© २०२३
मथुरा पिया
बन्दीपुरमा जन्मे, हुर्केका कृष्णलाल पिया आफ्नो जवानीमा नारायणघाट झरे । नारायणघाट पुगेपछि कृष्ण बन्धु भए । कृष्णबन्धु हुनुमा कहानी छ । आफ्नै सगोलबीच तीनजना कृष्णलालहरू भए । यसले समस्या निम्तायो । खास मानिसलाई भनि पठाएका निमन्त्रणा कार्ड वा कुनै बस्तु अर्कै मान्छेको हातमा पर्न थाल्यो । चिठीपत्र, अखबारहरू यताको उता, उताको यता पर्न थाल्यो । समस्या जटील बन्यो । यसलाई मध्यनजर गरेर तीनैजना कृष्णलालहरू एक ठाउ“मा बसेछन् । छलफल गरे । उनीहरूले निष्कर्ष निकालेर एकजनाले आफ्नो नामको पछाडि बन्धु राखे, अर्काले भुषण राखे, एकजनाले फेर्नुपर्ने आवश्यक परेन । लालको ठाउ“मा लाल नै भए । समस्या सुल्झियो । यहा“ मैले छोएको विषय हो “कृष्ण बन्धु” पियासँग । लोकनारायण तथा कुसुमा देवीको कोखबाट जन्म लिन पुगेका कृष्णबन्धु दयालु, सहयोगी र दानी स्वभावका थिए । कम बोल्ने, सुस्त बोल्ने पहिलो भेटमै जो कसंैसंग व्यवहारिक बन्न सक्ने उनको खुबी थियो ।
कृष्णबन्धु पिया नाताले मेरो काका पर्छन् अथवा पर्थे । पिया थरका नेवार भित्र हामी ठाइँलो क्याटागोरीमा पर्छाैं । मर्दा पर्दा नभै नहुने, हरेक चाडपर्वमा आशिर्वाद थाप्न घरघरमा जानुपर्ने चलन छ । भोज भतेरहरू जस्तो कुसुभोय (भोज) कलवेभोय, देउपूजा भोय, म्हपूजा भोय, ब्याहा भोय, वारा भोय, जंकु भोय, बेल विवाह भोयको लागि एकै थलोमा बसिन्छ । उहिलेदेखिको यो परम्परा अहिलेसम्म पिया परिवारमा विद्यमान छ । गुठी पुजाको भोजमा दाजुभाइहरू सुकुलमा लस्करै बस्दछन् । र, जेष्ठताको आधारमा बोकाको टाउकोको भेराइटीहरू जस्तो आ“खा, कान, नाक, थुतुनो, जिब्रो, चिउ“डो टोकन अफ लभको रूपमा दाजुभाइलाई बाँड्ने चलन छ । तर पनि हामी दुईबीच भेटघाट भने पातलै थियो । जीवनमा अनेकौ परिस्थिति झेल्नु पर्दोरहेछ । दुःख सुख रोगव्याधी सबैले सामना गर्नुपर्दछ । घर व्यवहार, परिस्थितिले मान्छेलाई देश विदेश पुग्नुपर्ने बाध्यता बन्दछ । म पनि त्यस्तै सेरोफेरोमा परेँ । बन्दीपुर आफ्नो जन्मस्थलभन्दा पर बुटवल मेरो कर्मक्षेत्र बन्न पुग्यो । त्यहा“कै वातावरण र समाजमा घुलमिल हुन पुगेँ । हाल ट्राभल्स बिजनेसमा कार्यरत छु । त्यस्तै काका कृष्ण बन्धु पियाको पनि कर्मक्षेत्र नारायणगढ हुन पुग्यो । नारायणगढमा सुरुमा उनले किनारा दुकान खोले । मटितेल बेच्ने काम गरे । कपडाको होलसेल काम गरे । हेटौँडा कपडाको डिलर लिए । चितवन ट्राइगर बस पनि चलाए । पछि प्लाष्टिक उद्योग खोले । हाल उनको प्लाष्टिक प्याकेजिङ र प्रिन्टिंगको काम छ । व्यवसाय अलवा बन्धु पियाले सामाजिक क्षेत्रमा पनि धेरै ठूलो फड्को मार्नु भएको छ । हाल नारायणगढको मेनरोडमा घर भएका ८३ बर्षे बन्धु पिया समाजको हितकारी व्यक्ति हुन् । जसले समाजमा केहि गरेका छन् । तिनै कार्यहरूबाट समाज अभिप्रेरित र कृतज्ञ बनीसकेको छ । सत्कार्यमा उनले नेतृत्वदायी भूमिका खेलेका छन् । विभिन्न उद्देश्यकाखातिर स्थापित संघ संस्थाहरूलाई आफ्नो क्षमताले भ्याएसम्म समयका विभिन्न आयामहरूमा क्रियाशील बनाए जुन गति अहिलेसम्म निरन्तरता पाएको छ, उनी आध्यात्मभाव आफु पनि दीक्षित हु“दै अरूलाई पनि दीक्षित बनाउ“दै मानव मात्रको शान्तिको बाटोमा इट्टा थपे । आध्यात्म चिन्तनलाई समाजमा भलाई हुने विद्यालय खोल्ने, पुस्तकालय सञ्चालनमा टेवा दिने, बृद्धाश्रम स्थापनाजस्ता कार्यहरूमा लागे । उनले संस्थाहरूको विकासकाखातिर कोषको व्यवस्थापन गर्न मन्दिर पार्टी निर्माणमा लागे । उदाहरणको रूपमा नारायणगढमा भएका संघ संस्थाहरूमा उनको योगदानबारे संक्षेपमा यहा“ उल्लेख छ ।
उनी नारायणी खेलकूद मण्डलको आजीवन सदस्य छन् । उनकै पहलमा “ए” डिभिजन फुटबल विकास रनिङ शिल्ड तयार भएको हो । उद्योग वाणिज्य संघमा धेरै बर्ष अध्यक्षको कार्यभार सम्हाले । संस्थापक सचिवको पदमा रहि धेरै कार्यकाल बिताए । बाबाको नाममा संघको हलमा कोठा निर्माण गरिदिए । संघको व्यवसायिक भवन जुन शहिद चौकमा छ उनकै सक्रियतामा निर्माण भएको हो । संघको कार्यालय माथि पुस्तकालय स्थापन गर्नमा पनि उनले ठूलो भूमिका खेलेका थिए । बाबा लोकनारायण पियाले निर्माण गरेका हरिहर मन्दिरमा आफू सञ्चालन समितिको सदस्यमा बसी मन्दिरको स्याहार सुसारमा दत्तचित्त भए । अन्य धेरै मन्दिरहरूको लागि आर्थिक सहयोग अलावा सञ्चालक, माडी गाउ“मा स्कूल खोल्नको लागि १४ कठ्ठा जग्गा डोनेशन गर्नुभएको छ । बिरेन्द्र क्याम्पस, बालकुमारी स्कूल र लिटल प्mलावर स्कूललाई आर्थिक सहयोग अलावा संचालक समितिमा पनि कार्यरत रहे । प्राकृतिक चिकित्सालय, बृद्धाश्रमका पनि उनको योगदान छ । देवघाटमा रहेको योगी नरहरी नाथको नाममा खोलिएको प्राकृतिक चिकित्सालयमा एउटा कोठा निर्माण गरी सहयोग गर्नुभएको छ । नारायण कथा मन्दिरको उनी आजीवन सदस्य छन् । हर्ट फाउण्डेशनको आजीवन सदस्य र चितवन रेडक्रस सोसाइटीको का.का. सदस्य पनि भए । त्यस्ता ज्ञानी, दानी, गुणी व्यक्ति २०७५ साल असारको १९ गते माटोमा बिलाए ।
त्यतिबेला उनी दिल्लीमा थिए । होलबोडी चेकअपको लागि त्यहा“ पुगेका थिए । अर्को साल ८४ बर्ष टेक्दै थिए र जंकुको कार्यक्रम राख्ने कुरा मैले सुनेथेँ । जंकु समारोहमा काकालाई भेट्न नारायणगढ जाने मैले मनसाय राखेको थिएँ । त्यही मौकामा बन्दीपुरको सांस्कृतिक पर्व, रीतिरिवाज, परम्परा, चालचलन बारे उनकै चेयरमानसीपमा ठाइँले परिवार बीच मिटिङ गर्नुपर्ने थियो । मिटिङको कारण खुलाउ“दै छु ।
२०७२ सालको मंसिर महिना हुनुपर्छ सायद । म बुटवलबाट नारायणगढ जानुपर्ने भयो । मित्र सन्तोष पियाको छोरीको बिवाहमा सरिक हुनुथियो । कार्यक्रम भन्दा दुईदिन पहिले नारायणगढ पुगेथेँ । दोस्रो दिन बालकुमारी स्कूल नजिक रहेको चिया दुकानमा पुराना साथीहरूलाई एकाबिहानै भेटेँ । मर्निङवार्कको क्रममा म त्यहा“ पुगेथेँ । पवन पिया, देशीराम पिया, पुष्प प्रधान, चीजकुमार श्रेष्ठ, प्रकाण्ड पिया अलवा भाइहरू दिलिप पिया, रोशन पिया, महेश प्रधानहरू बन्दीपुरको रीतिरिवाज, परम्परा बारे छलफल गर्दै थिए । भन्दै थिएः पिया र प्रधानको गोल यहा“ ठूलो छ । दशैं तिहार सधैजसो छेकिएको छ । बिवाह, न्वारान, वारा, रुद्री, जंकु, बेलको विवाह, निश्चित समयको लागि कार्यक्रम फिक्स गरिएको भएता पनि सार्नुपर्ने स्थिति बढि हुने गर्दछ । दाजुभाइका कुनै सदस्य मर्दा वा बच्चा जन्माउ“दा यस परिवारहरूमा चोखिन धेरै दिन लिने गर्दछ । यसैले यिनका लागि चाडपर्वहरू कागलाई बेल पाक्यो हर्ष न बिस्मात झैँ भएको छ । समस्या अगाडि ज्यूँका त्यूँ छ । अब हामीले परम्परालाई परिमार्जित गर्नुपर्ने बेला भएको छ । सबै प्रयासमा जुटौँ भन्ने भयो । यसको लागि म पनि अगाडि बढेँ ।
