थक बहस चलाए । संयन्त्र बन्ने तरखरमा छ । अब केही हुन्छ कि ? जीसीका शब्दमा–“भगवतीको पूजा व्यवस्थापन र रथ यात्रा समेतका लागि उजीरसिंह थापाले गुठीको व्यवस्था समेत गरेका थिए तर पछिल्ला दिनमा गुठीलाई रैकरमा परिणत गर्ने आवाज आउनु, स्रोत परिचालन नहुनु, पुराना गहनाको अवस्था गुपचुप रहनु, टीका भेटीको राम्रो रेकर्ड राख्ने उपयुक्त व्यवस्था नहुनु, पुजेरी र अन्य सहयोगी कामदारलाई उचित पारिश्रमिक नतोकिनु जस्ता कमजोरी देखिन्छन् । आजको नया“ परिवेशमा नया“ व्यवस्थापनको खा“चो छ । पूजेरी होस् वा पुरोहित उसलाई उचित पारिश्रमिकको व्यवस्था गरेर भेटी, दक्षिणा दानलाई वैज्ञानिक अभिलेखीकरण गरेर जानुपर्ने देखिन्छ । अन्य जात्रा पर्वहरू जनस्तरबाट मात्र सञ्चालित छन् । सबै जात्रा महोत्सवलाई उचित व्यवस्थापन गरेर जानसके पाल्पा जिल्लाले सांस्कृतिक पर्यटन उद्योगबाट मनग्ये आम्दानी गर्न सक्ने देखिन्छ । इतिहास, धर्म संस्कृतिलाई नया“ किसिमले व्यवस्थापन गरेर जानसके गौरव बढ्ने छ । त्यसैले सम्बन्धित सरोकारवाला पक्षले संस्कृतिलाई पर्यटन व्यवसायस“ग जोड्ने गरी योजना थाल्नु प¥यो ।” भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदय मन्दिरको हालसम्मको अवस्थाबारे यसपटकको जात्राअगावै पत्रकार सम्मेलनमार्फत् सार्वजनिकीकरण गर्ने बताउनु हुन्छ । उदयले यसपटक जात्रामा सबैलाई निम्तो गर्नु भएको छ । राष्ट्रिय स्वाभिमानसँग जोडिएको हुनाले यसपटक राष्ट्रप्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत उपस्थितिका लागि निमन्त्रणा गरिएको तानसेन नगरप्रमुख अशोककुमार शाहीले बताउनु भयो ।
रणउजीरेश्वरी भगवतीको २०० औ“ रथयात्रा हु“दै
रणउजीरेश्वरी भगवती तानसेनको २ सयौँ रथयात्रा भव्य रूपमा आयोजना गरिने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताउनु भयो । भदौ १८ गते हुने रथयात्रामा सम्माननीय राष्ट्रपतिको सहभागिताका लागि तानसेन नगरपालिकाको तेस्रो नगरसभाले प्रस्ताव पारित गरेर निमन्त्रणा पठाएको नगर प्रमुख अशोककुमार शाहीले बताउनु भयो । भगवती गुठीले समेत राष्ट्रपति लाखेनाच, जीतगढी युद्धको डकुमेण्ट्री प्रस्तुत, नेपाली सेना, प्रहरी, सेन्टकपितानियो र पाल्पा आवासीय विद्यालयको व्याण्ड, नेपाली बाजासहितको नृत्य, भजन, कीर्तन, झाँक्री रथयात्राको दिनका आकर्षण छन् । चन्द्रजीत राजेन्द्र स्मृति भवन हस्तान्तरण, नयाँ रथ हस्तान्तरण हुनेछ भने रथयात्राको नयाँ लोगो तयार गरिएको गुठीका अध्यक्ष उदयले बताउनु भयो । तपाई हाम्रा आफन्त र साथीभाइलाई समेत रथयात्रामा नछुटाऔं है । अंग्रेज साम्राज्यवादलाई परास्त गर्न सघाएको विश्वासमा पाल्पालीले श्रद्धा गर्ने रणउजिरेश्वरी भगवती जात्रामा सम्पूर्ण स्वाभिमानी नेपालीलाई पाल्पा तानसेनले निम्तो गरेको छ । पाठकहरू पनि आउनुस् है ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?