© २०२३
सल्यानमा ६० घरपरिवारका नागरिक नदीको धमिलो पानी पीउन बाध्य छन् । वर्षाैँदेखि उनीहरू नदिमा बगेको फोहोर पानी पिइरहेका छन् । बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रा गाउँमा बसोबास गर्ने नागरिक भेरी नदिको पानी वर्षातमा धमिलो भएपछि हिजोआज झन् समस्यामा परेका छन् ।वर्षौंदेखि खानेपानीको स्रोतका रूपमा नदीलाई प्रयोग गर्दै आइरहेका उनीहरू भेरी नदिको पानी पिउनका लागि प्रयोग गरिरहेका छन् । वर्षायाममा नदीमा धमिलो पानी आउने र नदी किनारमा सफा पानी नहुने भएकाले समस्या पर्ने गरेको स्थानीयबासी गोपिलाल आचार्यले जानकारी दिए । नजिकमा पानीको स्रोत कतै नभएपछि वर्षौंदेखि समस्या भोग्दै आएको आचार्यको भनाइ छ । धमिलो र फोहर छ भन्ने थाहा पाउँदा पाउँदै विकल्प नभएपछि बाध्यताले खानेपानीको रूपमा प्रयोग गर्दै आएको स्थानीयवासी बताउँछन् ।
गाग्रीमा पानी ल्याउँदा पानी धमिलो देखिन्छ, यो खाए रोग लाग्छ भन्ने पनि थाहा छ । तर विकल्प नै नभएपछि के गर्ने, आचाार्यले भने । नदीबाट पानी ल्याएर केही घन्टा राख्ने र बाक्लो हिलो तल बसेपछि प्रयोग गर्ने गरेको उनको भनाइ छ । खानेपानीको समस्या भएको लामो समय बितिसक्दा पनि कसैको ध्यान नगएको स्थानीयवासी वीरबल पोखरेलले बताए । त्यस क्षेत्रमा खानेपानी ल्याउन जाँदा नुहाउन जाँदा बर्सेनि मानिसहरू भेरी नदिमा बेपत्ता हुने गरेका छन् । PHoto: file
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी