© २०२३
हामी देशको समृद्धि र विकासको लागि विदेशी सहयोग र ऋण लिन्छौं । त्यो ऋण नेताको मोजमस्तीमा प्रयोग हुन्छ । धेरैजसो नेपालको सार्वजनिक ऋण ३० खर्व ६० अर्व नाघेको छ । फागुन महिनासम्म नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्व र ८८ अर्व २६ करोड रूपैया पुगेको छ भन्ने पंक्तिकारले युट्यूव च्यानलको समाचारबाट सून्यो । यो ऋणको पछाडि के को हात छ ? यसको सही उत्तर हो कुशासनको । देशलाई ऋणैमा डुबाएर जनतालाई ऋणको भारी बोकाएर मोज गर्ने हाम्रा बयोबृद्ध नेताहरू खराबै हुन् भन्ने आमसर्वसाारण नागरिकको मनमा जे छाप परेको छ, यही विश्लेषण माथिको तथ्यले सही देखाइरहेको छ । यो जनविश्लेषण सत्य छैन, तथ्यमा आधारित छैन भनेर दावी गर्ने सामथ्र्य जनताको भाषामा नेताहरूमा छैन । साउन ६ र ७ गते वीपी र पुष्पलाललाई सम्झने दिन । वीपी र पुष्पलाललाई सम्झनेहरूले उनीहरूको सकारात्मक पक्षहरूको याद गर्ने दिन हो । यही दिनको सम्झना गर्दा मलाई मेरो अन्तष्करणले भन्छ– आज हामी नेपालीहरूको काँधमा खासगरी शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने मान्यतामाथि विश्वास गर्नेहरूको काँधमा एउटा ठूलो जिम्मेवारी आएको छ । अत्यन्त ठूलो ऐतिहासिक जिम्मेवारी त्यो जिम्मेवारी हो ।
हाम्रो समाजका प्रत्येक वर्ग किसान वर्ग, मजदूर वर्ग, राष्ट्रिय उद्योगपति वर्ग, इमान्दार व्यापारी वर्ग, घुस नखाने कर्मचारी वर्ग, सेना, प्रहरी, नर्स, डाक्टर, शिक्षक, महिला, वालवालिका, किशोर किशोरी सबैमा एउटा जुन अनिश्चितताको स्थितिले घेरेको छ र हामी सबै नेपालीहरूलाई अत्यन्तै अनिश्चियताको स्थितिमा बाँच्नुपर्ने वाध्यता छाएको छ । यसप्रति अव भने गंभींर भएर नसोचेर सुखै छैन । सबै क्षेत्रमा थोपरिएको यो अभिषप्त स्थितिले देशलाई कुनैपनि क्षेत्रमा अपेक्षित प्रगतिको दिशामा लान सक्दैन । ऋणमा चुर्लुम्मै डुबेको देश, अस्थिर सरकार, त्रुटीपूर्ण शासकी नीति, चाकरीवाज बुद्धिजीवी, भेंडा जस्ता झोले कार्यकर्ता, आलोचनात्मक चेत नभएका समाजका अगुवा सबैले जसरी देश बर्वाद बनाएका छन्, त्यो वर्वादीलाई अझै वर्वादको भासमा डुब्न नदिन हाम्रो काँधमा विकृतिकाविरुद्ध खडा हुने गहन जिम्मेवारी थपिएको छ । त्यो जिम्मेवारी पूरा गर्न अझैपनि हामी पछि पर्ने हो भने हामी यस धर्तीका बोझ हुनेछौं । हामी आफ्नो आमाका खराब सन्तान हुने छौं । हामी नेपाल आमाका कुपुत्र हुनेछौं । शहिदहरूका रगतमाथि गद्दारी गर्ने नीच, पापी र धोकेवाज नालायक पात्र वन्ने छौं । अहिले जुन देखिएको छ कि शीर्ष नेताको इच्छा अनुसार सरकार परिवर्तन गर्ने प्रचलन अत्यन्तै घातक छ । यसलाई रोक्ने दिशामा भूमिका खेलौं । आज एउटा गठबन्धनको सरकार छ, भोलि विहानै अर्को गठबन्धन वनाउन ठगहरूको कु गठबन्धनलाई आँखा चिम्लेर स्वागत गर्ने अभ्यास अति ग¥यौं । अव त्यो नगरौं । त्यो कुप्रथा अन्त्य गर्न कम्मर कसौं ।
नेताहरूले सरकारको निर्णय भन्दै ऐन कानुन मिचेर जे मनलाग्यो त्यही गर्ने जुन परिपार्टीले व्यापकता पाएको छ, अब त्यसलाई सामूहिक प्रतिरोधद्वारा बन्द गराउँ । भ्रष्टाचारका जति फाइलहरू छन् ती फाइल खुलाउन र भ्रष्टाचारमा दोषी ठहर भएका चाहे बा, हजुर बा, दाई भाउजू, मामा माइजू जोसुकै जेसुकै होऊन् । ती अपराधी नै हु्न् । नीति, सिद्धान्त र आदर्शबाट मरेका वा च्यूत भएका हु्न् । यस्तालाई काँधमा बोकेर अबदेखि हामी नहिडौेंं । राजनीतिक पार्टीहरूलाई राजनीतिक संस्कारले चल्नुपर्ने वातावरण बनाऔं । सबै ठूला नेता, मन्त्री, सांसद, शासक–प्रशासक सम्पूर्णको सम्पत्ति छानविन गराउँ र श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गराई राज्यकोषमा दाखिला गराई छाडौं । त्यसैले विदेशी ऋण तिरौं । हामीले बुझ्नैपर्दछ कि यो पनि एउटा क्रान्ति हो । यो पनि एउटा परिवर्तन हो । हिजोका दिनमा हामीले जुन क्रान्ति गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौं, त्यसको सही अभ्यास हुनै नदिएर हाम्रै नेताले त्यसलाई प्रतिक्रान्तिमा धकेले । अव पनि यो प्रतिक्रान्तिलाई चुपचाप सहेर बस्ने होइन । यसको विरुद्ध जनक्रान्ति ल्याई सबै क्षेत्रमा आमूल परिवर्तन गरेर यो देशको सामाजिक, आर्थिक, राजनैतिक, नैतिक तथा चारित्रिक आधारहरू जसरी धर्मराउन थालेका छन् । त्यसलाई जोगाएर बचाएर राखौं । एकातिर हाम्रो अर्थतन्त्र ओरालोतीर लागेको अवस्था छ, अर्कोतिर राजस्वको गिरावटले हालै मुग्लिड नारायणगढको सिमलतालमा दुई दुईवटा बसै वगाईदिने पहिरोको जस्तै रूप लिएको छ । नेताले कर तिनुृ नपर्ने, प्रधानमन्त्री र मन्त्रीहरूले कर तिर्नु नपर्ने, ठूला ठूला व्यापारिक घरानाहरूले पार्टी र ठूला नेतालाई नजराना बुझाएपछि जतिसुकै कर छली मिनाहा हुने अवस्था छ । यस्तै यस्तै गलत अभ्यासबाट आज जसरी देश थिचिदै गएको अवस्था छ, त्यसलाई जोगाउने ऐतिहासिक नयाँ जिम्मेवारी आज हाम्रो काँधमा आएको छ भन्ने बुझौं ।
वीपी र पुष्पलाललाई सम्झनुको अर्थ फोटो पुजेर धुपबत्ति गर्नु होइन । वीपीलाई सम्झनुको अर्थ हो वीपीको विचारलाई सम्मान दिनु । पुष्पलाललाई सम्झनुको अर्थ हो पुष्पलालको बिचारलाई सम्मान दिनु । वीपी भन्नुहुन्थ्यो– सुकिला मुकिला वर्गहरूले प्रजातन्त्रलाई आफ्नो अनुकूल दुरूपयोग गरी आम जनतालाई धोक दिन सक्छ । त्यसबाट सजग हुनुपर्दछ । नत्र क्रान्तिमा बलिदान दिने सर्वसाधारण जनताले अनि त्यसको फल खाने सुकिला मुकिला तथा सरकारवादीहरूले हुन जान्छ । किसानको दुरावस्था ज्यूका त्यूँ रहन्छ । मजदुरहरूको दुरावस्था ज्यूँका त्यूँ रहन्छ ।
बहुसंख्यक जनताको दूरावस्थामा सुधार आएन भने जनताले क्रान्तिमा भाग लिएको र दुःख पाएको के अर्थ ? वीपीको यस कथनलाई अहिलेको प्रसंगसित जोडेर केहीबेर तल्लो ओँठ टोकी निधार खुम्चाएर सोच्ने हो भने अगाडि एउटा प्रष्ट चित्र आउँदा यिनै सुकिला मुकिला नेताहरूले जालझेलको आधारमा आफ्ना प्याधाहरूलाई राष्ट्रिय गौरबका आयोजनामा ठेक्का पट्टा दिलाएर गुणस्तरहीन सामाग्री प्रयोग गरी खुल्लम खुल्ला देश लुटेका छन् । जनता महंगी तथा अभावको मारमा थिचिएका छन् । वाढी पहिरोमा बेपत्ता छन् । सुकिला मुकिलाहरू बेखबर छन् । सरकार बनाउन, सरकार टिकाउन, सरकार तुरुन्त्तै ढालीदिएर स्वाद चखाउन र मिलीजुली भ्रष्टाचार गरेर देश लुट्न वाहेक केही जानेनन् सुकिला मुकिलाहरूले । वीपी र पुष्पलाल जसको सम्पूर्ण जीवन प्रजतान्त्रिक आस्था एवं प्रजातान्त्रिक मूल्य मान्यताको संरक्षण, संवद्र्धन तथा देशभक्तिको निम्ति संघर्ष र तपस्यामा वित्यो ।
त्यसलाई पूरै वेवास्ता गरी काँग्रेस र कम्युनिष्ट नामधारी सुकिला मुकिला काँगे्रस र कम्युनिष्टहरूले वीपी र पुष्पलालको नाम भजाएर देशमा काला कम्युनिष्टहरू सित चोचो मोचो मिलाई जसरी आज यो देशलाई तथा नेपाली जनतालाई वर्वादीको खाल्डोमा जाक्दैछन्, त्यसबाट सचेत वन्न आजको दिनले हामीमा नवचेतनाको उर्जा देओस । वीपी र पुष्पलाल अमर रहुन् ।