दोश्रो दिन बन्धु काकाको घर जान पुतलीबजारको बाटो भएर जा“दा मलाई सजिलो भयो । कारण म बसेको साढदु दाइको घर लायन्सचोकबाट पुतली बजारसम्म सिधा पर्छ । व्यवसायिक अफिसमा बन्धु काका बसीरहनु भएको थियो । लगत्तै चिया पनि आइपुग्यो । एकछिनको भलाकुसारीपछि काकाले “बाबुको केही काम छ कि” भनी सोध्नुभयो । मैले हिँजो मर्निङवाकमा साथीहरूले भनेको कुराहरू काकालाई सुनाएँ । यो दुई बर्ष पहिलेको घटना हो । त्यतिबेला त्यस बिषयसंग सम्बन्धित बन्धु पियाले भनेका केही सामाधानका बु“दाहरू थिए । काठमाण्डौं खाल्डोलाई नेवारको उद्गम स्थलको रूपमा लिने गरिन्छ । काठमाण्डौं खाल्डोमा नेवार कहा“बाट आए भन्ने बारे विभिन्न मान्यता रहेका छन् । उच्च वर्गका नेवारले आफुलाई भारतबाट आएको भन्ने गर्छन् । भाषागत रूपमा नेवारी भाषा तिब्बतो बर्मीज भाषासंग सादृश्यता रहेकोले नेवार उत्तरतिरबाट आएको मत पनि रहेको छ । सेनकाल देखि नै नेवार ब्यापार र विभिन्न कामको सिलसिलामा काठमाण्डौं खाल्डोबाट बन्दीपुर आएको देखिन्छ । धेरै पिया र प्रधान थरका नेवारहरू चाहि“ काठमाण्डौंसंग जोडिएको अर्को शहर भक्तपुरबाट बन्दीपुर आएको हो । सर्वप्रथम भक्तपुरबाट टेकन सिंह पिया २३४ बर्ष पहिले बन्दीपुर छिरेको प्रमाण एन इन्ट्रोपोलोजी स्टडी अफ बन्दीपुर कितावका लेखिका लिन्डा इटलिसले पुष्टि गरेकी छन् । उनी इटली नागरिक हुन् । यसैले यहा“को परम्परा, रीतिरिवाज, सांस्कृतिक पर्वहरू सबै भक्तपुर शैलीका छन् । जीवन पद्दती पुरानै ढा“चाको छ । यो समस्या बन्दीपुरकोमात्र होइन नारायणगढमा पनि यस्तै छ । नारायणगढ भन्नु नै बन्दीपुर हो । किनकी यहा“का सम्पूर्ण बासिन्दाहरू बन्दीपुरबाटै विस्थापित भएर आएका छन् । यहा“ पनि अहिलेसम्म उतैकै पुरानो रीतिरिवाज कायम छ । यसका नियम परिधिहरू साह्रै कडा छन् । हामीले दशैँ, तिहार पर्वहरू बहुतै कम मनाउन पाउने गर्दछौं । कारण चार्डपर्वको समयमा जुठो, सुतक पर्दा चोखिन महिनौँ दिन पर्खनु पर्ने नियम यहा“को समाजमा अहिलेसम्म विध्यमान छ ।
मेरो बोलीले बन्धु काका नेतृत्व लीन सहर्ष स्वीकार्नु भयो । मिटिङ चाहि“ अर्को सिजनमा वा फुसर्दको बेलामा कुनै दिन गरौंला उहाँले भन्नुभयो । अहिले म असक्त पनि छु । होल बडी टेष्टको लागि दिल्लीमा जाने कार्यक्रम छ । श्रीमतीलाई अल्जाइमर (बिर्सने रोग) छ । तिनलाई पनि प्रसस्त समय दिनुपर्ने हुन्छ । उनको भनाइ थियो ।
मलाई लाग्याथ्यो यस मिटिङले पक्कै पनि समाजमा एउटा नया“ परम्परा (आयम) बसाल्ने छ । हाम्रो जीवन पद्धति बदल्ने छ । तर त्यो मिटिङ सधँैको लागि तुहियो । किनकी मिटिङको लिडरसीप (चेयरमेनसिप) लिएका व्यक्ति कृष्णबन्धु पिया सधैँको लागि समाधिमा लीन हुन पुगे । अब हामीलाई नयाँ सिराबाट सोँच्नुपर्ने भएको छ । à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी